सनराइज बैंकको सीईओ नियुक्ति अपडेट : जनकलाई सीईओ छान्यो
इन्द्र रिजाल
असार २९, २०७६ आइतबार १९:३१:१४
काठमाडौं। सनराइज बैंकले प्रमुख कार्यकारी अधिकृतमा जनक शर्मा पौड्याललाई नियुक्त गर्ने भएकाे छ।
एक महिनाअघि बैंकले प्रमुख कार्यकारीमा निरज श्रेष्ठलाई नियुक्त गरेको थियो। उनले करारपत्रमा हस्ताक्षर गरेपछि दुई जना सञ्चालकहरुले बिरोध जनाएका थिए ।
बिरोधका बीच आफू काम गर्न नसक्ने भन्दै उनले अध्यक्षलाई ‘नआउने जानकारी गत बिहीबार गराएका थिए । त्यसपछि बैंक सञ्चालक समितिले पौड्याललाई प्रमुख कार्यकारी नियुक्त गर्न लागेकाे हाे ।
३० बर्षे बैंकिङ क्षेत्रमा बिताएका पौड्यालले नबिल बैंकबाट करियर सुरु गरेका हुन्। उनले सन् १९८७ मा इन्ट्री लेभलबाट करियर सुरु गरेका हुन् । नबिलमा ११ बर्ष काम गरेपछि उनी एनआइसी बैंक (अहिलेको एनआइसी एसिया) गएका थिए।
एनआइसी स्थापनामा सक्रिय भूमिका खेलेका पौडेलले त्यहाँ पाँच बर्ष काम गरेपछि लक्ष्मी बैक स्थापनाको प्रकृया थाल्न त्यता गए। लक्ष्मी बैंकमा एक बर्ष काम गरेपछि पौड्याल अध्ययनका लागि लण्डन गए। लण्डनमा अध्ययनसँगै त्यहाँको बैंकमा पनि काम गरेको अनुभव पौडेलसँग छ। उनले त्यहाँ साढे चार बर्ष काम गरेका थिए।
उनी काठमाण्डौं फर्केर ग्लोबल बैंकको ब्यवस्थापनमा करारमा भित्रिए। ग्लोबल बैंकमा उनी सहायक महाप्रबन्धकका रुपमा भित्रिएका थिए। ग्लोबलको नायव प्रमुख कार्यकारी हुँदै उनी प्रमुख कार्यकारी अधिकृत बनेका थिए। ग्लोबल आइएमइमा दुई बर्ष कार्यकाल बाँकी छँदै उनले राजिनामा दिएर बाहिरिएका थिए। उनको कुलिङ पिरियड आउँदो साउन ८ गते सकिँदैछ।
इन्द्र रिजाल
इन्द्र रिजाल नेपालबहस डटकमका प्रधान सम्पादक हुन् । अर्थ राजनीतिक धारमा कलम चलाउने वरिष्ठ पत्रकार रिजालले आर्थिक, राजनीतिक तथा सामाजिक परिवेशका विषयवस्तुको यर्थाथमुखी चित्रण गर्छन् ।
लेखकबाट थपबैंकिङ सेवालाई प्रतिस्पर्धी र व्यावसायिक बनाइनुपर्छः गभर्नर अधिकारी
कात्तिक ३०, २०८१ शुक्रबार
कस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर ?
भदौ २३, २०८१ आइतबार
राष्ट्र बैंकले दशैंमा नयाँ नोटको सट्टा सुकिला नोट दिने
भदौ १९, २०८१ बुधबार
३ लाख धरौटीमा छुटे दुर्गा प्रसाईं
पुष २५, २०८१ बिहिबार
रविलाई प्रहरीले पुनः पक्राउ नगर्ने, काठमाडौं जिल्ला अदालतमा आफैं उपस्थित हुने
पुष २५, २०८१ बिहिबार
चीनमा व्यापारिक संस्थाहरूको सङ्ख्यामा स्थिर वृद्धि
पुष २६, २०८१ शुक्रबार
राजश्व अनुसन्धान विभागद्वारा पोखरेलको गोदाममा छापा, सेटिङ गर्न शक्तिकेन्द्रमार्फत दवाव
पुष २६, २०८१ शुक्रबार
शीतलनिवासमा राष्ट्रपति पौडेल र प्रधानमन्त्री ओलीबीच भेटवार्ता
पुष २६, २०८१ शुक्रबार
विपिन जोशीको सकुशल रिहाइका लागि सरकारको कूटनीतिक प्रयास जारी
पुष २६, २०८१ शुक्रबार
कांग्रेसका विभिन्न २० विभागमा सचिव मनोनयन ( हेर्नुस सूचीसहित )
पुष २६, २०८१ शुक्रबार
आगो बाल्दा वा विद्युतीय उपकरणको प्रयोग गर्दा सावधानी अपनाउन मन्त्रालयको आग्रह
पुष २६, २०८१ शुक्रबार