मेरिएट होटलको भेन्चर नेपालमा, काठमाडौं मेरिएट होटल सञ्चालन
इन्द्र रिजाल
साउन २, २०७६ शुक्रबार १:२२:४९
काठमाडौं । राजधानीमा “काठमाडौं मेरिएट होटल” संचालनमा आएको छ । यो सँगै नेपालमा मेरिएट होटलको फ्ल्यागसीप ब्राण्डको डेब्यू भएको छ । आधुनिक यात्रुहरुलाई विस्तार गर्न डिजाइन गरिएको प्राइम लोकेसनमा अवस्थित यस होटलले पछिल्लो पिढीका यात्रुहरुलाई आकर्षक सांस्कृतिक शहरसँग जोड्दछ ।
मेरिएट इन्टरनेशनल, दक्षिण एशियाका एरिया भाइस प्रेसिडेन्ट निराज गोभिलले भने, “हामी हाम्रो फ्ल्यागसीप ब्राण्ड सुन्दर राज्य नेपालमा ल्याउन पाउँदा निकै खुसी छौं । सन् २०१८ मा नेपालले एक मिलियन पर्यटक भित्र्याएको छ र यो नयाँ रेकर्डसँगै देशमा पर्यटनको प्रवल सम्भावना रहेको देखिएको छ । हाम्रो होटलले काठमाडौंमा अतिथिहरुलाई उत्कृष्ट बसोबासका साथै अतिथिहरुको स्वभाव अनुसार सांस्कृतिक अनुभवहरु प्रदान गर्दछ ।”
“व्यवसायिक यात्रुहरु र फुर्सदिलो यात्रीका लागि नेपालमा आश्चर्यजनक अनुभवहरु प्रदान गर्ने धेरै यूनेस्को वल्र्ड हेरिटेज साइटहरु रहेका छन् जसमा अतिथिहरुले अत्याधुनिक ठाँउ तथा मेरिएटको न्यानो आतिथ्यबाट आनन्द लिन सक्नेछन ।” होटलमा प्रवेश गरेपछि अतिथिहरुले देशप्रतिको सम्मानको भाव झल्किने विभिन्न वस्तुहरु देख्न सक्नेछन् । होटलको सिलिङ्ग ५०० केजीको पुँजा गर्दा प्रयोग गरिने घण्टी झुन्ड्याइएको छ र स्थानीय चित्रकलाले भित्ताहरुलाई आकर्षक बनाएको छ । होटलको प्याटे«न्ड कार्पेट हुबहु नेपालको राष्ट्रिय पोशाक ढाका टोपीमा भएको बुट्टाहरु जस्तै रहेको छ ।
२१४ वटा सुव्यवस्थित कोठाहरुले मेरिएटको आधुनिक डिजाइनलाई प्रतिबिम्बित गर्दछ जुन सुन्दर र इन्ट्युटिभ प्रविधिले अझ पूर्ण बनाएको छ । परम्परागत डेस्कहरुलाई लचिलो सतहले प्रतिस्थापित गरेर काम गर्न र आराम गर्न सहज स्थान बनाएको छ । बस्नका लागि नरम बिछयौना तथा नेस्टिङ कुनाहरुको साथ अतिथिहरुले बाहिरको हरियाली तथा सुन्दर हिमालको दृश्य नियाल्न सक्नेछन, जसले प्रभावकारी भावना उजागर गर्दछ ।
काठमाडौं मेरिएट होटलका जनरल म्यानेजर जीन लुइस रिपोची भन्छन्, “काठमाडौं मेरिएट होटल बस्नको लागि एकदम उत्तम बनाउन अतिथिहरूको आवश्यकतालाई महशुस गरेर डिजाइन गरिएको छ । हामी अन्तर्राष्ट्रिय र स्थानीय अतिथिहरुलाई आरामदायी सेवा तथा उत्कृष्ट सुविधाहरु प्रदान गरेर अतिथिहरुलाई अद्वितीय अनुभव प्रदान गर्न तत्पर रहेका छौं । हाम्रो विशेष ४ डाइनिंग स्थानमा प्रचुर स्थानिय तथा अन्तर्राष्ट्रिय व्यञ्जन प्रदान गर्दछौं ,जसले काठमाडौंको क्यूलनेरी दृश्यलाई माथि उठाएको छ ।”
