संसद स्थगनले सत्तारुढ सांसद असन्तुष्ट,सरकारले बदमासी गर्योः कांग्रेस सभापति देउवा
इन्द्र रिजाल
असार ३०, २०७६ सोमबार २२:२१:४३
काठमाडौं । नेपाली कांग्रेस र राष्ट्रिय जनता पार्टीले दर्ता गरेको जरुरी सार्वजनिक महत्वको प्रस्ताव अस्वीकार गर्दै साउन ८ गतेसम्मका लागि संसद स्थगित गरिएकोमा सत्तारुढ नेपाल कम्युनिष्ट पार्टीकै नेताहरुले असन्तुष्टि जनाएका छन्।
दुई प्रतिपक्षी दलले संसदको नियमित प्रक्रिया स्थगित गरेर बाढीपहिरो पीडितका लागि सञ्चालित राहत तथा उद्धार कार्यमा केन्द्रित भएर छलफल गर्नुपर्ने भन्दै सोमबार संसद सचिवालयमा जरुरी सार्वजनिक महत्वको प्रस्ताव दर्ता गराएका थिए । तर संसद सचिवालयले सूचना टाँसेर साउन ८ गते १ बजेसम्मका लागि प्रतिनिधि सभा बैठक स्थगित गरिदियो । संघीय संसदका महासचिव मनोहरप्रसाद भट्टराईले सांसदहरु बाढीपहिरो र डुबानपीडितको उद्धारमा जानुपर्ने भएकाले संसद बैठक स्थगित गरिएको जनाएका छन्।
प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले बाढीपहिरो पीडितलाई राहतबारे संसदमा छलफल गर्न नचाहेर सरकारले बदमासी गरेको आरोप लगाएका छन्। सिंहदरबारमा सञ्चारकर्मीहरुसँग संक्षिप्त कुरा गर्दै सभापति देउवाले संसदको नियमित प्रक्रिया रोकेर बाढीपीडितको राहत र उद्धारबारेमा छलफल गर्न डराएर सरकार भागेको जिकिर गरे। बाढीपहिरो पीडितलाई राहतबारे संसदमा छलफल गर्न नचाहेर सरकारले बदमासी गरेको आरोप लगाएका छन्।
‘हामीले नियमित प्रक्रिया रोकेर बाढीपहिरो पीडित र राहत तथा उद्धार कार्यक्रमबारे छलफल गर्न भनेका थियौँ। तर १० दिनसम्म संसद स्थगित गरेर सरकारले बदमासी गरेको छ’, उनले भने, ‘देशभरी बाढी आएको छ, पहिरो र डुबानले अर्बौँको क्षति भएका बेला जनता त्राहीमाम भएका छन्। यस्तो बेलाम सबै एकतावद्ध भएर जाऊँ भन्ने पक्षमा हामी थियौँ तर सरकारले संसद स्थगित गरेर भाग्यो।’
सभापति देउवाले बाढीपीडितको राहत कार्यक्रमलाई प्रभावकारी बनाउन आफूहरुले सबै दल एकैठाउँ उभिने वातावरण बनाउन संसदमा विशेष महत्वको प्रस्ताव दर्ता गरेको जिकिर गरे। ‘सिरियस कुरामा छलफल गर्न नदिन सत्ता पक्षले संसद अवरुद्ध गरेकोमा अचम्म लागेको छ’, उनले भने, ‘सरकारको यो कदमले नेकपाकै सांसद पनि असन्तुष्ट छन्, यो बेठीक भयो।’
प्रतिपक्षीबाट विरोध भइरहँदा सत्ता पक्षकै वरिष्ठ नेता माधवकुमार नेपालले राहत र उद्धारका लागि पर्याप्त छलफल जरुरी भएका बेला संसद स्थगित गरिएकोमा आश्चर्य प्रकट गरे। ‘संसद किन स्थगित भयोर ? त्यो तपाईँहरु अनुमान गर्नुस’, नेता नेपालले,देशमा आएको प्राकृतिक विपत्तिबारेमा प्रयाप्त छलफल जरुरी थियो। अब त्यो हुने अवस्था रहेन।’
संसद स्थगित भएपछि सोमबारै सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टीका सांसदहरुले पत्रकार सम्मेलन गर्ने भएका छन्। नेकपा सांसद यज्ञराज सुनुवारले संसद स्थगितबारे पत्रकार सम्मेलनमार्फत् आफूहरुको धारणा सार्वजनिक गर्ने बताए । नेकपाका केही सांसदहरुले रिर्पोटर्स क्लबमा पत्रकार सम्मेलन गर्ने भएका छन्। ‘हामीले पनि बोल्न पाएनौँ, आठ दिन भन्दा बढी संसद बन्द हुने भयो’, सुनुवारले भने, ‘त्यही भएर हामी पत्रकार सम्मेलन गर्दैछौँ।’ नेकपाका अर्का एक सांसदले पनि संसद स्थगित गर्ने निर्णयको आलोचना गरे । ‘देश संकटमा परेका बेला छलफल हुनुपथ्र्यो, सरकारका कामको समीक्षा हुनुपर्थ्यो’, ती सांसदले भने, ‘सभामुखले के सोचेर स्थगित गर्नुभयोरु तर यो राम्रो भएन।’
इन्द्र रिजाल
इन्द्र रिजाल नेपालबहस डटकमका प्रधान सम्पादक हुन् । अर्थ राजनीतिक धारमा कलम चलाउने वरिष्ठ पत्रकार रिजालले आर्थिक, राजनीतिक तथा सामाजिक परिवेशका विषयवस्तुको यर्थाथमुखी चित्रण गर्छन् ।
लेखकबाट थपप्रतिवेदन अनुसार रविलाई कारवाही भए चार वटा मुद्धा चल्ने
असोज १, २०८१ मंगलबार
हायात होटलको जग्गा भाडा विवादः पर्यटन समितिले छानबिन गर्दै
भदौ ३१, २०८१ सोमबार
प्रतिवेदन अनुसार रविलाई कारवाही भए चार वटा मुद्धा चल्ने
नेपालबहस संवाददाता
असोज १, २०८१ मंगलबार
संवैधानिक परिषदमा प्रचण्डको अस्वाभाविक बार्गेनिङ !
नेपालबहस संवाददाता
असोज १, २०८१ मंगलबार
बागमतीमा लगानी विस्तार गर्न मन्त्री काफ्लेको आग्रह
असोज ३, २०८१ बिहिबार
नागरिकको भविष्य सम्झेर स्वास्थ्य सुधार अभियानमा छौं : मन्त्री पौडेल
असोज ३, २०८१ बिहिबार
जितिया पर्वले जातजाति र भूगोलको एकतालाई बलियो बनाएको छः पूर्वराष्ट्रपति भण्डारी
असोज ३, २०८१ बिहिबार
काठमाडौंवासीलाई घटस्थापना अघि मेलम्चीको पानी
असोज ३, २०८१ बिहिबार
संविधान संशोधन जनताको सुझाव र सर्वपक्षीय सहमतिमाः कांग्रेस प्रवक्ता महत
असोज ३, २०८१ बिहिबार