राष्ट्रपति–पुत्रसहित भेनेजुएलाली भ्रमण दल काठमाडौंमा किन ?
इन्द्र रिजाल
असार ३१, २०७६ मंगलबार २०:३९:९
काठमाडौं । दक्षिण अमेरिकी मुलुक भेनेजुएलाका राष्ट्रपतिका छोराले नेतृत्व गरेको १५ सदस्यीय एक सशक्त प्रतिनिधिमण्डल नेपाल भ्रमणमा रहेका बेला दुवै मुलुकमा राजदूतावास खोल्नेबारे पनि कुरा चलाईएको छ । गोप्य रुपमा आयोजित यो भ्रमणलाई सत्तारुढ कम्युनिस्ट पार्टी (नेकपा) ले नै गोप्य राख्न नसकेपछि र भेनेजुएलाबिरूद्ध नाकाबन्दीमा लागेका केही अमेरिकी र युरोपेली मुलुकले सूचना सार्वजनिक गरिदिएपछि हाल उक्त भ्रमण खुलस्त भएको हो ।
यस भ्रमणको नेतृत्व भेनेजुएलाका राष्ट्रपति मदुरोका २९ वर्षे छोरा निकोलस अर्नेस्तो मदुरो गुएरा (फोटो) ले गरेका छन् । यस टीममा भएका अन्य सदस्यहरू पनि राष्ट्रपतिका निकटका विश्वासिला मानिन्छन् । २०७२ सालमा नेपालले भोगेको भारतको नाकाबन्दीबारे अनुभव हासिल गर्नु यस भ्रमणको उद्देश्य बताइए पनि अमेरिकाले लगाएको नाकाबन्दीबारे विश्वलाई जानकारी गराउने र नेपालको कम्युनिस्ट सरकार र भेनेजुएलाको मदुरो शासनका बीच सम्बन्ध सुमधुर बनाउने यसको उद्देश्य देखिन्छ ।
भेनेजुएलाजस्तो तीन–न–तेह्रको मुलुकका लागि अमेरिकालाई चिढ्याउने वक्तव्यको हर्कत प्रचण्डबाट भयो । प्रचण्डले नबुझेका होइनन्, द्वन्द्वकालीन मानवताविरोधी मुद्दा उठेर आएपछि आफुहरूको बच्ने र बाँच्ने ठाउँ रहँदैन । कम्तिमा सत्ता उपलब्ध हुनेछैन । त्यसपछि प्रचण्डको बोली त्यही बेलादेखि विप्लव उपनामधारी नेत्रबिक्रम चन्दको माओवादीतिर शरणागत हुनथाल्यो भने पूर्व एमाले अध्यक्ष केपी ओलीतिर निरन्तर विमति सुनिन थाल्यो ।
गतवर्ष माघमा प्रधानमन्त्री ओली स्वीट्जरल्याण्डको डाबोसमा आयोजित विश्व आर्थिक मञ्चमा सरिक हुन गएको मौकामा सत्तारुढ नेकपाकै सहअध्यक्ष पुष्पकमल दाहालले भेनेजुएलाबिरुद्ध अमेरिकाले लगाएको नाकाबन्दीको कडा शब्दमा विरोध गर्दै मदुरो सरकारको समर्थन गरेपछि नेपालस्थित विदेशी कुटनीतिक वृत्तमा खैलाबैला मच्चिएको थियो । त्यसका केही कारण थिए । त्यसभन्दा अघि नेपालका लागि अमेरिकी राजदूत एलाईना टेप्लिजले आफ्नो कार्यकाल पूरा गरेर जाने बेलामा द्वन्द्वकालिन अपराधका लागि संक्रमणकालिन मुद्दा अविलम्ब टुङ्गो लगाउन नेपाल सरकारलाई प्रत्यक्ष भेट वा सञ्चार माध्यमबाट जोड गरेकी थिइन् । यो उनको मनोगत विचार थिएन, अमेरिकी सरकारको प्राथमिकता थियो ।
अमेरिकाको यस जोडलाई जवाफी कारवाहीका रुपमा भेनेजुएलाबारे प्रचण्डले जारी गरेको अमेरिकाविरोधी गत माघको वक्तब्य र त्यहाँका विवादास्पद राष्ट्रपति निकोलस मदुरोको विचार करिब मिलेको थियो । कतिसम्म भने राष्ट्रपति मदुरो र प्रचण्डको वक्तब्य मिल्दोजुल्दो आयो । प्रचण्डले आफ्नो उक्त विवादित वक्तब्यमा भनेका थिए– “यो आन्तरिक मामिलामा अमान्य घुसपैठ एवं साम्राज्यवादी सत्तापलटको प्रयास हो” (It is an unacceptable intrusion in internal affairs and an attempt of imperialist coup.) । मदुरोले राष्ट्रव्यापी प्रत्यक्ष प्रसारित एक भाषणमा भनेका थिए—“संयुक्त राज्यको सर्वोच्च सरकार कठपुतली राष्ट्रपतिय परिपाटी स्थापित गर्ने क्रममा (भेनेजुएलाका बिरूद्ध) सत्तापलट प्रयासको नेतृत्व गरिरहेको छ” (The imperial government of the United States is leading a coup attempt against [Venezuela] in order to install a puppet presidency…) ।
