बिग मर्जर नीतिले विवादास्पद गर्भनर नेपाल विक्षिप्त !
इन्द्र रिजाल
असार २९, २०७६ आइतबार २३:४१:२
काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर डा. चिरञ्जीवी नेपाल आफ्नो कार्यकालको अन्तिम मौद्रिक नीति जारी गर्न ठूलै कसरत गर्दैछन् । पाँच वर्षे कार्यकालको सबैभन्दा महत्वपूर्ण उपलव्धिका रुपमा उनी बिग मर्जर नीति ल्याउन चाहन्छन् । निश्चित बैंकर र घरानाका मतियारका रुपमा उनी जस्तोसुकै जोखिम उठाउन पनि तयार छन् । बिग मर्जर जसरी पनि कार्यान्वयन गरी छाड्ने उनको अड्डी हो । बाहिरी वातावरण भने उनको अनुकुल देखिंदैन । बिग मर्जरको पक्षमा मौद्रिक नीतिका विज्ञहरु सहमत छैनन् । अनुकूल वातावरण नबनेपछि गभर्नर नेपाल भने हतास र विक्षिप्त छन् ।
केही नलागेपछि उनी आफूलाई ठूलो मिडियाका रुपमा दावी गर्ने अखबारका प्रकाशक/सम्पादकको चाकडी गर्न पनि तयार देखिएका छन् । विशेष आग्रह गर्दै हिजो शनिबार गर्भनरले कान्तिपुर समूहसँगमार्फत सरोकारवालाहरुसँग छलफल चलाए । आफूले बोलाउँदा राम्रो रेस्पोन्स नआएकाले उनी मिडिया गुहार्न बाध्य भएको सबैले अनुमान गरेका छन् । उक्त सम्वादमा पनि गर्भनरलाई बल पुग्ने गरी उद्योगी व्यवसायी र बैंकरहरुले धारणा राखेनन् ।
कसैको मोहराका रुपमा प्रयोग भइरहेका गर्भनर नेपाल कुनैपनि हालतमा बिग मर्ज नीति ल्याएर स्वार्थ पूरा गर्न चाहन्छन् । त्यसैले माहोल अनुकुल बनाउन उनी विभिन्न नाटक रचिरहेका छन् । केही नलागेपछि उनी आफूलाई ठूलो मिडियाका रुपमा दावी गर्ने अखबारका प्रकाशक/सम्पादकको चाकडी गर्न पनि तयार देखिएका छन् । विशेष आग्रह गर्दै हिजो शनिबार गर्भनरले कान्तिपुर समूहसँगमार्फत सरोकारवालाहरुसँग छलफल चलाए । आफूले बोलाउँदा राम्रो रेस्पोन्स नआएकाले उनी मिडिया गुहार्न बाध्य भएको सबैले अनुमान गरेका छन् । उक्त सम्वादमा पनि गर्भनरलाई बल पुग्ने गरी उद्योगी व्यवसायी र बैंकरहरुले धारणा राखेनन् ।
बिग मर्जर नीतिले सीमित व्यक्ति र समूहलाई मात्र पोस्ने कुरा व्यापक रुपमा आएपछि गर्भनर नेपाल अलि हच्किएका हुन् । नत्र उनी असार २७ गते नै मौद्रिक नीति जारी गरी फोर्सफुल मर्जरको प्रावधान राख्न तम्तयार थिए । परिस्थिति त्यति अनुकूल नभएकाले उनी विज्ञहरुसँग परामर्शको नाममा स्वीकृति लिने शैलीमा प्रस्तुत हुँदैछन् ।
यसै प्रसंगमा गएको विहिबार उनले पूर्व गर्भनरहरुलाई एउटा पाँच तारे होटलमा डाँके । साथै आफ्नो बिग मर्जर नीतिलाई उनीहरुबाट अनुमोदन गराउन चाहे । उनको यो चाला बुझेका केही पूर्व गभर्नर चाहिं वैठकमै गएनन् । गएका पूर्व गभर्नरहरुले पनि उनको चाहना अनुमोदन गरिदिएनन् । गर्भनर चाहन्थे उनको नीति सबैले ठीक छ भनिदिउन् । तर वैठकमा सहभागी प्रायः सबैले अहिले फोर्सफुल मर्जर भन्दा स्वेच्छिक मर्जरमा जाँदा व्यवहारिक हुने राय दिए ।
दुई वर्षअघि मात्रै वाणिज्य बैंकको चुक्ता पुँजी २ अर्बबाट एकैपल्ट ८ अर्ब पु¥याउँदा आइपरेको समस्याको अनुभव ताजै छ । सोही कारण लगातार देखापरेको तरलता अभावले पुँजी बढाउने अवस्थासमेत देखिंदैन । गर्भनर नेपाल बिग मर्जर नीति सफल बनाउन चुक्ता पुँजी अरु बढाउने पक्षमा रहेका छन् । त्यसो गरियो भने वित्तीय क्षेत्रले अर्को दुर्भाग्य व्यहोर्नु पर्ने हुनसक्छ ।
