दक्षिण कोरियामा श्रमिककाे न्युनतम पारिश्रमिक बढ्यो
इन्द्र रिजाल
असार २९, २०७६ आइतबार २०:३३:४७
काठमाडौं । दक्षिण कोरिया सरकारले श्रमिकको न्यूनतम पारिश्रमिक बढाएको छ । नयाँ पारिश्रमिकअनुसार श्रमिकले सन् २०२० का लागि प्रतिघण्टा ८ हजार ५ सय ९० वन (७.३२ डलर) पाउने तलब बृद्धि भएको छ । यस वर्षको न्यूनतम ज्याला प्रतिघण्टा ८ हजार ३ सय ५० वन थियो ।
यो सँगै कोरियामा कार्यरत करिब ४४ हजार कामदार लाभान्वित भएका छन् । हाल कोरियामा करिब ईपीएसमार्फत् कोरिया आएर कार्यरत ३३ लाखभन्दा बढी विदेश कामदार रोजगारीमा कार्यरत छन् । ज्याला वृद्धि भएसँगै साताको न्यूनतम ४० घण्टा नघटाई मासिक मासिक २ सय ९ घण्टा काम गर्ने श्रमिकले १७ लाख ९५ हजार ३ सय १० वन अर्थात् १ लाख ६६ हजार ७ सय ७१ रुपैयाँ तलब पाउने छन् ।
सरकार, मजदुर संगठन र व्यवसायीका प्रतिनिधिबीच गत शुक्रबार भएको लामो छलफलपछि तलबवृद्धिको निर्णय भएको थियो ।
उद्योग र कृषि तथा पशुपालन भिसाबाहकका लागि कामादार र सञ्चालकबीच आपसी समझदारीमा ज्याला तय हुने छ । आप्रवासी कामदारको न्यूनतम ज्यालाबाट रोजगारदाताले खाना तथा बसोबासका लागि २० प्रतिशत कटौती गर्न पाउने व्यवस्थासमेत लागू भएको छ ।
एसियाका १७ देशका युवाका लागि रोजगारीको आकर्षक गन्तव्य देश मानिएको कोरियामा प्रत्येक वर्ष हुँदै आएको तलब वृद्धिले यी देशबाट रोजगारीका लागि त्यहाँ गएका कामदार उत्साहित हुने भएका छन् । कोरियाली राष्ट्रपति मुन जाय–इनले राष्ट्रपतीय चुनावी अभियानका क्रममा सन् २०२० सम्म मजदुरको न्यूनतम ज्याला प्रतिघण्टा १० हजार वन बृद्धि गर्ने घोषणा गरेपनि कममात्र बृद्धि गरिएको छ ।
इन्द्र रिजाल
इन्द्र रिजाल नेपालबहस डटकमका प्रधान सम्पादक हुन् । अर्थ राजनीतिक धारमा कलम चलाउने वरिष्ठ पत्रकार रिजालले आर्थिक, राजनीतिक तथा सामाजिक परिवेशका विषयवस्तुको यर्थाथमुखी चित्रण गर्छन् ।
लेखकबाट थपनेपाल आयल निगममा जागिर खुल्यो
भदौ २८, २०८१ शुक्रबार
जागिर खाँदै इन्जिनियर बन्नेहरूका लागि नेक विडिएच
भदौ १८, २०८१ मंगलबार
प्रतिवेदन अनुसार रविलाई कारवाही भए चार वटा मुद्धा चल्ने
नेपालबहस संवाददाता
असोज १, २०८१ मंगलबार
संवैधानिक परिषदमा प्रचण्डको अस्वाभाविक बार्गेनिङ !
नेपालबहस संवाददाता
असोज १, २०८१ मंगलबार
बागमतीमा लगानी विस्तार गर्न मन्त्री काफ्लेको आग्रह
असोज ३, २०८१ बिहिबार
नागरिकको भविष्य सम्झेर स्वास्थ्य सुधार अभियानमा छौं : मन्त्री पौडेल
असोज ३, २०८१ बिहिबार
जितिया पर्वले जातजाति र भूगोलको एकतालाई बलियो बनाएको छः पूर्वराष्ट्रपति भण्डारी
असोज ३, २०८१ बिहिबार
काठमाडौंवासीलाई घटस्थापना अघि मेलम्चीको पानी
असोज ३, २०८१ बिहिबार
संविधान संशोधन जनताको सुझाव र सर्वपक्षीय सहमतिमाः कांग्रेस प्रवक्ता महत
असोज ३, २०८१ बिहिबार