विषादी परिक्षण नगर्ने निर्णय विरुद्ध नेविसंघको मसाल जुलुश, दर्जन बढी विद्यार्थी पक्राउ
इन्द्र रिजाल
असार २६, २०७६ शुक्रबार १:५७:५८
काठमाडौं । भारतबाट ल्याउने तरकारी तथा फलफुलमा विषादी परिक्षण नगर्ने सरकारको निर्णयका विरुद्धमा प्रदर्शन गर्दा आज काठमाडौमा दर्जन भन्दा बढी विद्यार्थी पक्राउ परेका छन् ।
नेपाल विद्यार्थी संघको काठमाडौका विभिन्न ठाउँमा आज बेलुका मसाल जुलुशसहित प्रदर्शन भएको थियो । काठमाडौको मिन भवन क्षेत्रमा भएको प्रदर्शनबाट नेविसंघ पुर्व केन्द्रीय सदस्य युवराज पाण्डेसहितका आधा दर्जन विद्यार्थी नेताहरु पक्राउ परेका हुन् ।
पक्राउ पर्ने अन्य विद्यार्थी नेताहरुमा मिन भवनका नेविसंघका इकाई अध्यक्ष विष्णु खड्का, उपाध्यक्ष नवराज थापा, कोटेश्वर बहुमुखी क्याम्पसका पुर्व स्ववियु सभापति महेन्द्र भट्टराई, नेविसंघ इकाई सभापति दिनेश कार्की र सहसचिव चन्द्रदेव खनाल रहेका छन् ।
त्यसैगरी नेबिसंघको मसाल जुलुसमा बाइपासबाट बालाजु चोक पुगेपछि प्रहरीले हस्तक्षेप गरेको थियो । बालाजुबाट संघका निवर्तमान केन्द्रीय सदस्य सुशील भट्ट, बिद्यार्थी नेताहरु निरन्जन थापा, पवन थापा, सुबास घिमिरे, सुदिप अधिकारी, बिजय ढुङ्गना, मनोज राना, सौरब घिमिरे, सन्देश पन्त, सुशील ढकाल, प्रदिप जङ साह, अमृत लामिछाने, उत्सब अवस्थी, अनिल महर्जन्लगायत पक्राउ परेका हुन् ।
विषादी परिक्षण नगर्ने निर्णयका विरुद्धमा नेविसंघले लगातार देशव्यापी आन्दोलन गर्दै आएको छ । नेविसंघका निमित्त महामन्त्री कुन्दनराज काफ्लेले एक प्रेस विज्ञाप्ति निकाल्दै कार्यकर्ताको रिहाई माग गरेका छन् । यस्तै शुक्रबार बिहान ११ बजे माइतीघर मण्डलामा नेविसंघले सरकार विरुद्ध विरोधसभा गर्ने तयारी समेत गरेको छ ।
इन्द्र रिजाल
इन्द्र रिजाल नेपालबहस डटकमका प्रधान सम्पादक हुन् । अर्थ राजनीतिक धारमा कलम चलाउने वरिष्ठ पत्रकार रिजालले आर्थिक, राजनीतिक तथा सामाजिक परिवेशका विषयवस्तुको यर्थाथमुखी चित्रण गर्छन् ।
लेखकबाट थपप्रतिवेदन अनुसार रविलाई कारवाही भए चार वटा मुद्धा चल्ने
असोज १, २०८१ मंगलबार
हायात होटलको जग्गा भाडा विवादः पर्यटन समितिले छानबिन गर्दै
भदौ ३१, २०८१ सोमबार
प्रतिवेदन अनुसार रविलाई कारवाही भए चार वटा मुद्धा चल्ने
नेपालबहस संवाददाता
असोज १, २०८१ मंगलबार
संवैधानिक परिषदमा प्रचण्डको अस्वाभाविक बार्गेनिङ !
नेपालबहस संवाददाता
असोज १, २०८१ मंगलबार
बागमतीमा लगानी विस्तार गर्न मन्त्री काफ्लेको आग्रह
असोज ३, २०८१ बिहिबार
नागरिकको भविष्य सम्झेर स्वास्थ्य सुधार अभियानमा छौं : मन्त्री पौडेल
असोज ३, २०८१ बिहिबार
जितिया पर्वले जातजाति र भूगोलको एकतालाई बलियो बनाएको छः पूर्वराष्ट्रपति भण्डारी
असोज ३, २०८१ बिहिबार
काठमाडौंवासीलाई घटस्थापना अघि मेलम्चीको पानी
असोज ३, २०८१ बिहिबार
संविधान संशोधन जनताको सुझाव र सर्वपक्षीय सहमतिमाः कांग्रेस प्रवक्ता महत
असोज ३, २०८१ बिहिबार