यस्तो संगीन परिस्थितिमा पुगेका मदुरोलाई प्रचण्डले काँध थाप्न पुग्नु र नेपालमा द्वन्द्वकालीन मानवताविरोधी अपराधबारे निष्पक्ष छानविन हुनुपर्ने दवाव बढ्दैजान थालेपछि मदुरो र प्रचण्डको बोली र लोली मिल्न थालेको हो । ‘नेपालमा कार्यकारी राष्ट्रपति जरुरी भएको’ वकालत गर्ने ‘मदुरोपन्थी’ बाट मित्रराष्ट्रलाई चिढाएर भेनेजुएलाको नियति निम्त्याउने, द्वन्द्वकालमा भएका मानवतविरोधी अपराधका लागि संक्रमणकालीन न्यायको जिम्मेवारी पूरा गर्ने परिस्थिति आएपछि हतास र आत्मनाशको मनोवृत्तिबाट निर्देशित भएर प्रचण्डबाट यस्ता वक्तब्यवाजी हुनुले ने.क.पा.ले पाएको दुईतिहाई मतको औचित्य र सान्दर्भिकतामै प्रचण्डबाटै औँला ठड्याएर प्रश्न उठाउने कामको उद्घाटन भएको छ
द्वन्द्वकालीन मानवताविरोधी ज्यादातिमा सरकारले मुद्दा नचलाउने स्वभावको एउटा विधेयक संसदमा प्रस्तुत भएको थाहा पाउनासाथ सातवटा युरोपेली मुलुकका नेपालस्थित राजदूतहरूले एक संयुक्त वक्तब्य जारी गर्दै यसबारे सरकारको आधिकारिक धारणा प्रष्ट पार्न आग्रह गरेका थिए । यी सबै गतिविधिले पूर्वमाओवादी, खासगरी प्रचण्ड लगायत सत्तामा बसेर तर मारिरहेका उनका कमरेडहरूलाई आतंकित बनाएपछि यो सब गराउने अमेरिका हो भन्ने ठहरका साथ भेनेजुएलाजस्तो तीन–न–तेह«को मुलुकका लागि अमेरिकालाई चिढ्याउने वक्तव्यको हर्कत प्रचण्डबाट भयो । प्रचण्डले नबुझेका होइनन्, द्वन्द्वकालीन मानवताविरोधी मुद्दा उठेर आएपछि आफुहरूको बच्ने र बाँच्ने ठाउँ रहँदैन । कम्तिमा सत्ता उपलब्ध हुनेछैन । त्यसपछि प्रचण्डको बोली त्यही बेलादेखि विप्लव उपनामधारी नेत्रबिक्रम चन्दको माओवादीतिर शरणागत हुनथाल्यो भने पूर्व एमाले अध्यक्ष केपी ओलीतिर निरन्तर विमति सुनिन थाल्यो ।
राष्ट्रपतिका लागि भेनेजुएलामा भएको निर्वाचनमा सत्ताका राष्ट्रपति निकोलस मदुरोले निर्वाचनका सारा काईदा–कानुनलाई मिच्दै, सयौं व्यक्तिको हत्या गराएर र निर्वाचन पर्यवेक्षणलाई अनुमति नदिएर एकतर्फी रुपमा निर्वाचन परिणाम घोषणा गरेको विषयमा २०१८ सेप्टेम्बरमा राष्ट्रसंघ महासभा चल्दै गर्दा अर्जेन्टिना, चिली, कोलम्बिया, पाराग्वे, पेरू र क्यानाडाले द हेगमा अन्तर्राष्ट्रिय अपराध न्यायालयसमक्ष राष्ट्रपति मदुरोविरूद्ध मानवताविरूद्धको अपराधबारे ऊजूरी दिएका थिए ।
संक्रमणकालीन न्यायलाई टुङ्गोमा पु¥याउन सत्यनिरुपण तथा मेलमिलाप आयोग तथा बेपत्ता नागरिक छानविन आयोगको गठन, अमेरिकाले अगाडि सारेको इन्डो प्यासिफिक कमाण्डको एजेण्डा तथा नेपालमाथि ठण्डा दबाब र भेनेजुएलामाथि अमेरिकाको नाकाबन्दी अझ कसिलो हुँदै गएको परिस्थितिमा यो भ्रमण हुनु भेनेजुएलाको निम्ति अर्थ राख्दछ ।