पूर्व गर्भनरहरुको यस्तो सुझाव आएपछि गर्भनर नेपाल निलोकालो भएको स्रोतले बतायो । वैठकमा सहभागी एकजना पूर्व गर्भनरले नेपाल बहससँग कुरा गर्दै भने आफ्नो कुरा अनुमोदन गराउने हिसाबले गर्भनर प्रस्तुत भए । तर त्यो गलत थियो । त्यसैले हामीले यस्तो नीतिले कार्टेलिङ हुने र सर्वसाधारणलाई मर्का पर्ने कुरामा जोड दियौं । छलफलपछि राष्ट्र बैंकका तर्फबाट जारी प्रेस नोटमा भने पूर्व गभर्नरहरुसँगको वैठक फलदायी भएको दावी गरिएको छ । उहाँहरुले दिनुभएको सुझाव राष्ट्र बैंकका लागि ज्यादै उपयोगी रहेको बताइएको छ ।
पूर्व गर्भनरको साथ र सहयोग नपाएका डा. नेपाल जसरी पनि बिग मर्जर नीति लिएर आउने पक्षबाट डगमगाएका छैनन् । त्यसैले मिडियामार्फत आफ्नो अभिष्ट पूरा गराउने प्रयास गरिरहेका छन् । दुई वर्षअघि मात्रै वाणिज्य बैंकको चुक्ता पुँजी २ अर्बबाट एकैपल्ट ८ अर्ब पु¥याउँदा आइपरेको तरलता समस्याको अनुभव ताजै छ । सोही कारण लगातार देखापरेको तरलता अभावले पुँजी बढाउने अवस्थासमेत देखिंदैन । गर्भनर नेपाल बिग मर्जर नीति सफल बनाउन चुक्ता पुँजी अरु बढाउने पक्षमा रहेका छन् । त्यसो गरियो भने वित्तीय क्षेत्रले अर्को दुर्भाग्य व्यहोर्नु पर्ने हुनसक्छ ।
र याे पनि…...नेपाल राष्ट्र बैंक संधै उल्टो बाटोमा, गल्ती आफुले गर्ने, सच्याउन बैंकलाई तर्साउने, बिग मर्जर पनि त्यसैको श्रृंखला !
कार्यकाल सकिन केही महिना मात्र बाँकी रहेका गर्भनरको यो चालाले नेपालको वित्तीय सन्तुलन नै खल्बलिन सक्ने चेतावनी कतिपय मौद्रिक नीतिका विज्ञहरुले दिएका छन् । तर उनी टसका मस छैनन् ।
केही बैंकिङ माफियाको अभिष्ट पूरा गर्ने संयन्त्रका रुपमा कार्यरत गर्भनर नेपाललाई मुलुकको भन्दा व्यक्तिगत फाइदा महत्वपूर्ण भएको छ । त्यसैले जबरर्जस्ती बिग मर्जरको नीति ल्याइयो नै भने पनि सफल हुने अवस्था भने नरहेको विज्ञहरुको बुझाई छ ।
थप समाचार यहाँ क्लिक गर्नुहाेला……बिग मर्जरले कार्टेलिङ बढाउँछ, राष्ट्र बैंक अलि हतारिएको/हतासिएको मनस्थितिमा देखिन पुग्यो
◊बैंक, मौद्रिक नीति र छाडा निजीकरणको भयावह चित्र
◊६ महिने गभर्नरले चाहँदैमा होला त बिग मर्जर ?
इन्द्र रिजाल
इन्द्र रिजाल नेपालबहस डटकमका प्रधान सम्पादक हुन् । अर्थ राजनीतिक धारमा कलम चलाउने वरिष्ठ पत्रकार रिजालले आर्थिक, राजनीतिक तथा सामाजिक परिवेशका विषयवस्तुको यर्थाथमुखी चित्रण गर्छन् ।
लेखकबाट थपके परराष्ट्रमन्त्री राणालाई भारतीय विदेशमन्त्री एस जयशंकरले भेट देलान् ?
पुष ३, २०८१ बुधबार
रविकी श्रीमती निकिताको सम्पत्ति जफत गर्न माग, अनुसन्धानमा तानिन सक्ने
पुष २, २०८१ मंगलबार
'राखी कुटनीति' ले जोडेको सम्बन्ध बीआरआईमा पुगेर विश्राम !
मंसिर २४, २०८१ सोमबार
बारामा यसरी भइरहेछ घुमुवामार्फत असुली, नाकाहरूमा तस्करहरूको रजगज
नेपालबहस संवाददाता
पुष २, २०८१ मंगलबार
के परराष्ट्रमन्त्री राणालाई भारतीय विदेशमन्त्री एस जयशंकरले भेट देलान् ?
पुष ३, २०८१ बुधबार
एकीकृत समाजवादीको केन्द्रीय सचिवालय गठन
पुष २, २०८१ मंगलबार
आर्थिक कूटनीतिलाई प्राथमिकतामा राख्न राजदूतहरुलाई आग्रह
पुष ३, २०८१ बुधबार
बाल अस्पताल निर्माणमा सघाउन कतारसँग आग्रह
पुष ३, २०८१ बुधबार
पहिलो पटक सीआरएन नम्बर र शेयर आवेदन सेवा सिटिजन्स मोबाइल बैंकिङ एपमा
पुष ३, २०८१ बुधबार
‘निजामती कर्मचारीलाई राजनीतिक हस्तक्षेपबाट मुक्त गर्नुपर्ने’
पुष ३, २०८१ बुधबार
नारीवादी नीतिको अनुशरण गर्न आवश्यक छः परराष्ट्रमन्त्री राणा
पुष ३, २०८१ बुधबार