नेकपामा विप्लवलाई हेर्ने दृष्टिकोण नेतापिच्छे फरक, को को खटिए वार्तामा ?
इन्द्र रिजाल
असार ३०, २०७६ सोमबार २२:३७:५२
काठमाडौं । गत फागुन अन्तिम साता केपी ओली सरकारको मन्त्रिपरिषदले लिएको विवादास्पद निर्णय थियो – नेत्रबिक्रम चन्द विप्लव नेतृत्वको नेकपा माथि प्रतिबन्ध । प्रधानमन्त्रीसमेत रहेका ओलीको तर्क विप्लव नेतृत्वको नेकपा समूहले अराजनीतिक गतिविधि गरिरहेको छ । साथै , जवर्जस्ती चन्दा असूली पनि ।
उता, नेकपाकै अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड पनि ओलीको बोलीमा लोली मिलाउँदै थिए । विप्लवजीहरुले मेरो हत्या गर्ने योजना बनाउनु भएको छ अरे । मलाई मारेर क्रान्ति सफल हुँदैन – प्रचण्डको रोदनयुक्त तर्क थियो ।
विप्लवले त तीन सूत्रीय माग राखेर वार्ताको लागि तयार रहेको जनाई सकेका छन् । पहिलो शर्त हो – पार्टीमाथिको प्रतिबन्ध फुकुवा । दोस्रो शर्तका रुपमा विप्लवले जेलमा रहेका आफ्ना नेताकार्यकर्ता तत्काल रिहा गर्नुपर्ने राखेका छन् । यस्तै तेस्रो चाहिं वार्ताका लागि सरकारले औपचारिक पत्र पठाउनुपर्ने भनिएको छ ।
हिजोसम्म एकै थातथलो भएका अर्का नेता जो अहिले ओलीसँग निकट छन् रामबहादुर थापा बादल पनि दुबै अध्यक्षसँग सहमत भए । आफ्ना चेला नेत्रविक्रम चन्द विप्लव नै गृह मन्त्रालयको टाउको दुखाई भएपछि त बादललाई खप्नु भएन सायद । त्यसैले उनैको पहलमा मन्त्रिपरिषदले विप्लवलाई आतंककारी घोषणा ग¥यो ।
गएको पाँच महिनाको अवधिमा सरकार र विप्लव पक्षबीच केही मुठभेड भयो । यसक्रममा विप्लव समूहका केही नेता कार्यकर्ताको ज्यान लिने काम भयो । हिजोका दिनमा यस्तै क्रान्तिबाट सत्तामा आएका प्रचण्ड र बादल नै अहिले आतंककारीको टाउकाको मूल्य तोक्ने अवस्थामा पुगेका छन् । सायद परिवर्तनको बेग भनेकै यही हो ।
बादल नेतृत्वको प्रहरी प्रशासनले गएको महिना सर्लाहीमा झुठो मुठभेडको नाममा कुमार पौडेलको हत्या गरिदियो । यसैगरी गएको साता भोजपुरमा पनि एकजना जिल्ला स्तरकै नेताको हत्या गरियो । उक्त घटनामा नेपाल प्रहरीका एकजना सुरक्षाकर्मीको समेत ज्यान गयो ।
पछिल्लो घटनाले दुबै पक्षलाई झस्काएको अनुभूति भएको छ । विप्लव मात्र होइन , सरकार पनि वार्तामार्फत सहमतिको पक्षमा देखिएको छ ।विप्लवले त तीन सूत्रीय माग राखेर वार्ताको लागि तयार रहेको जनाई सकेका छन् । पहिलो शर्त हो – पार्टीमाथिको प्रतिबन्ध फुकुवा । दोस्रो शर्तका रुपमा विप्लवले जेलमा रहेका आफ्ना नेताकार्यकर्ता तत्काल रिहा गर्नुपर्ने राखेका छन् । यस्तै तेस्रो चाहिं वार्ताका लागि सरकारले औपचारिक पत्र पठाउनुपर्ने भनिएको छ ।
विप्लवका यी तीन शर्तबारे पार्टीमा वा सरकारमा कुनै छलफल भएको छैन । बरु नेताहरु आफू अनुकुल वातावरण तयार गरी जस हत्याउने होडबाजीमा भने लागेका छन् । जसले गर्दा पार्टी र सरकारबीच नै चरम अविश्वासको स्थिति छ । विप्लवसँग वार्ता गर्नका लागि ओली ,प्रचण्ड र बादलका आ–आफ्नै संयन्त्र सक्रिय भएका छन् ।