यस्तो संगीन परिस्थितिमा पुगेका मदुरोलाई प्रचण्डले काँध थाप्न पुग्नु र नेपालमा द्वन्द्वकालीन मानवताविरोधी अपराधबारे निष्पक्ष छानविन हुनुपर्ने दवाव बढ्दैजान थालेपछि मदुरो र प्रचण्डको बोली र लोली मिल्न थालेको हो । ‘नेपालमा कार्यकारी राष्ट्रपति जरुरी भएको’ वकालत गर्ने ‘मदुरोपन्थी’ बाट मित्रराष्ट्रलाई चिढाएर भेनेजुएलाको नियति निम्त्याउने, द्वन्द्वकालमा भएका मानवतविरोधी अपराधका लागि संक्रमणकालीन न्यायको जिम्मेवारी पूरा गर्ने परिस्थिति आएपछि हतास र आत्मनाशको मनोवृत्तिबाट निर्देशित भएर प्रचण्डबाट यस्ता वक्तब्यवाजी हुनुले ने.क.पा.ले पाएको दुईतिहाई मतको औचित्य र सान्दर्भिकतामै प्रचण्डबाटै औँला ठड्याएर प्रश्न उठाउने कामको उद्घाटन भएको छ ।
हाल काठमाडौंको भ्रमणमा रहेको भेनेजुएली सरकारी टीमले हालसम्म नेकपाका अध्यक्ष प्रचण्ड, अर्का पूर्वप्रधानमन्त्री झलनाथ खनाल, पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठ, वरिष्ट नेता वामदेव गौतमसँग भेटवार्ता गरिसकेको छ । सरकारतिर तथा प्रधानमन्त्री ओली पक्षका पार्टी नेताहरू र माधव नेपाल समुहलाई पनि उक्त भ्रमण दलले नभेटेको घटना अर्थपूर्ण छ । अब उनीहरू राष्ट्रपति र प्रधानमन्त्रीको भेट पाउने प्रयासमा छन् ।
संक्रमणकालीन न्यायलाई टुङ्गोमा पु¥याउन सत्यनिरुपण तथा मेलमिलाप आयोग तथा बेपत्ता नागरिक छानविन आयोगको गठन, अमेरिकाले अगाडि सारेको इन्डो प्यासिफिक कमाण्डको एजेण्डा तथा नेपालमाथि ठण्डा दबाब र भेनेजुएलामाथि अमेरिकाको नाकाबन्दी अझ कसिलो हुँदै गएको परिस्थितिमा यो भ्रमण हुनु भेनेजुएलाको निम्ति अर्थ राख्दछ । थाहा भएसम्म भेनेजुएलाले अमेरिका बिरोधी सबैजसो मुलुकमा यस्तै भ्रमण दललाई पठाएर आफ्नो वास्तविकता प्रकाशमा ल्याउने चेष्टा गरिरहेको छ ।
इन्द्र रिजाल
इन्द्र रिजाल नेपालबहस डटकमका प्रधान सम्पादक हुन् । अर्थ राजनीतिक धारमा कलम चलाउने वरिष्ठ पत्रकार रिजालले आर्थिक, राजनीतिक तथा सामाजिक परिवेशका विषयवस्तुको यर्थाथमुखी चित्रण गर्छन् ।
लेखकबाट थपप्रतिवेदन अनुसार रविलाई कारवाही भए चार वटा मुद्धा चल्ने
असोज १, २०८१ मंगलबार
हायात होटलको जग्गा भाडा विवादः पर्यटन समितिले छानबिन गर्दै
भदौ ३१, २०८१ सोमबार
प्रतिवेदन अनुसार रविलाई कारवाही भए चार वटा मुद्धा चल्ने
नेपालबहस संवाददाता
असोज १, २०८१ मंगलबार
संवैधानिक परिषदमा प्रचण्डको अस्वाभाविक बार्गेनिङ !
नेपालबहस संवाददाता
असोज १, २०८१ मंगलबार
प्रधानमन्त्री ओली आज न्यूयोर्क प्रस्थान गर्दै
असोज ४, २०८१ शुक्रबार
देशभर मनसुनी वायुको प्रभाव कायम
असोज ४, २०८१ शुक्रबार
कस्तो छ तपाईको आजको राशीफल ?
असोज ४, २०८१ शुक्रबार
बागमतीमा लगानी विस्तार गर्न मन्त्री काफ्लेको आग्रह
असोज ३, २०८१ बिहिबार
नागरिकको भविष्य सम्झेर स्वास्थ्य सुधार अभियानमा छौं : मन्त्री पौडेल
असोज ३, २०८१ बिहिबार
जितिया पर्वले जातजाति र भूगोलको एकतालाई बलियो बनाएको छः पूर्वराष्ट्रपति भण्डारी
असोज ३, २०८१ बिहिबार