बङ्लादेशमा बाढीको बितण्डा, पाँच लाख प्रभावित
इन्द्र रिजाल
असार ३०, २०७६ मंगलबार २:१७:१२
काठमाडौं । बङ्लादेशमा आएको बाढी पहिरोमा परी पछिल्लो समय कम्तीमा २० जनाको मृत्यु भएको छ । देशको एक तिहाईभन्दा बढी जिल्लामा बाढीको प्रभाव परेको र झण्डै पाँच लाख जनता प्रभावित भएको अधिकारीहरूले सोमबार जानकारी दिएका छन् । उनीहरूका अनुसार प्रभावितमध्ये हजारौँ परिवार विस्थापित भएका छन् ।
प्रकोप व्यवस्थापन विभागका अबु बाकरले झण्डै पाँच लाख जना प्रभावित भएको र १८ जिल्लामा बाढी गएको अन्तराष्ट्रिय समाचार माध्यामले जनाएका छन् ।
अत्यधिक बर्षा र सिमाना जोडिएको भारतको पहाडी क्षेत्रबाट आएको पानी संकलन भएपछि बाढीको रूप लिएको अधिकारीहरुले जनाएका छन् ।
प्रभावित क्षेत्रमा उद्धार तथा राहतका लागि विभिन्न टोलीहरु खटाइएको र उनीहरुले डुवानमा परेकालाई बाहिर निकालेको जनाइएको छ ।
बाढी प्रभावित हजारौं परिवारलाई विभिन्न शिविरहरुमा राखिएको छ भने कतिपयलाई अस्थायीरूपमा खुल्ला र सुख्खा ठाउमा लगिएको छ ।
सरकारी अधिकारीहरूका अनुसार बङ्लादेशको उत्तरपुर्वी क्षेत्रमा पर्ने सिल्हेट, सुनाम्गन्ज र मौल्भीबजार र दक्षिणी पूर्वी क्षेत्रमा पर्ने छट्टोग्राम, रङगमती र कक्स बजार बढी प्रभावित भएका हुन् ।
बाढीले देशका धेरै भागमा भवन, बाटोलगायत धेरै भौतीक संरचनाहरूमा क्षति पु¥याएको अधिकारीहरूले जानकारी दिएका छन् ।
स्थानीय टेलिभिजनहरूले बाढीले पारेको असर, क्षति, उद्धार तथा खोजीसम्वन्धी दृश्यहरु देखाइरहेका छन् ।
प्रधानमन्त्री शेख हसिनाले बाढी प्रभावितहरुलाई खोजी तथा उद्धार गर्दै आवश्यक सम्पूर्ण सहयोग गर्न निर्देशन दिएकी छिन् । उनले सबै क्षेत्रबाट उच्च सतर्कता र सहयोगका लागि पनि आग्रह गरेकी छिन् । एजेन्सी
इन्द्र रिजाल
इन्द्र रिजाल नेपालबहस डटकमका प्रधान सम्पादक हुन् । अर्थ राजनीतिक धारमा कलम चलाउने वरिष्ठ पत्रकार रिजालले आर्थिक, राजनीतिक तथा सामाजिक परिवेशका विषयवस्तुको यर्थाथमुखी चित्रण गर्छन् ।
लेखकबाट थपलेबनानको विमानस्थलमा पेजर र वाकीटकी प्रतिबन्ध
असोज ३, २०८१ बिहिबार
लेबनानमा पेजर र वाकीटकी विस्फोट हुँदा २० जनाको मृत्यु
असोज ३, २०८१ बिहिबार
प्रतिवेदन अनुसार रविलाई कारवाही भए चार वटा मुद्धा चल्ने
नेपालबहस संवाददाता
असोज १, २०८१ मंगलबार
संवैधानिक परिषदमा प्रचण्डको अस्वाभाविक बार्गेनिङ !
नेपालबहस संवाददाता
असोज १, २०८१ मंगलबार
बागमतीमा लगानी विस्तार गर्न मन्त्री काफ्लेको आग्रह
असोज ३, २०८१ बिहिबार
नागरिकको भविष्य सम्झेर स्वास्थ्य सुधार अभियानमा छौं : मन्त्री पौडेल
असोज ३, २०८१ बिहिबार
जितिया पर्वले जातजाति र भूगोलको एकतालाई बलियो बनाएको छः पूर्वराष्ट्रपति भण्डारी
असोज ३, २०८१ बिहिबार
काठमाडौंवासीलाई घटस्थापना अघि मेलम्चीको पानी
असोज ३, २०८१ बिहिबार
संविधान संशोधन जनताको सुझाव र सर्वपक्षीय सहमतिमाः कांग्रेस प्रवक्ता महत
असोज ३, २०८१ बिहिबार