अतिथि र स्थानियहरुले बहुसंख्यामा रहेको डाइनिंग अनुभव छनौट गर्न सक्छन् जसमा अल डे डाइनिंग रेष्टुरेन्ट, ठमेल किचन रहेको छ जसमा स्थानीय र अन्तर्राष्ट्रिय खानाहरु पेश गर्न अन्तक्रियात्मक लाइभ कुकिङ्ग किचन रहेको छ । एडमामी एशियन विशेषता भएको रेष्टुरेन्ट हो जसले थाई, जापनीज र चाइनीज भोजन पेश गर्दछ जसमा विशेष याकिटोरी स्टेशन पनि रहेको छ । रक्सी एक म्यूजिक बार हो जसले स्थानीय सामग्रीहरुको ह्यान्ड ड्राफ्टेड ककटेल पेश गर्दछ र जाज् म्यूजिक सेसन पनि आयोजना गर्दछ । बिहानको फ्रेस र फ्लेबरफूल बाइट वा दिउँसोको कफी ब्रेकका लागि केबीसी, काठमाडौं बेकिङ किचन रहेको छ जसले स्वादिष्ट मिठाई तथा बेक्ड इन–हाउस पेस्ट्रीसँग फ्रेस एस्प्रेसो र कफी आधारित पेय पदार्थ पेश गर्दछ ।
७४० स्क्वायर मिटर भन्दा बढि क्षेत्रफल भएको ब्याङकुइट स्पेससँगै काठमाडौं मेरिएट होटल कन्फेरेन्स र बैठकका लागि सबैभन्दा नयाँ प्रविधि भएको उपत्यकाकै ठुलो होटल हो । एम–क्लबबाट गगनचुम्बी हिमालयन पर्वतको दृश्य देखिन्छ जुन २४ सौं घण्टा ब्रेकफास्ट र रिफ्रेसमेन्टका लागि उपयुक्त स्थान हो । स्वास्थ्य र सर्वाङ्गीण वेल–विगंसँग केन्द्रित होटलले एम–वेलनेश प्रदान गर्दछ जसमा ४ वटा ट्रिट्मेन्ट कोठाहरु रहेका छन् जसमा दिमाख र शरीरलाई आराम गर्न आयुर्वेदिक सिग्नेचर ट्रिट्मेन्ट तथा आधुनिक थेरापी चयन गर्न सकिन्छ । होटलमा स्वीमिङ्ग पुल र सुविधा सम्पन्न फिटनेश सेन्टर रहेका छन् ।
यात्रीहरुले होटलबाट केही पैदलको दुरिमा रहेका ऐतिहासिक तथा सांस्कृतिक धरोहर जस्तै पूर्व शाही निवास नारायणहिटी प्यालेस संग्रहालय भ्रमण गर्न सक्नेछन्, पुन कप खान, दरबारमार्गको गल्लीमा ग्यालेरी र सपिङ गर्न, व्यस्थ शहरको हरियाली ठाँउ गार्डेन अफ ड्रिमको दृश्य अवलोकन गर्न जान सक्छन् । यस बीच त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल केबल २० मिनेट ड्राइभिङको दुरीमा रहेको छ ।
मेरिएट होटलको बारेमा
६५ देशहरु र विश्वका भुभागमा ५०० भन्दा बढी होटल र रिजोर्ट भएको मेरिएट होटल हरेक अतिथिको बसोबाससँग यात्रालाई विकसित गरिरहेको छ र पछिल्लो पिढीलाई उत्कृष्ट तरिकाले यात्रा गर्न सक्षम बनाइरहेको छ । काम र खेललाई प्राथमिकतामा राख्ने घुमन्ते यात्री तथा ग्लोबल यात्रीहरुलाई केन्द्रित गर्दै मेरिएटले नवरचनासँगै उद्योगको नेतृत्व गरिरहेको छ, जसमा स्टाइल, डिजाइन र प्रविधि ग्रेट रुम लबी र मोबाइल गेस्ट सर्भिस समावेश रहेको छ ।
