प्रम ओलीविरुद्ध मोर्चाबन्दी ! कांग्रेस र राजपा एकैथलोमा ,प्रचण्ड-नेपाल क्रुद्ध
इन्द्र रिजाल
असार २७, २०७६ शुक्रबार १९:१२:१४
काठमाडौं । नेकपा अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकार जनजीविकाको सवालमा सर्वत्र असफल देखिएपछि प्रतिपक्षी दलहरु कसिलो मोर्चा बनाउन लागिपरेका छन् ।
प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस र मधेस केन्द्रित राष्ट्रिय जनता पार्टी (राजपा) नेकपा बिरुद्ध कसिलो मोर्चाबन्दी गर्न अग्रसर भएका हुन् । दुई तिहाईको दम्भले प्रतिपक्षीलाई गन्नै छाडेका ओलीका हरेक निर्णय विवादको घेरामा परेकाले जनतामा निराशा नबढोस् भनेर प्रतिपक्षी दल जिम्मेवार हुन लागेको दुबै दलले दावी गरेका छन् ।
नेपाली कांग्रेस भनेको लोकतन्त्रको पहरेदार हो, नेता खाँण भन्छन् – कम्युनिष्टलाई लोकतन्त्रको माया हुँदैन । कम्युनिष्ट सर्वसत्तावाद बिरुद्ध हामी लोकतान्त्रिक शक्तिसँग एकाकार भएर संघर्ष गर्ने बेला आएको छ भन्दै उनले यसका लागि राजपासँग एकताबद्ध गरी ओली सरकारविरुद्ध लड्ने तयारी भएको जानकारी दिए ।
नेपाली कांग्रेसका प्रमुख सचेतक बालकृष्ण खाँणले नेपाल बहससँग कुरा गर्दै भने– लोकतन्त्रप्रतिको विश्वसनीयता जोगाउन हामी संवेदनशील हुनैपर्छ । ओली नेतृत्वको सरकार जनताप्रति गैरजिम्मेवार तथा असान्दर्भिक बन्न लागेकाले पनि आम जनता आक्रोशित भएको उनको ठम्याई छ । त्यसैले हामी जिम्मेवार हुनैपर्छ । नेपाली कांग्रेस भनेको लोकतन्त्रको पहरेदार हो, नेता खाँण भन्छन् – कम्युनिष्टलाई लोकतन्त्रको माया हुँदैन । कम्युनिष्ट सर्वसत्तावाद बिरुद्ध हामी लोकतान्त्रिक शक्तिसँग एकाकार भएर संघर्ष गर्ने बेला आएको छ भन्दै उनले यसका लागि राजपासँग एकताबद्ध गरी ओली सरकारविरुद्ध लड्ने तयारी भएको जानकारी दिए ।
उता, राजपाका नेता राजकिशोर यादव पनि अब ओली सरकार देश र जनताका लागि बोझ भइसकेको ठहर गर्दै कांग्रेसँग मिलेर संघर्षको मोर्चा सम्हाल्न लागेको बताउँछन् । नेपाल बहससँग शुक्रबार कुरा गर्दै उनले भने – हाम्रो समर्थनमा बनेको ओली सरकार हामीलाई नै दमन गर्न कस्सिएको छ । ओली असान्दर्भिक भइसकेको सन्देश अब देशव्यापी रुपमा प्रवाहित भएको छ । ओलीको एकलकाँटे र असहिष्णु व्यवहारले संघीयता नै खतरामा पर्न लागेको ठहर राजपाले गरेको यादव बताउँछन् । संघीयता स्थापनाका लागि राजपाले बगाएको रगत खेर जान दिइने छैन, त्यसैले हामी नेपाली कांग्रेससँग मिलेर आन्दोलनको तयारीमा छौं ।
नाम उल्लेख नगर्ने सर्तमा उनले नेकपाले अब वैकल्पिक प्रधानमन्त्रीको सन्दर्भमा औपचारिक बहस चलाउने तयारी गरिरहेको छ । उनका अनुसार , पुष्पकमल दाहाल प्रचण्ड, माधवकुमार नेपाल र वामदेव गौतममबीच यसबारे पटक पटक गम्भिर छलफल भइसकेको छ । तर अहिले नै स्थिति परिपक्व नभएकाले सार्वजनिक गर्न सकिएको छैन – ती नेताले भने ।
