खुर्कोट–घुर्मी सडक छ दिनपछि सञ्चालन, वर्षाको कारण बाटाे बन्द हुँदा महङ्गी र कालाेबजारी बढ्याे
इन्द्र रिजाल
साउन ४, २०७६ शनिबार १४:४५:१०
काठमाडौं । मध्यपहाडी लोकमार्गअन्तर्गत खुर्कोट–घुर्मी सडक एक सातापछि खुलेको छ । अबिरल वर्षाको कारण असार २६ गते रातिदेखि पूर्ण रुपमा बन्द भएको सडक शुक्रबार बिहानदेखि खुलेको हो ।
करीब ६० किलोमिटर लामो यो सडकखण्डको धेरै ठाउँमा पहिरो खसेपछि आवागमन ठप्प बनेको थियो । सडकको विभिन्न ६ ठाउँको पहिरो पन्छाएपछि बिहीबार बेलुकादेखि एकतर्फी खुलाइएको बाटो शुक्रबार बिहानदेखि दुईतर्फी नै खुलेको सोलुखुम्बुका प्रमुख जिल्ला अधिकारी नरेन्द्रकुमार रानाले जानकारी दिए ।
पहिरो पन्छाएपछि सवारी आवागमन शुरु भएको यातायात व्यवसायी दोर्जी शेर्पाले जानकारी दिए । शेर्पाका अनुसार शुक्रबार आंशिक रुपमा सवारी सञ्चालन भएका छन् । शनिबारदेखि पूर्णरुपमा सवारी सञ्चालन गर्ने गरि टिकट दिन शुरु गरिएको दुधकुण्ड यातायात प्रालि काठमाडौं काउण्टरका ईन्द्र कटेलले जानकारी दिए ।
“सडक अझै पनि जोखीम युक्त छ ।” उनले भने, “सामान कम गरेर भए पनि जसोतसो सेवा दिन थालिएको छ ।” हप्ता दिनदेखि अलपत्र परेका यात्रु गन्तब्यतर्फ प्रस्थान गर्न थालेको सोलुखुम्बु ट्राफिक प्रहरी नारणबहादुर बस्नेतले जानकारी दिए ।
उनका अनुसार अहिले सवारी अवागमन शुरु भएसँगै यात्रुको चहलपहल देखिएको छ । सवारी आवागमन सञ्चालन भएपछि यात्रु खुसी भएका छन् । तर सडक जोखिम युक्त भएकाले अझै पनि राम्रो गरी मर्मत गरिनुपर्ने थुलुङदुधकोशी गाउँपालिका–६ का वडाध्यक्ष फुर्तिमान तामाङले बताए ।
शुक्रबार काठमाडौंबाट मोटरसाइकलमा सोलुखुम्बु पुगेका अध्यक्ष तामाङले अझै केही दिन कष्टपूर्ण यात्रा गर्नुपर्ने बताए । उनले मोटरसाइकल एक्लैले लैजान अलि कठिन हुने भन्दै साथीसँग यात्र गर्न आफ्नो फेसबुक पेजमार्फत सुझाव दिएका छन् ।
यता सिद्धिचरण लोकमार्ग भने केही दिन सञ्चालनमा आउन समय लाग्ने बताइएको छ । सडकखण्डको ठाँटी लगायतको क्षेत्रमा खसेको ठूलो पहिरो पन्छाउने काम भइरहेकाले चाँडै सञ्चालनमा आउने उदयपुरका प्रमुख जिल्ला अधिकारी ध्रुवबहादुर खड्काले जानकारी दिए।
सवारी आवागमन ठप्प हुँदा महङ्गी र कालाेबजारीसमेत बढ्न थालेको छ भने सोलुखुम्बु लगायतको जिल्लामा तरकारी लगायतको खाद्य वस्तुसमेत पाउन छाडिएको उपभोक्ताले बताएका छन् ।
इन्द्र रिजाल
इन्द्र रिजाल नेपालबहस डटकमका प्रधान सम्पादक हुन् । अर्थ राजनीतिक धारमा कलम चलाउने वरिष्ठ पत्रकार रिजालले आर्थिक, राजनीतिक तथा सामाजिक परिवेशका विषयवस्तुको यर्थाथमुखी चित्रण गर्छन् ।
लेखकबाट थपओलीको ठूलो उपलब्धिः पाँच अर्बको चलखेलमा धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ति !
मंसिर ११, २०८१ मंगलबार
ओलीको ठूलो उपलब्धिः पाँच अर्बको चलखेलमा धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ति !
नेपालबहस संवाददाता
मंसिर ११, २०८१ मंगलबार
ओलीको ठूलो उपलब्धिः पाँच अर्बको चलखेलमा धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ति !
मंसिर ११, २०८१ मंगलबार
मुम्बईमा आतंकवादी हमलाको १६ वर्षः लश्कर-ए-तैयबा उर्फ एलईटी, अल कायदा भन्दा खतरनाक !
मंसिर ११, २०८१ मंगलबार
अमेरिकामा ‘पुष्पा–२’ काे बम्पर ओपनिङ, हालसम्मकाे सबै रेकर्ड ताेडिने
मंसिर १२, २०८१ बुधबार
गढीमाई मेला भब्य र सभ्य बनाउन मास्टर प्लान बनाईएको छ: नगरप्रमुख उपेन्द्र यादव
मंसिर १२, २०८१ बुधबार
एलआइसी नेपालको हकप्रद सेयरमा आजबाट आवेदन दिन मिल्ने
मंसिर १२, २०८१ बुधबार
पूर्वराजा शाह अर्को साता नेपालगञ्ज भ्रमणमा
मंसिर १२, २०८१ बुधबार
मध्यपहाडी लोकमार्गको बागलुङ खण्ड धमाधम कालोपत्र हुँदै
मंसिर १२, २०८१ बुधबार
काठमाडौं उपत्यकाको तापक्रम निरन्तर घट्दो
मंसिर १२, २०८१ बुधबार