तामाकोशी गाउँपालिकाले दियो ११ सुकुम्वासी परिवारलाई लालपूर्जा
इन्द्र रिजाल
असार ३०, २०७६ सोमबार २१:२४:३
दोलखा । तामाकोशी गाउँपालिकाले पालिकाभित्र रहेका ११ भूमिहीन सुकुम्वासीलाई जग्गाधनी पूर्जा वितरण गरेको छ । गाउँपालिकाभित्र तीन पुस्तादेखि बसोबास गर्दै आएका ११ भूमिहीन सुकुम्वासीलाई गाउँपालिकाले लालपूर्जा वितरण गरेको हो ।
गाउँपालिकालाई सुकुम्वासीविहीन गाउँपालिका बनाउने उद्देश्यअनुसार तीन पुस्तादेखि अरुकामा बस्दै आएका भूमिहीन सुकुम्वासीलाई गाउँपालिकाले रु एक लाख ५० हजारका दरले जग्गा खरीद गरी गाउँपालिका प्रमुख ईश्वरचन्द्र पोखरेलले लालपूर्जा हस्तान्तरण गरेका हुन् ।
लालपूर्जा प्राप्त गर्नेमा गाउँपालिका वडा नं १ का शान्त तामाङ, सन्देश तामाङ, मङ्गलसिंह तामाङ, मिङ्मार लामा, वडा नं २ का भीमबहादुर भुजेल, वडा नं ३ का जीतबहादुर खत्री, विन्दा सार्की, दिपेश बस्येल, राजु खत्री, मीनबहादुर सार्की र वडा नं ४ का ज्ञानु श्रेष्ठ रहेका छन् ।
गाउँपालिकाले पालिकाभित्र सुकुम्वासीको विवरण सङ्कलन गर्न वडा नं ३ का अध्यक्ष रामप्रसाद काफ्लेको संयोजकत्वमा समिति बनाएको थियो । समितिले पालिकाभित्र सुकुम्वासीको विवरण सङ्कलन गर्दा १९ सुकुम्वासी रहेको पहिचान गरेको थियो । संयोजक काफ्लेले गाउँपालिकाले यो वर्ष सबै सुकुम्वासीलाई लालपूर्जा वितरण गर्ने योजना भए पनि कतिपय सुकुम्वासी सम्पर्कमा नआएकाले ११ सुकुम्वासीलाई मात्र वितरण गरेको र अन्यलाई पनि पुनः वितरण गर्ने बताए ।
गाउँपालिकाले ११ सुकुम्वासीलाई विभिन्न ठाउँमा ठाउँअनुसार रु एक लाख ५० हजारका दरले एक÷एक रोपनीभन्दा बढी जग्गा भएको जग्गाधनी पूर्जा वितरण गरेको प्रमुख पोखरेलले बताए । अध्यक्ष पोखरेलले भूकम्पपछि आफ्नो जग्गा नभएका कारण पुनःनिर्माण गर्न नसकेका ती सुकुम्वासीलाई अब पुनःनिर्माण प्राधिकरणसँग सहकार्य गरेर स्थायी आवास निर्माणका लागि पहल गर्ने बताए।
इन्द्र रिजाल
इन्द्र रिजाल नेपालबहस डटकमका प्रधान सम्पादक हुन् । अर्थ राजनीतिक धारमा कलम चलाउने वरिष्ठ पत्रकार रिजालले आर्थिक, राजनीतिक तथा सामाजिक परिवेशका विषयवस्तुको यर्थाथमुखी चित्रण गर्छन् ।
लेखकबाट थपडोलेश्वरमा साताव्यापी निःशुल्क योग शिविर
मंसिर १, २०८१ शनिबार
दुई सय ३६ सहयोगापेक्षी सडक आश्रित मानवहरुको उद्धार
कात्तिक ३०, २०८१ शुक्रबार
भक्तपुरको दरबार स्क्वायरनजिक ९४ वर्षीया वृद्धाको हातखुट्टा बाँधिएको अवस्थामा शव भेटियो
कात्तिक २९, २०८१ बिहिबार
रविको बयान : खातामा आएको २ करोड झिकेर चलाएको हुँ, कसले पठायो थाहा भएन !
नेपालबहस संवाददाता
कात्तिक २९, २०८१ बिहिबार
प्रहरीद्वारा रवि लामिछानेको सम्पत्ति रोक्का गर्न सम्बन्धित निकायमा पत्राचार
नेपालबहस संवाददाता
कात्तिक ३०, २०८१ शुक्रबार
सीआईबीमा धनराजको बयानः 'सहकारीले श्रीमति, घर र इज्जत पनि लग्यो, ऋण पनि बोकायो'
नेपालबहस संवाददाता
कात्तिक २८, २०८१ बुधबार
मेलानिया ट्रम्प ह्वाइटहाउसमा नबस्ने
मंसिर १, २०८१ शनिबार
यूपीमा योगी सरकारको मदिरा बिक्रीमा कडाई, नियम पालना नगरे कारबाही हुने
कात्तिक ३०, २०८१ शुक्रबार
नेपाल प्रहरीमा ५ डीआईजीको दरबन्दी थप गर्ने अन्तिम तयारी, बढुवाको लिगलिगे दौड !
मंसिर १, २०८१ शनिबार
साधक अग्रजहरूको आदर्श जीवनचर्याबाट केही सिकौँ, केही गरौँ
मंसिर १, २०८१ शनिबार
नेपाल प्रहरीमा ५ डीआईजीको दरबन्दी थप गर्ने अन्तिम तयारी, बढुवाको लिगलिगे दौड !
मंसिर १, २०८१ शनिबार
उपनिर्वाचनका लागि एमालेले छान्यो ४२ उम्मेदवार
मंसिर १, २०८१ शनिबार
वडा कार्यालयमै मुख्य निर्वाचन अधिकृतको कार्यालय
मंसिर १, २०८१ शनिबार