यसको बारेमा थप जानकारीका लागि WWW.MarriottHotels.com मा भिजिट गर्न सक्नुहुन्छ । साथै फेसबुकमा, ट्वीटरमा @marriott तथा इन्स्टाग्राममा @marriotthotels मार्फत मेरिएटसँग जोडिन सक्नुहुन्छ । मेरिएट रिवार्ड, The Ritz- Carlton Rewards®, and Starwood Preferred Guest® (SPG) लाई हटाएर नयाँ मेरिएट ट्राभल प्रोग्राम मेरिएट बोनभोमा सहभागिता हुन पाउँदा मेरिएट होटल निकै प्रसन्न छ । यस प्रोग्रामले सदस्यहरुलाई ग्लोबल ब्राण्डको पोर्टफोलियो बनाएर मेरिएट बोनभो क्षण अनुभव गनुर्का साथ अन्य लाभहरु जस्तै पोइन्टहरु कमाएर निशुल्क होटल बस्नका साथै धनीहरुको स्तर प्राप्त गर्ने रात बिताउन सक्नेछन् । यसमा समावेश हुन वा यस कार्यक्रमको बारेमा थप जानकारीका लागि MarriottBonvoy.marriott.com जान सकिन्छ ।
मेरिएट इन्टरनेशनलका बारेमा
मेरिएट इन्टरनेशनल Inc. (NASDAQ: MAR) बेथिस्डा, म्यारिल्याण्ड, अमेरिकामा स्थित छ र यसको पोर्टफोलियोमा १३१ वटा देश र भूभागका ३० वटा प्रमुख होटल ब्राण्डमा ७ हजार भन्दा बढी प्रोपटी रहेको छ । मेरिएट विश्वभरमा फ्रयान्चाईज होटल तथा लाइसेन्स भ्याकेसन स्वामित्वका रिर्जोटहरु संचालन गर्दछ । कम्पनीले हाल Marriott Rewards®, The Ritz-Carlton Rewards®, and Starwood Preferred Guest®(SPG) लाई हटाएर मेरिएट बोनभो ट्राभल कार्यक्रम प्रदान गर्दछ । थप जानकारीका लागि www.marriott.com र ताजा खबरका लागि www.marriottnewscenter.com जान सकिन्छ । तपाईं फेसबुक, इन्स्टाग्राम र ट्वीटर @MarriottIntl मार्फत पनि होटलसँग जोडिन सकिन्छ ।
इन्द्र रिजाल
इन्द्र रिजाल नेपालबहस डटकमका प्रधान सम्पादक हुन् । अर्थ राजनीतिक धारमा कलम चलाउने वरिष्ठ पत्रकार रिजालले आर्थिक, राजनीतिक तथा सामाजिक परिवेशका विषयवस्तुको यर्थाथमुखी चित्रण गर्छन् ।
लेखकबाट थपनिर्यात ३१ प्रतिशतले बढ्दा पनि व्यापार घाटा उच्च
माघ ८, २०८१ मंगलबार
मेची भन्सारबाट २ अर्ब ९५ करोड बराबरको चिया निर्यात
माघ ८, २०८१ मंगलबार
मुलुकको अर्थतन्त्र विगतको भन्दा सुधारोन्मुख हुँदै गएको छः अर्थमन्त्री पौडेल
माघ ६, २०८१ आइतबार
काठेखोला गाउँपालिकाद्वारा निःशुल्क स्वास्थ्य बिमा
माघ १८, २०८१ शुक्रबार
मकवानपुरमा रुखले च्यापिँदा बालकको मृत्यु
माघ १८, २०८१ शुक्रबार
आयल निगमले बढायो पेट्रोलियम पदार्थको मूल्य
माघ १८, २०८१ शुक्रबार
लेबनानको आर्थिक सुधारमा विश्व बैंकको प्रतिबद्धता
माघ १८, २०८१ शुक्रबार
मुक्कुम्लुङका अभियन्ता भन्छन् : विकासका अवधारणा परिवर्तन गरौँ
माघ १८, २०८१ शुक्रबार
एलिना चौहानले हालिन् सम्बन्धविच्छेदको मुद्दा, पतिसँग अंश र माना चामल नलिने
माघ १८, २०८१ शुक्रबार