के साच्चिकै सरकार र (नेकपा) विप्लव समूहबीच आज वार्ता होला त ?
इन्द्र रिजाल
असार ३१, २०७६ मंगलबार १४:१६:९
काठमाडौं । सरकारद्वारा प्रतिबन्धित दल नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीबीच आज (मंगलबार) वार्ता हुँदैछ । वार्ताका लागि बाँकेको नेपालगञ्ज क्षेत्र तोकिएपनि वार्तास्थल खुलाइएको छैन ।
वार्ताका लागि पूर्वमन्त्री तथा सांसद सोमप्रसाद पाण्डे नेतृत्वको टोली नेपालगञ्ज पुगेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले समस्या समाधान गर्ने गरी वार्ता गर्न पाण्डे नेतृत्वको टोलीलाई नेपालगञ्ज पठाएका हुन् ।
विप्लव समूहबाट वार्तामा सहभागी हुने नेताहरुको नाम भने खुलाइएको छैन । विप्लवसमूहकै अनुरोधमा उनीहरुको नाम गोप्य राखिएको हो ।
यसअघि आइतबार पनि विप्लवका केही नेताहरुसँग छलफल भएको थियो । छलफल सकारात्मक भएपछि निर्णायक वार्ताका लागि सरकार र विप्लवका नेताहरु जुटेका हुन् ।
विप्लव समूहका एक नेताका अनुसार चार सर्त पूरा गर्ने सहमतिपछि वार्ता प्रक्रिया अघि बढ्ने बताएका छन् । उनका अनुसार सरकारले लगाएको प्रतिबन्ध फिर्ता हुनुपर्ने विषय पहिलो प्राथमिकतामा राखिएको छ । त्यस्तै पक्राउ परेका सम्पूर्ण नेता तथा कार्यकर्तालाई बिना सर्त रिहाइको माग गरिएको छ ।
विप्लव समूहमाथि लागेका सम्पूर्ण मुद्दा फिर्ता लिनुपर्ने र प्रहरीले उच्च निगरानीका साथ खोजी रहेका नेता तथा कार्यकर्ताको खोजीकार्य आजैका दिनदेखि बन्द गर्नुपर्नेलगायतका माग छन् । आफ्ना मागहरु सम्बोधन भएमात्र वार्ता प्रक्रिया अघि बढ्ने विप्लव समूहका नेताको दाबी छ।
आजको वार्ता निर्णायक हुने सरकारी वार्ता टोलीको दाबी छ । वार्ताका लागि बिहान ९ बजेको समय तय गरिएको छ ।
इन्द्र रिजाल
इन्द्र रिजाल नेपालबहस डटकमका प्रधान सम्पादक हुन् । अर्थ राजनीतिक धारमा कलम चलाउने वरिष्ठ पत्रकार रिजालले आर्थिक, राजनीतिक तथा सामाजिक परिवेशका विषयवस्तुको यर्थाथमुखी चित्रण गर्छन् ।
लेखकबाट थपप्रतिवेदन अनुसार रविलाई कारवाही भए चार वटा मुद्धा चल्ने
असोज १, २०८१ मंगलबार
हायात होटलको जग्गा भाडा विवादः पर्यटन समितिले छानबिन गर्दै
भदौ ३१, २०८१ सोमबार
प्रतिवेदन अनुसार रविलाई कारवाही भए चार वटा मुद्धा चल्ने
नेपालबहस संवाददाता
असोज १, २०८१ मंगलबार
संवैधानिक परिषदमा प्रचण्डको अस्वाभाविक बार्गेनिङ !
नेपालबहस संवाददाता
असोज १, २०८१ मंगलबार
प्रधानमन्त्री ओली आज न्यूयोर्क प्रस्थान गर्दै
असोज ४, २०८१ शुक्रबार
देशभर मनसुनी वायुको प्रभाव कायम
असोज ४, २०८१ शुक्रबार
कस्तो छ तपाईको आजको राशीफल ?
असोज ४, २०८१ शुक्रबार
बागमतीमा लगानी विस्तार गर्न मन्त्री काफ्लेको आग्रह
असोज ३, २०८१ बिहिबार
नागरिकको भविष्य सम्झेर स्वास्थ्य सुधार अभियानमा छौं : मन्त्री पौडेल
असोज ३, २०८१ बिहिबार
जितिया पर्वले जातजाति र भूगोलको एकतालाई बलियो बनाएको छः पूर्वराष्ट्रपति भण्डारी
असोज ३, २०८१ बिहिबार