त्रिभुवन विमानस्थल खुल्यो, यति एयरलाइन्सको विमान ‘रन वे’मा ल्याइयो !
इन्द्र रिजाल
असार २७, २०७६ शनिबार २:४८:६
काठमाडौं । नेपालगंञ्जबाट काठमाडौं आएको यति एयरलाइन्सको विमान चिप्लिएर अवरुद्ध भएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल केहीबेरमा सञ्चालनमा आउने भएको छ।
अवतरणका क्रममा रन वेबाट चिप्लिएर घाँसै मैदानमा पुगेको यति एयरलाइन्सको विमान रन वेमा फर्काइएपछि ८ घन्टादेखि बन्द रहेको विमान खुल्ने भएको विमान प्रशासनले जनाएको छ ।
वर्षाका कारण विमानलाई सुरक्षित स्थानमा ल्याउन समस्या भएको थियो । आज बिहान ११ बजेर ६ मिनेट जाँदा यति विमान धावनमार्गबाट चिप्लिएको थियो ।
नागरिक उड्डयन प्राधिकरणको इन्जिनियरिङ विभाग, नेपाल आर्मी, सशस्त्र प्रहरी तथा वायुसेवा कम्पनीका प्राविधिकहरुको सहयोगमा यतिको विमान रन वेमा ल्याउन सकिएको हो।
विमान धावन मार्गको दक्षिणतर्फ करीब १० मिटर ‘रन वे स्ट्रिप’ को घाँसे मैदानमा धस्सिएको छ। उडान नम्बर एनवाइटी–४२२ ‘नाइन एन एएमएम’ विमानमा सवार चालक दलका सदस्यसहित ६६ यात्रु सकुशल रहेको उक्त विमान कम्पनीले जनाएको छ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल चार घण्टादेखि अवरुद्ध
इन्द्र रिजाल
इन्द्र रिजाल नेपालबहस डटकमका प्रधान सम्पादक हुन् । अर्थ राजनीतिक धारमा कलम चलाउने वरिष्ठ पत्रकार रिजालले आर्थिक, राजनीतिक तथा सामाजिक परिवेशका विषयवस्तुको यर्थाथमुखी चित्रण गर्छन् ।
लेखकबाट थपमहानगर-एमाले द्वन्द्वः प्रधानमन्त्रीबाट कानुनको उपहास ?
मंसिर १०, २०८१ सोमबार
सेनालाई काम नलाग्ने केटु सिरिजका हतियार किनाउन ठेकेदार कार्कीको चलखेल
मंसिर ८, २०८१ शनिबार
मोरङबाट तस्करी लाइन सुचारु, महिनाबारी असुल्न घुमुवा परिचालन !
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
सेनालाई काम नलाग्ने केटु सिरिजका हतियार किनाउन ठेकेदार कार्कीको चलखेल
नेपालबहस संवाददाता
मंसिर ८, २०८१ शनिबार
इरानले शुक्रबार फ्रान्स, जर्मनी र बेलायतसँग आणविक वार्ता गर्ने
मंसिर ९, २०८१ आइतबार
तस्करीमा पर्सा प्रहरीको कारबाही, ६८ लाखको सामान बोकेको ट्रक नियन्त्रणमा
मंसिर १०, २०८१ सोमबार
विमान चालकको समस्या छिट्टै समाधान हुन्छः वायुसेवा निगम
मंसिर १०, २०८१ सोमबार
अब हिंसाका तथ्याङ्क र घटना कम गर्न आवश्यक छ : महानगर प्रमुख महर्जन
मंसिर १०, २०८१ सोमबार
यस्तो बन्दैछ ग्वार्कोमा ‘फ्लाई ओभर’ [ फोटो फिचर ]
मंसिर १०, २०८१ सोमबार