कांग्रेस र राजपा केही समययता ओली सरकार बिरुद्ध एकै स्वरमा आन्दोलनको मैदानमा छन् । खासगरी सर्लाही घटनाबारे दुबै पार्टीले संसद्मा एकै स्वरमा आवाज उठाइरहेका छन् । तर सत्ता पक्ष भने पेलेरै जाने मनस्थितिमा देखिएको छ । संसद्मा समेत सत्ताको छायाँ देखिएको कांग्रेस नेता खाँणले बताए । सभामुखको भूमिका नेकपा कार्यकर्ताको जस्तो भएको आरोप खाँणले लगाएका छन् । राजपा नेता यादव पनि सभामुख कृष्णबहादुर महराको भूमिकाप्रति असन्तुष्ट देखिए । सभामुख भनेको सबैका साझा हुनुपर्नेमा ओलीको कार्यकर्ता जस्तो देखिनु भयो भन्दै यादवले यस्तो अवस्थामा संसद् र संसदीय व्यवस्थाको मर्यादा नै स्खलित हुने बताए ।
ओली सरकार चौतर्फी आलोचित भएको बेला प्रतिपक्षीहरुको मोर्चाबन्दी अर्थपूर्ण मानिएको छ । आफू बाहेक सबैलाई बाउन्ने देख्ने ओलीको स्वभावले गर्दा उनको कार्यशैली आलोचित भएको छ । नेकपा भित्र पनि ओलीको विकल्प खोज्नुपर्ने बेला आएको कतिपय नेताहरुको भनाई छ । तर अहिले नै खुलेर बोल्ने अवस्था भने आईनसकेको पूर्व एमाले नेताले नेपाल बहसलाई बताए ।
नाम उल्लेख नगर्ने सर्तमा उनले नेकपाले अब वैकल्पिक प्रधानमन्त्रीको सन्दर्भमा औपचारिक बहस चलाउने तयारी गरिरहेको छ । उनका अनुसार , पुष्पकमल दाहाल प्रचण्ड, माधवकुमार नेपाल र वामदेव गौतममबीच यसबारे पटक पटक गम्भिर छलफल भइसकेको छ । तर अहिले नै स्थिति परिपक्व नभएकाले सार्वजनिक गर्न सकिएको छैन – ती नेताले भने ।
जे भएपनि ओलीको कार्यशैली र व्यावहारबाट आजित भएको मुलुक अब विकल्पको खोजीमा रहेको देखिन्छ । यस प्रयोजनका लागि नेपाली कांग्रेस र राष्ट्रिय जनता पार्टीबीचको मोर्चाबन्दीले लोकतन्त्रका पक्षधरमा सकारात्मक संदेश सञ्चार गरेको छ ।
इन्द्र रिजाल
इन्द्र रिजाल नेपालबहस डटकमका प्रधान सम्पादक हुन् । अर्थ राजनीतिक धारमा कलम चलाउने वरिष्ठ पत्रकार रिजालले आर्थिक, राजनीतिक तथा सामाजिक परिवेशका विषयवस्तुको यर्थाथमुखी चित्रण गर्छन् ।
लेखकबाट थपप्रतिवेदन अनुसार रविलाई कारवाही भए चार वटा मुद्धा चल्ने
असोज १, २०८१ मंगलबार
हायात होटलको जग्गा भाडा विवादः पर्यटन समितिले छानबिन गर्दै
भदौ ३१, २०८१ सोमबार
प्रतिवेदन अनुसार रविलाई कारवाही भए चार वटा मुद्धा चल्ने
नेपालबहस संवाददाता
असोज १, २०८१ मंगलबार
संवैधानिक परिषदमा प्रचण्डको अस्वाभाविक बार्गेनिङ !
नेपालबहस संवाददाता
असोज १, २०८१ मंगलबार
बागलुङका स्वास्थ्य संस्थामा डेङ्गी परीक्षण किट अभाव
असोज ४, २०८१ शुक्रबार
मधेस प्रदेशमा कुपोषण समस्या बढ्दै, निःशुल्क उपचार गर्दै प्रदेश सरकार
असोज ४, २०८१ शुक्रबार
च्याम्पियन्स लिगमा एटलेटिको म्याड्रिडको विजयी शुरुवात
असोज ४, २०८१ शुक्रबार
हेडको शतकीय पारीसँगै इङल्याण्डमाथि अस्ट्रेलिया ७ विकेटले विजयी
असोज ४, २०८१ शुक्रबार
बार्सिलोना मोनाकोसँग पराजित
असोज ४, २०८१ शुक्रबार
अबुधावी, बेइजिङ, कायरो र कोपनहेगनमा मनाइयो संविधान दिवस
असोज ४, २०८१ शुक्रबार