एघार महिनामै भित्रियो ७ हजार मेट्रिकटन बिष । हरेक नेपालीका भागमा २५४ ग्राम बिष
इन्द्र रिजाल
असार ३०, २०७६ सोमबार १८:३३:५२
काठमाडौं । आयातित तरकारी र फलफुलमा विषादी परीक्षण गर्ने निर्णयले सकारात्मक सन्देश दिएको छ । तर भन्सार विभागले हालै प्रकाशित गरेको चालु आर्थिक वर्ष २०७५/७६ को प्रथम एघार महिनाको नेपालको वैदेशिक व्यापार तथ्यांक अनुसार यस अवधिमा नेपालले रु. २ अर्ब ६० करोड बराबरको करिब ७ हजार मेट्रिकटन विभिन्न खाले विषादी आयात गरेको तथ्यांकले भने एक खतरनाक पाटोको संकेत गरेको छ । यसबाट हेर्दा हरेक नेपालीका भागमा करिब २५४ ग्राम विष पर्न आउँछ ।
विगत पाँच वर्षको विषादी आयातको तथ्यांकलाई विश्लेषण गर्ने हो भने यस अवधिमा करिब रु. ११ अर्बको करिब ३७ हजार मेट्रिकटन विषादी आयात भएको छ । कुल आयात हुने विषादीमा भारतबाट आयात हुने विषादीको हिस्सा मूल्यमा करिब ८७ प्रतिशत रहेको छ भने दोश्रो स्थानमा रहेको चीनको हिस्सा करिब ७ प्रतिशत रहेको छ ।
यसरी भारी परिमाणमा विषादी आयात भईरहँदा पनि सम्बन्धित निकायहरु मौन रहेका छन् । कृषकहरु पनि जति विषादी प्रयोग गर्यो त्यत्ति उत्पादन बढी र राम्रो हुने मनोविज्ञानले काम गरिरहेका छन् । यता उपभोक्ताहरु पनि तरकारी खान पाए पुग्छ, त्यो तरकारीले आफ्नो स्वास्थ्यमा कस्तो असर गर्छ भनेर कुनै सरोकार नै राख्दैनन् । यसरी पटमुर्ख उपभोक्ता, चलाख कृषक, उदासिन सरकार र मौन नागरिक समुदायका कारण विषादीको अनावश्यक प्रयोग कायम रहँदा भारी मात्रामा विषादीको आयात भई रहेको छ । उपभोक्ताहरु मौन रहिरहँदासम्म सरकारले चाहेर पनि विषादीको आयात र प्रयोगमा कमी आउने देखिदैन ।
कृषिको आधुनिकीकरणका नाममा भित्रिएको विषादी प्रयोगको महामारी हाल आएर बैमौसमी तरकारी उत्पादनसँगै भयावह अवस्थामा पुगेको छ । सुधारिएको बिऊबाट उत्पादित बैमौसमी तरकारीको किरा प्रतिरोधी क्षमता कमजोर रहँदा किराहरुबाट जोगाउन विषादीको अत्याधिक प्रयोग हुने गरेको छ ।
यस अवस्थाबाट मुक्ति पाउन सर्वप्रथम त मौसमी तरकारी सेवनलाई प्रोत्साहन गरिनुपर्दछ । जुन मौसममा जुन तरकारी उत्पादन हुन्छ सोही मौसममा मात्र ती तरकारी सेवन गर्र्ने कानुनी व्यवस्था हुन जरुरी छ । जस्तै भदौ असोजमा फल्ने काक्रो चैत बैशाखपनि फलाउने कार्यले काक्रोमा विषादीको प्रयोग बढ्न थालेको हो । मंसीरदेखि माघसम्म फल्ने काउली बाह्रैमास फलाउने कार्य कुनैपनि दृष्टिले राम्रो हैन । मंसीर, पुष र माघमा हुने सागलाई असार महिनामा पनि उमार्ने कार्यले पनि विषादी प्रयोगलाई नै प्रोत्साहन गरिरहेको छ ।
