सडक, सदन हुँदै सामाजिक सञ्जालमा कडा विरोध पछि सरकारले थाल्यो बिषादी परीक्षण
इन्द्र रिजाल
असार २७, २०७६ शुक्रबार १९:२४:४४
काठमाडौं । सर्वोच्च अदालतको आदेश र चौतर्फी जनदवावपछि सरकारले बिषादी परीक्षण शूरु गरेको छ । काठमाडौंको कालिमाटीदेखि भन्सार नाकामा बिषादी परीक्षण शूरु गरिएको छ ।
एक साताअघि भारत र तेस्रो मुलुकबाट आउने तरकारी तथा फलफुलको बिषादी परीक्षण सरकारले रोकेको थियो । भारतीय दवावमा सरकारले बिषादी परीक्षण रोकेको भन्दै सर्वोच्च अदालतमा रिट समेत दायर भएको थियो ।
सडकदेखि सदन र सामाजिक सञ्जालमा सरकारको कडा विरोध भइरहेको छ । विरोधपछि प्रधानमन्त्री ओलीले सार्वजनिक रुपमा विहीबार माफी पनि मागेका छन् ।
चौतर्फी विरोधपछि भैरहवाको बेलियानाकामा बुधवार साँझदेखि बिषादी परीक्षण शुरु गरिएको छ भने नेपालगञ्जको जमुना नाका र उत्तरिया नाकामा शुक्रवार साँझदेखि बिषादी परीक्षण शुरु गरिने प्रदेश ५ सरकारले जनाएको छ । प्रदेश ५ सरकारले आफ्नै कर्मचारी खटाएर परीक्षण शुरु गरेको छ ।
यता शुक्रवार विहानै कृषि तथा पशुपंक्षी विकासमन्त्री चक्रपाणी खनाल कालिमाटी तरकारी बजार पुगे । उनले त्यहाँ बिषादी परीक्षण प्रयोगशालाको अनुगमन गरे ।
तरकारी र फलफुल परीक्षणको रिपोट तीन दिनभित्र दिने निर्देशन पनि दिएका छन् । कुन ठाउँबाट आएको तरकारीमा कति विषादी छ भन्ने थाहा पाउन तीन दिनभित्र रिपोट दिन मन्त्रीले निर्देशन दिएका छन् ।
इन्द्र रिजाल
इन्द्र रिजाल नेपालबहस डटकमका प्रधान सम्पादक हुन् । अर्थ राजनीतिक धारमा कलम चलाउने वरिष्ठ पत्रकार रिजालले आर्थिक, राजनीतिक तथा सामाजिक परिवेशका विषयवस्तुको यर्थाथमुखी चित्रण गर्छन् ।
लेखकबाट थपप्रतिवेदन अनुसार रविलाई कारवाही भए चार वटा मुद्धा चल्ने
असोज १, २०८१ मंगलबार
हायात होटलको जग्गा भाडा विवादः पर्यटन समितिले छानबिन गर्दै
भदौ ३१, २०८१ सोमबार
प्रतिवेदन अनुसार रविलाई कारवाही भए चार वटा मुद्धा चल्ने
नेपालबहस संवाददाता
असोज १, २०८१ मंगलबार
संवैधानिक परिषदमा प्रचण्डको अस्वाभाविक बार्गेनिङ !
नेपालबहस संवाददाता
असोज १, २०८१ मंगलबार
बागमतीमा लगानी विस्तार गर्न मन्त्री काफ्लेको आग्रह
असोज ३, २०८१ बिहिबार
नागरिकको भविष्य सम्झेर स्वास्थ्य सुधार अभियानमा छौं : मन्त्री पौडेल
असोज ३, २०८१ बिहिबार
जितिया पर्वले जातजाति र भूगोलको एकतालाई बलियो बनाएको छः पूर्वराष्ट्रपति भण्डारी
असोज ३, २०८१ बिहिबार
काठमाडौंवासीलाई घटस्थापना अघि मेलम्चीको पानी
असोज ३, २०८१ बिहिबार
संविधान संशोधन जनताको सुझाव र सर्वपक्षीय सहमतिमाः कांग्रेस प्रवक्ता महत
असोज ३, २०८१ बिहिबार