ओली प्रचण्डलाई विश्वास गर्ने अवस्थामा छैनन् भने प्रचण्डको बुझाई पनि उस्तै । बादलसमेत दुबै अध्यक्षप्रति भर पर्न सकेका छैनन् । त्यसैले उनको छुट्टै संयन्त्र सल्बलाएको छ । प्रधानमन्त्री ओलीले आफ्ना विश्वास पात्रसमेत रहेका महासचिव विष्णु पौडेललाई विप्लव समूहसँग वार्ताको वातावरण बनाउन अह्राएका छन् । पौडेलले विप्लव समूहका प्रभावशाली नेता मानिने हेमन्तप्रकाश ओली सुदर्शनसँग हिजै मात्र नख्खु जेलमा छलफल गरेका छन् । पार्टीमाथि प्रतिबन्ध लागेपछि पक्राउ परेका सुदर्शन हाल केन्द्रीय कारागार नख्खुमा बन्दी जीवन बिताईरहेका छन् । पौडेल र सुदर्शनबीच भएको छलफल सतही मात्र हो । सुदर्शनले पार्टीको घोषित नीति र शर्त पूरा भए मात्र वार्तामा बस्न सकिने अडान दोह¥याएका थिए ।
यसरी हेर्दा नेकपा भित्र हरेक विषयलाई हेर्ने दृष्टिकोण नेतै पिच्छे फरक रहेको स्पष्ट हुन्छ । कसैले कसैलाई विश्वास गर्ने अवस्था छैन । विभिन्न शक्ति केन्द्रको चाहना र बाध्यताका कारण जवर्जस्ती जोडिएको नेकपा भित्र अहिले पनि ठूलो खाडल छ । चाहे त्यो वैचारिक सन्दर्भ होस् वा शासकीय स्वरुपका विषयमा नै किन नहोस् ।
उता, अर्का अध्यक्ष प्रचण्ड यो मुद्धामा सबै क्रेडिट आफैं लिने पक्षमा छन् । विप्लवसँगको वार्ता सफल भए त्यसको जस लिने उनको दाउ छ । त्यसैले पार्टीगत रुपमा भन्दा व्यक्तिगत रुपमा उनी वातावरण तयार गर्न जुटेका हुन् । यसका लागि उनले पूर्व कमाण्डर एवं नेकपा नेता जनार्दन शर्मालाई जिम्मेवारी सुम्पेका छन् । जनार्दनले विप्लव निकट केही पत्रकार तथा नेताहरुसँग छलफल गरेका छन् । साथै प्रचण्डले समेत केही नेतासँग कुरा गरेका छन् ।
दुबै नेताबाट कुनैपनि बेला धोका हुनसक्ने लख काटेका अर्का नेता बादल पनि चनाखो छन् । सर्लाही काण्डमा कुमार पौडेललाई नक्कली मुठभेडमा हत्या गरिएको कुरा उनलाई पछि मात्र थाहा भयो । भनिन्छ ,प्रहरीले सोझै प्रधानमन्त्रीलाई जानकारी दिएर पौडेलको हत्या गरेको थियो । यो घटनाले बादललाई सशंकित र आक्रोशित बनाएको छ । तर ओली र प्रचण्ड विरुद्ध अहिले केही गर्न सक्ने अवस्था नरहेकाले बादल चाउरिएका छन् । साथै , आफ्ना खास चेला विप्लवसँगको छलफल सफल र उपलव्धिपूर्ण भयो भने त्यसको जस आफैं लिने उनको मनसाय प्रष्ट छ । विप्लवको सहानुभूति आर्जन गर्ने बादलको भित्री चाहना रहेको छ । त्यसैले उनी ओली र प्रचण्ड जस्तै आफ्नो दूतमार्फत वार्ताको वातावरण तयार गरिरहेका छन् । उनको दूतका रुपमा सूर्यप्रकाश सुवेदी खटिएका छन् ।
बादल पनि आफ्नो भूमिका बलियो बनाउन तल्लिन छन् । विप्लवसँगको वार्ता सकारात्मक बन्यो भने पार्टी एकीकरणसम्मको अवस्था आउन सक्ने बुझाई उनको रहेको छ । त्यस्तो अवस्थामा विप्लवको साथ र सहयोग पाए ओली र प्रचण्डकै हैसियतमा पुग्न सकिने ठम्याई उनको रहेको देखिन्छ ।
यसरी हेर्दा नेकपा भित्र हरेक विषयलाई हेर्ने दृष्टिकोण नेतै पिच्छे फरक रहेको स्पष्ट हुन्छ । कसैले कसैलाई विश्वास गर्ने अवस्था छैन । विभिन्न शक्ति केन्द्रको चाहना र बाध्यताका कारण जवर्जस्ती जोडिएको नेकपा भित्र अहिले पनि ठूलो खाडल छ । चाहे त्यो वैचारिक सन्दर्भ होस् वा शासकीय स्वरुपका विषयमा नै किन नहोस् ।
विप्लव समूहसँग वार्ता गर्ने विषयमा समेत यस्तो खिचातानी हुने पार्टीले देश र जनताको भलो गर्छ भन्ने सोच्नु नै गलत हो । प्रधानमन्त्री ओली काम कम हल्ला बढी गर्न उद्यत् छन् भने प्रचण्डको अभिष्ट बेग्लै छ । उनी कि त साढे दुई वर्ष सग्लो नेकपाको प्रधानमन्त्री हुने नसके आउने महाधिवेशनबाट सहमतिमा पार्टी अध्यक्ष हुने दाउमा केन्द्रित छन् ।
के साच्चिकै सरकार र (नेकपा) विप्लव समूहबीच आज वार्ता होला त ?
