अमेरिकी राष्ट्रपति ट्रम्पविरुद्ध संसदमा खेद प्रस्ताव पारित
इन्द्र रिजाल
साउन १, २०७६ बुधबार १५:२५:२५
काठमाडौं । अमेरिकाको प्रतिनिधिसभाले राष्ट्रपति डोनाल्ड ट्रम्पविरुद्ध खेद प्रस्ताव पारित गरेको छ । चार महिला सांसदविरुद्ध कथित नस्लीय टिप्पणी गरेकाले ट्रम्पविरुद्ध खेद प्रस्ताव पारित गरिएको हो ।
१८७ डेमोक्रेटिक सदस्य रहेको प्रतिनिधिसभामा खेद प्रस्ताव २४० मतले पारित भएको बीबीसीले जनाएको छ । यसबाट के बुझिन्छ भने ट्रम्पकै पार्टी रिपब्लिकनका सांसदहरुले पनि उनीविरुद्धको प्रस्तावको पक्षमा भोट दिएका छन् ।
अमेरिकी राष्ट्रपति ट्रम्पले चार महिला सांसदहरु अलेक्जेन्ड्रिया ओकासियो कोरटेज, रशिदा तलिब, अइयाना प्रेस्ली र इल्हान ओमारविरुद्ध ट्वीटरमा कडा टिप्पणी गरेका थिए । यिनीहरुमध्ये इल्हान ओमार सोमालियामा जन्मिएकी थिइन्, तर सानैमा अमेरिका आएकी थिइन् । अन्य तीन जना भने अमेरिकामै जन्मिएका थिए । ट्रम्पले खासगरी ओमारलाई लक्षित गर्दै यी महिला मूल रुपमा त्यो देशका हुन् जसको सरकार पूर्णरुपमा विनाशकारी छ ।
यो टिप्पणीको व्यापक आलोचना भइरहेको छ । खेद प्रस्तावमा ट्रम्पको टिप्पणीलाई नश्लवादी भनिएको छ । यद्यपि ट्रम्पले त्यसलाई नश्लवादी नभएको जिकीर गर्दै आएका छन् ।
सोमबार आयोजित एक प्रेस कन्फरेन्समा ट्रम्पले भनेका छन्, ‘म नश्लवादी होइन । मेरो कुरालाई गम्भीर रुपमा नलिनु होला ।’
इन्द्र रिजाल
इन्द्र रिजाल नेपालबहस डटकमका प्रधान सम्पादक हुन् । अर्थ राजनीतिक धारमा कलम चलाउने वरिष्ठ पत्रकार रिजालले आर्थिक, राजनीतिक तथा सामाजिक परिवेशका विषयवस्तुको यर्थाथमुखी चित्रण गर्छन् ।
लेखकबाट थपनागरिकको भविष्य सम्झेर स्वास्थ्य सुधार अभियानमा छौं : मन्त्री पौडेल
असोज ३, २०८१ बिहिबार
जितिया पर्वले जातजाति र भूगोलको एकतालाई बलियो बनाएको छः पूर्वराष्ट्रपति भण्डारी
असोज ३, २०८१ बिहिबार
संविधान संशोधन जनताको सुझाव र सर्वपक्षीय सहमतिमाः कांग्रेस प्रवक्ता महत
असोज ३, २०८१ बिहिबार
प्रतिवेदन अनुसार रविलाई कारवाही भए चार वटा मुद्धा चल्ने
नेपालबहस संवाददाता
असोज १, २०८१ मंगलबार
संवैधानिक परिषदमा प्रचण्डको अस्वाभाविक बार्गेनिङ !
नेपालबहस संवाददाता
असोज १, २०८१ मंगलबार
बागमतीमा लगानी विस्तार गर्न मन्त्री काफ्लेको आग्रह
असोज ३, २०८१ बिहिबार
नागरिकको भविष्य सम्झेर स्वास्थ्य सुधार अभियानमा छौं : मन्त्री पौडेल
असोज ३, २०८१ बिहिबार
जितिया पर्वले जातजाति र भूगोलको एकतालाई बलियो बनाएको छः पूर्वराष्ट्रपति भण्डारी
असोज ३, २०८१ बिहिबार
काठमाडौंवासीलाई घटस्थापना अघि मेलम्चीको पानी
असोज ३, २०८१ बिहिबार
संविधान संशोधन जनताको सुझाव र सर्वपक्षीय सहमतिमाः कांग्रेस प्रवक्ता महत
असोज ३, २०८१ बिहिबार