वालिङको दृष्टिकोण उत्पादनमा :- उपप्रमुख तिवारी

इन्द्र रिजाल
असार २७, २०७६ शुक्रबार २०:२२:४४

स्याङ्जा । वालिङका व्यवसायिक किसानहरुलाई अनुदानमा आधुनिक प्रविधि र उन्नत जातका बिउ बोका वितरण गरिएको छ । वालिङ नगर कार्यपालिका पशु सेवा केन्द्रले प्रदेश, जिल्ला कहीँ कतैबाट पनि अनुदान नपाएका किसानहरुलाई छनोट गरी १ लाख ९० हजार रुपैँयाको आधुनिक प्रविधि र बिउ बोका वितरण गरेको हो ।
५ वटा बाख्रा फर्मलाई प्रजननका लागि बिउ बोका, ३ वटा गाई तथा भैँसी फर्मलाई दुध संकलनका लागि मिल्क केन र ३ वटा पशु फर्मलाई नापतौलका लागि कम्प्युटर प्रणालीको तराजु प्रदान गरिएको हो । वितरण कार्यक्रममा नगरपालिका उपप्रमुख एवं कृषि शाखा संयोजक कल्पना तिवारीले वालिङको दृष्टिकोण उत्पादनतर्फ रहेको बताइन् ।
सरकारले कृषिमा लगानी गरेपनि सोचेजस्तो उपलव्धी पाएका छैनौ उपप्रमुख तिवारीले भनिन्, “कृषि प्रधान देश भनिन्छ विडम्बना यहाँ उत्पादन हुने जमिन बाँझै भएकाले उचित उत्पादन लिन सकिएको छैन् ।” यहाँका जग्गा जमिनलाई सही सदुपयोग गर्दै आधुनिक प्रणालीको प्रयोग गरी कृषकहरुलाई उत्पादनमुलक कार्यमा जोड्ने नगरपालिकाको मुख्य ध्येय रहेको उपप्रमुख तिवारीको भनाई थियो । कृषि र पशु व्यवसायलाई अगाडि बढाउन कृषकको गुनासो सुन्न नगरपालिकाले कृषकहरुसंगै प्रत्यक्ष छलफल गर्ने आश्वासन उपप्रमुख तिवारीको छ । काम गर्नेलाई सम्मान गर्ने वातावरण सृजना नभएसम्म समृद्धिको यात्रा पुरा हुँदैन् उपप्रमुख तिवारीले भनिन्,“किसानलाई थप उत्साह प्रदान गर्न सफल किसान छनोट गर्नुपर्ने आवश्यकता देखिन्छ ।”
एक गाउँ एक उत्पादन कार्यक्रमका साथ नगरपालिका लागि परेको भन्दै माटो, हावापानी परिक्षण गरी उपयुक्त उत्पादनतर्फ प्रतिबद्ध रहेको तिवारीकोे भनाई थियो । कार्यक्रममा प्रमुख प्रशासकिय अधिकृत गुरुदत्त सुवेदीले कृषिमा आत्मनिर्भर हुनुपर्ने भन्दै राज्यले सकारात्मक वातावरणको सृजना गर्नुपर्ने बताए । कामकै आधारमा हुने हेयभाव अन्त्य गर्नका लागि पोशाकमा एकरुपता, प्रोत्साहन स्वरुप पुरस्कार समेत प्रदान गर्नुपर्ने सुवेदीको भनाई थियो ।
कार्यक्रममा नगरपालिका सामाजिक शाखा अधिकृत पदमप्रसाद पाण्डे, कृषकहरुको तर्फबाट चित्र प्रसाद रेग्मी लगायतले नगरपालिकाले लगानी गरेको अनुदानलाई खेर जान नदिने प्रतिबद्धता व्यक्त गरेका थिए । कार्यक्रममा पशु विकास अधिकृत हुमनारायण श्रेष्ठले वालिङ अण्डा र मासुमा समेत आत्मनिर्भर रहेको तथ्यांक रहेकाको भन्दै अनुदान वितरण कार्यक्रमका बारेमा प्रकाश पारेका थिए ।
उपप्रमुख तथा कृषि संयोजक तिवारीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा स्वागत प्राविधिक देवकुमारी श्रेष्ठ र सञ्चालन लेखनाथ अर्यालले गरेका थिए । वितरण गरिएको बोकाको पशु बीमा समेत गरिएको छ ।
इन्द्र रिजाल
इन्द्र रिजाल नेपालबहस डटकमका प्रधान सम्पादक हुन् । अर्थ राजनीतिक धारमा कलम चलाउने वरिष्ठ पत्रकार रिजालले आर्थिक, राजनीतिक तथा सामाजिक परिवेशका विषयवस्तुको यर्थाथमुखी चित्रण गर्छन् ।
लेखकबाट थपएक सातापछि मन्त्रालय फर्किए अर्थमन्त्री पौडेल
फागुन ११, २०८१ आइतबार
एघार खर्ब १५ अर्बको वैदेशिक व्यापारमा आठ खर्ब ६१ अर्ब घाटा
फागुन १०, २०८१ शनिबार
कार्यान्वयन प्रक्रियामा नगएका आयोजना स्थगित गरिने
माघ २४, २०८१ बिहिबार
नवलपरासी पश्चिममा झडप नियन्त्रण गर्न गएको प्रहरीको गाडी जलाइयो, सीडीओको रोहबरमा छलफल
फागुन १३, २०८१ मंगलबार
सहकारी ठगी प्रकरणको आफू संलग्न घटना बाहिरिएपछि सहकारी मन्त्रीकै स्वकीयले गरे आत्महत्या
फागुन १३, २०८१ मंगलबार
प्रेम विवाहको विषयमा केटीपक्ष र केटापक्षबीच भएको झडपमा १५ प्रहरीसहित १९ जना घाइते
फागुन १३, २०८१ मंगलबार
इन्टनेटमा हेरेरै केराको खम्बाबाट कागज उत्पादन
फागुन १४, २०८१ बुधबार
भद्रपुर झापा गोल्डकप : आज झापा- ११ र डागा युनाइटेड भिड्दै
फागुन १४, २०८१ बुधबार
देशका केही भागमा वर्षा र हिमपातको सम्भावना
फागुन १४, २०८१ बुधबार
अन्तर्राष्ट्रिय महिला च्याम्पियनसिप फाइनल आज : उपाधिका लागि नेपाल र म्यानमार भिड्दै
फागुन १४, २०८१ बुधबार
कस्तो छ तपाईको आजको राशीफल ?
फागुन १४, २०८१ बुधबार
आज सेना दिवस, टुँडिखेलमा विशेष समारोह आयोजना हुँदै
फागुन १४, २०८१ बुधबार