कृषिको आधुनिकीकरणका नाममा आएका सुधारिएका बिऊहरुको किरा प्रतिरोधी क्षमता न्युन हुँदा विषादीको प्रयोग बढ्न गएको हो । तसर्थ तरकारीका यस्ता विकासे बिऊमाथि प्रतिबन्ध लगाई रैथाने जातका तरकारीका बिऊहरु मात्र उत्पादन गर्ने गरी कानुनी व्यवस्था हुन जरुरी छ । स्मरणीय छ, रैथाने जातका बिऊहरुलाई कुनै किराहरुले नोक्सान गर्न सक्दैनन् । अर्को कुरा ठूलो मात्रामा एकैप्रकारको तरकारी खेती गर्दा पनि तरकारीको प्रतिरोधी क्षमतामा ह्रास आउँछ । त्यसैले तरकारी लगाउँदा पनि साना साना बारीमा मिश्रित बाली लगाउने व्यवस्था गर्न आवश्यक छ । अर्को कुरा तरकारी र फलफुल खाएर स्वस्थ्य हुने जुन भ्रम छरिएको छ त्यसमा पनि सुधार ल्याउन जरुरी छ ।
तरकारी र फलफुल जुन सिजनमा उत्पादन हुन्छ सोही सिजनमा अलि अलि खाए हुने वस्तुहरु हुन् । यी सबै पक्षलाई दृष्टिगत गर्दै तरकारी र उत्पादन तथा उपभोग सम्वन्धी नीति ल्याउन आवश्यक छ । रैथाने बिऊबाट उत्पादित मौसमी तरकारीमा उपभोग गर्ने सो नीतिको मुल आधार बनाउनु पर्दछ । यसो गरेको खण्डमा मात्र तरकारीमा विषादीको प्रयोग बन्द हुन्छ । अन्यथा हजारौं टन विष आयात गर्दै सीमा नाकामा विषादी तरकारी र फलफुलको जाँचले के अर्थ राख्दछ र ?
इन्द्र रिजाल
इन्द्र रिजाल नेपालबहस डटकमका प्रधान सम्पादक हुन् । अर्थ राजनीतिक धारमा कलम चलाउने वरिष्ठ पत्रकार रिजालले आर्थिक, राजनीतिक तथा सामाजिक परिवेशका विषयवस्तुको यर्थाथमुखी चित्रण गर्छन् ।
लेखकबाट थपग्रामीण सडक कालोपत्र, मुख्य सडकको समस्या उस्तै
असार ८, २०८१ शनिबार
मदिरा र सुर्तीजन्य वस्तुमा कर वृद्धि
जेठ १५, २०८१ मंगलबार
बजेटबारे नेताहरूको मिश्रित प्रतिक्रिया : कोही भन्छन्- राम्रो, कोही भन्छन् नराम्रो !
जेठ १५, २०८१ मंगलबार
विदेशबाट आएका कामतको होटलमा शङ्कास्पद मृत्यु, साथमा आएकी परस्त्री फरार
नेपालबहस संवाददाता
असार ११, २०८१ मंगलबार
अन्तरिक्षबाट घरको छतमा टुक्रा खसेपछि नासाविरुद्ध मुद्धा दायर
नेपालबहस संवाददाता
असार १०, २०८१ सोमबार
भारतको सेमिफाइनल खेलमा वर्षा भयो भने के हुन्छ ?
नेपालबहस संवाददाता
असार १०, २०८१ सोमबार
सर्वोच्चले खारेज गर्यो कोशी प्रदेश सरकार विरुद्धको रिट
असार ११, २०८१ मंगलबार
दाहालको दिनगन्ती सुरुः ‘जादुई नम्बर’मा छैन अब कुनै दम
असार ११, २०८१ मंगलबार
नेपाल आइडल विजेता करण परियारलाई प्रधानमन्त्रीले दिए बधाई, गितार उपहार
असार १२, २०८१ बुधबार
कांग्रेसले स्वास्थ्य तथा गुणस्तरसम्बन्धी गैर सरकारी विधेयक दर्ता गराउने
असार १२, २०८१ बुधबार
ट्राभिस हेड टी-२० वरियताको ब्याट्सम्यानको सूचीमा शिर्ष स्थानमा
असार १२, २०८१ बुधबार
नेपालगञ्जमा महिला क्याम्पसमा अध्ययन गर्नको आकर्षण बढ्यो
असार १२, २०८१ बुधबार
जङ्गली च्याउ खाँदा तीन जनाको मृत्यु, १६ बिरामी
असार १२, २०८१ बुधबार
रुकुमकोट बजार आसपास क्षेत्र
असार १२, २०८१ बुधबार
मार्ग खुलेको ढेड दशकपछि सडक कालोपत्र, स्थानीय हर्षित
असार १२, २०८१ बुधबार