असारे विकास लुटतन्त्रको पर्याय, चार घण्टामै १० अर्ब ३४ करोड रुपैयाँ भुक्तानी
इन्द्र रिजाल
असार ३१, २०७६ बुधबार ०:१२:४६
काठमाडौं । आर्थिक बर्षको उत्तरार्धमा प्राय सबै सरकारी कार्यालयलाई चेक काट्नै भ्याइनभ्याइ हुन्छ । अधिकांश कार्यालयका कर्मचारीहरुलाई बोल्ने फुर्सद समेत हुदैन असारको १५ गते पछि,यस्तै भ्याइनभ्याइ भएको कार्यालय हो महालेखा नियन्त्रकको कार्यालय । सरकारको आयव्ययको विवरण राख्ने महालेखा नियन्त्रकको कार्यालयलाई आर्थिक वर्षको अन्तिम दिन आज भ्याइ नभ्याइ छ। महालेखा आफैँले चालु आर्थिक वर्षको भुक्तानी गर्न कोष तथा लेखा नियन्त्रक कार्यालयहरूलाई असार ३० सम्मको म्याद दिएको छ। तर आज ३१ गते उसैलाई रकम निकासा गर्न मै ब्यस्त देखिन्थे ।
महालेखाका अधिकारीहरु उक्त नियम आज लागू नहुने भन्दै धमाधम बजेट पठाइरहेका छन्। ‘हामीले चालु आर्थिक वर्षका लागि ३० गतेसम्म दिनुपर्ने भुक्तानी सकेर ३१ गते कमी(कमजोरी सच्याउन भनेका हौँ। यसबारे हामीले परिपत्र नै गरेका थियौँ’, सहमहालेखा नियन्त्रक जगन्नाथ देवकोटाले भने, ‘तर हामीले निकासा रोक चाहिँ भनेका छैनौँ। सकिन्छ भने मात्रै गर्नु हो।’ यसको अर्थ पहिले खर्च गर्न सके गर्ने नभए अन्तिम दिन भए पनि लक्ष्यअनुसारको बजेट भुक्तानी गर्न कर्मचारीलाई भ्याइनभ्याई छ।
मंगलबार २ बजेसम्म अर्थात् चार घण्टाको कार्यालय समयावधिमा गरिएको खर्चलाई हेर्दा यसको पुष्टि हुन्छ। महालेखा नियन्त्रक कार्यालय स्रोतअनुसार २ बजेसम्म १० अर्ब ३४ करोड ७८ लाख रुपैयाँ बराबरको खर्च भएको छ। जसमा तीन अर्ब २० करोड चालु खर्च रहेको छ। पुँजीगत खर्चको नाममा ६ अर्ब ९९ करोड भन्दा बढी निकासा गरिएको छ। ६ दिनअघिसम्म ७२ प्रतिशत खर्च गरेको सरकारले मंगलबार दिउसो २ बजेसम्मको अबधिमा ८३ प्रतिशत खर्च पुर्याएको छ।
महालेखा नियन्त्रक कार्यालयका सूचना अधिकारी दिनेश रेग्मीले भने अत्यावश्यक र गर्ने पर्ने काममको मात्रै भुक्तानी गरिएको बताउँछन्। ‘हामीले अत्यावश्यक काम र अहिले नै गर्नुपर्ने भुक्तानीको चेक समेत काटिरहेका छौँ,’ रेग्मीले भने।
अर्थ मन्त्रालयका सहसचिव तथा प्रवक्ता उत्तरकुमार खत्रीले चालु आर्थिक वर्षको अन्तिम दिन भएकाले बेलुका अबेरसम्म भुक्तानी गरिने बताए। ‘आज अन्तिम दिन हो। भुक्तानी गर्न बाँकी रहेको रकम सकेसम्म भुक्तानी गरिन्छ’ खत्रीले भने ‘बेलुका आठ(नौ बजेसम्म चेक काटिन्छ। कुनै किसिमको परिपत्र हामीबाट मातहत निकायलाई भएको छैन।’
इन्द्र रिजाल
इन्द्र रिजाल नेपालबहस डटकमका प्रधान सम्पादक हुन् । अर्थ राजनीतिक धारमा कलम चलाउने वरिष्ठ पत्रकार रिजालले आर्थिक, राजनीतिक तथा सामाजिक परिवेशका विषयवस्तुको यर्थाथमुखी चित्रण गर्छन् ।
लेखकबाट थपछठका लागि जनकपुरमा पाँच करोडको केरा आयात
कात्तिक १९, २०८१ सोमबार
विदेशमा सिकेको ज्ञान र सीप मातृभूमिको उन्नयनमा उपयोग गर्न आग्रह
कात्तिक ११, २०८१ आइतबार
उद्योगमन्त्री भण्डारीसँग चिनियाँ लगानीकर्ताको छलफल
भदौ २६, २०८१ बुधबार
रविको बयान : खातामा आएको २ करोड झिकेर चलाएको हुँ, कसले पठायो थाहा भएन !
नेपालबहस संवाददाता
कात्तिक २९, २०८१ बिहिबार
प्रहरीद्वारा रवि लामिछानेको सम्पत्ति रोक्का गर्न सम्बन्धित निकायमा पत्राचार
नेपालबहस संवाददाता
कात्तिक ३०, २०८१ शुक्रबार
सीआईबीमा धनराजको बयानः 'सहकारीले श्रीमति, घर र इज्जत पनि लग्यो, ऋण पनि बोकायो'
नेपालबहस संवाददाता
कात्तिक २८, २०८१ बुधबार
मेलानिया ट्रम्प ह्वाइटहाउसमा नबस्ने
मंसिर १, २०८१ शनिबार
नेपाल प्रहरीमा ५ डीआईजीको दरबन्दी थप गर्ने अन्तिम तयारी, बढुवाको लिगलिगे दौड !
मंसिर १, २०८१ शनिबार
शाहको क्रिकेट प्रेम: अष्ट्रेलियाको क्लबदेखि सुदूरपश्चिम रोयल्ससम्म
मंसिर १, २०८१ शनिबार
सरकार उदासीन र निस्प्रभावी रहेको भन्दै आजपाको काठमाडौंमा प्रदर्शन
मंसिर १, २०८१ शनिबार
साधक अग्रजहरूको आदर्श जीवनचर्याबाट केही सिकौँ, केही गरौँ
मंसिर १, २०८१ शनिबार
नेपाल प्रहरीमा ५ डीआईजीको दरबन्दी थप गर्ने अन्तिम तयारी, बढुवाको लिगलिगे दौड !
मंसिर १, २०८१ शनिबार
उपनिर्वाचनका लागि एमालेले छान्यो ४२ उम्मेदवार
मंसिर १, २०८१ शनिबार