यस्तै ओली पनि पाँच वर्षे कार्यकाल पूरै आफैं चलाउने पक्षमा दृढ छन् । त्यसैले उनी प्रचण्डलाई विश्वास गर्ने पक्षमा छैनन् । प्रचण्डलाई आफ्नै हैसियतमा संकुचित गराउने उनको इच्छा छ । यसका लागि उनले पूर्व एमाले नेताहरुको साथ र सहयोग लिनुपर्ने हुन्छ । तर त्यसमा भने ओली चुकिरहेका छन् ।
बादल पनि आफ्नो भूमिका बलियो बनाउन तल्लिन छन् । विप्लवसँगको वार्ता सकारात्मक बन्यो भने पार्टी एकीकरणसम्मको अवस्था आउन सक्ने बुझाई उनको रहेको छ । त्यस्तो अवस्थामा विप्लवको साथ र सहयोग पाए ओली र प्रचण्डकै हैसियतमा पुग्न सकिने ठम्याई उनको रहेको देखिन्छ ।
यसरी आफैंबीच अविश्वास र मतभेद रहेको पार्टी र नेताको सबै विषय र मुद्धामा निजी विचार एवं दृष्टिकोण रहने गरेको देखिन्छ । यस्तो दल र सरकारको भविष्य पनि अन्धकारमै डुबेको छ ।
इन्द्र रिजाल
इन्द्र रिजाल नेपालबहस डटकमका प्रधान सम्पादक हुन् । अर्थ राजनीतिक धारमा कलम चलाउने वरिष्ठ पत्रकार रिजालले आर्थिक, राजनीतिक तथा सामाजिक परिवेशका विषयवस्तुको यर्थाथमुखी चित्रण गर्छन् ।
लेखकबाट थपकोशीका मन्त्रीले मानव तस्करी गरे कि फन्दामा परे, प्रहरी भन्छः अनुसन्धान हुँदैछ, को हुन अनिता ?
कात्तिक २३, २०८१ शुक्रबार
एआईजी बढुवा र अवकाशमा हुने राजनीतिक चलखेलः को को होलान् एआईजी र डीआईजी ?
कात्तिक १४, २०८१ बुधबार
प्रधानमन्त्रीको चीन भ्रमणः पोखरा विमानस्थलको ऋणलाई अनुदानमा परिणत गर्ने तयारी
कात्तिक १४, २०८१ बुधबार
जीबी राई भगाउन सहयोग गर्ने सहसचिवलाई पुरस्कार !
नेपालबहस संवाददाता
कात्तिक २३, २०८१ शुक्रबार
रुसबाट ५ सय ६३ युक्रेनी सैनिकको शव फिर्ता
नेपालबहस संवाददाता
कात्तिक २३, २०८१ शुक्रबार
उपनिर्वाचनका उम्मेदवारहरुलाई सघाउन र सहजीकरण गर्न कांग्रेसका १० नेताले पाए जिम्मेवारी
नेपालबहस संवाददाता
कात्तिक २२, २०८१ बिहिबार
पुरुष यू–१९ एसिया कपका लागि नेपाली टोलीको घोषणा
कात्तिक २४, २०८१ शनिबार
आफ्नै नेतालाई 'नो नट अगेन' भन्ने अवस्था नआओस् भन्दै रास्वपा कार्यकर्ताको खबरदारी
कात्तिक २४, २०८१ शनिबार
हवाई भाडा नियन्त्रणका लागि पाँच बुँदे सहमति, टीबीए खारेज गर्ने निर्णय
कात्तिक २४, २०८१ शनिबार
कालीगण्डकी करिडोर:म्याग्दीको दाना खण्डमा धमाधम कालोपत्र हुँदै
कात्तिक २५, २०८१ आइतबार
आजको मौसमः पहाडी क्षेत्रमा वर्षा हुने, हिमाली भू–भागमा हिमपातको सम्भावना
कात्तिक २५, २०८१ आइतबार
महागुरु फाल्गुनन्दको मार्गनिर्देश अनुशरणयोग्य छन् : राष्ट्रपति पौडेल
कात्तिक २५, २०८१ आइतबार
फाल्गुनन्दको योगदान सबै धर्म, सम्प्रदायका लागि अनुकरणीय छन् : उपराष्ट्रपति यादव
कात्तिक २५, २०८१ आइतबार
यु–१९ महिला विश्वकप क्रिकेट एसिया छनोट: नेपालले आज थाइल्याण्डविरुद्व खेल्ने
कात्तिक २५, २०८१ आइतबार
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर
कात्तिक २५, २०८१ आइतबार