त्रिभुवन राजपथ बिहानदेखि अवरुद्ध, बाढीले बगाउँदा दुई जनाको मृत्यु
इन्द्र रिजाल
असार २८, २०७६ शनिबार १४:४१:४६
काठमाडौं । अविरल वर्षाका कारण त्रिभुवन राजपथको महभिरमा पहिरो र रुख ढलेका कारण हेटौँडा–काठमाडौंतर्फको यातायात सेवा आज बिहानैदेखि अवरुद्ध भएको छ । जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी उपरीक्षक मुकेशकुमार सिंहले दिएको जानकारी अनुसार अहिले त्यस क्षेत्रमा दुवै तर्फबाट गन्तव्यमा हिँडेका सवारीसाधको चाप बढेको र बाटाे खुलाउने काम सुरू भएकाे छ ।
यसैगरी अविरल परेको वर्षात्ले भैंसेदेखि निबुवाटारबीचको स्थानमा पहिरो जाँदा हेटौँडा–भीमफेदीतर्फ यातायात सेवा पनि अवरुद्ध भएको छ । त्यस्तै हेटौँडा कुलेखानी हुँदै काठमाडौंतर्फ जाने सिस्नेरी र फाखेल तर्फको सडकखण्डमा शुक्रबारदेखि यातायात सेवा अवरुद्ध भएको छ ।
हेटौँडा–कुलेखानी–फाखेलतर्फको पहिरो हटाई यातायात सेवालाई सञ्चालन गर्न प्राविधिक र डोजर त्यसतर्फ पठाइसकेको मकवानपुरका प्रमुख जिल्ला अधिकारी आस्मान तामाङले बताएका छन् । पूर्वपश्चिम राजमार्गअन्तर्गत हेटौँडा–नारायणगढ–सडकखण्डमा यातायात सेवा पनि आजै बिहानैदेखि सञ्चालनमा ल्याएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जानकारी दिएको छ ।
यसैबीच मकवानपुर जिल्लाको कैलाश गाउँपालिका–१० नामटारस्थित शुक्रबार दुर खोलाले बगाउँदा सोही वडा बस्ने वर्ष ५५ को सानुकान्छा सुनारको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
उनको शव स्थानीय प्रहरीले आज बिहान खोजतलास गर्दा फेला परेको हो । मकवानपुरमा बाढीले बगाउँदा एक छात्राको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुले शुक्रबार जनाएको छ ।
इन्द्र रिजाल
इन्द्र रिजाल नेपालबहस डटकमका प्रधान सम्पादक हुन् । अर्थ राजनीतिक धारमा कलम चलाउने वरिष्ठ पत्रकार रिजालले आर्थिक, राजनीतिक तथा सामाजिक परिवेशका विषयवस्तुको यर्थाथमुखी चित्रण गर्छन् ।
लेखकबाट थपमहानगर-एमाले द्वन्द्वः प्रधानमन्त्रीबाट कानुनको उपहास ?
मंसिर १०, २०८१ सोमबार
सेनालाई काम नलाग्ने केटु सिरिजका हतियार किनाउन ठेकेदार कार्कीको चलखेल
मंसिर ८, २०८१ शनिबार
मोरङबाट तस्करी लाइन सुचारु, महिनाबारी असुल्न घुमुवा परिचालन !
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
सेनालाई काम नलाग्ने केटु सिरिजका हतियार किनाउन ठेकेदार कार्कीको चलखेल
नेपालबहस संवाददाता
मंसिर ८, २०८१ शनिबार
इरानले शुक्रबार फ्रान्स, जर्मनी र बेलायतसँग आणविक वार्ता गर्ने
मंसिर ९, २०८१ आइतबार
तस्करीमा पर्सा प्रहरीको कारबाही, ६८ लाखको सामान बोकेको ट्रक नियन्त्रणमा
मंसिर १०, २०८१ सोमबार
विमान चालकको समस्या छिट्टै समाधान हुन्छः वायुसेवा निगम
मंसिर १०, २०८१ सोमबार
अब हिंसाका तथ्याङ्क र घटना कम गर्न आवश्यक छ : महानगर प्रमुख महर्जन
मंसिर १०, २०८१ सोमबार
यस्तो बन्दैछ ग्वार्कोमा ‘फ्लाई ओभर’ [ फोटो फिचर ]
मंसिर १०, २०८१ सोमबार