नेकपा भित्र बामदेवको भाउ बढ्यो ! ओली, प्रचण्ड र नेपालको तानातान
इन्द्र रिजाल
साउन ४, २०७६ शनिबार १७:१२:५२
काठमाडौं । पार्टी र संसदमा सर्वशक्तिमान ठानिएका नेकपा अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओली पछिल्लो समय निरिह बन्न थालेका छन् । पार्टी र संसदीय फाँटमा उनको पकड विस्तारै खस्कन थालेको छ । हिजोसम्म आक्रमक शैलीमा प्रस्तुत हुने ओली अहिले रक्षात्मक अवस्थामा पुगेका छन् । सधैं गुटको राजनीतिमा रमाउने उनको शैली र स्वभावले समग्र मुलुक हाँक्न भने नसक्ने देखिएको छ । अहिले ओली पार्टी भित्र मात्र होइन जनस्तरबाट समेत चर्काे आलोचनाको तारो बनेका छन् । जताततै उनी रक्षात्मक अवस्थामा पुगेका छन् ।
“डुब्न लागेको नाउ पार लगाउने माझी”का रुपमा बामदेवलाई ओलीले खोज्न थालेका हुन् । पार्टी एकीकरणको नाममा माओवादी कोही नचाहिने उनको बुझाई यतिबेला आलोकाँचो देखिएको छ । त्यसैले ओली अहिले बामदेव गौतमलाई फकाउन थालेका छन् ।
गत निर्वाचनमा नेपाली जनताले अपार शक्तिका साथ सत्ता सुम्पिइएका ओलीको मति र गति पश्चगामी हुन थालेको छ । आफू बाहेक सबैलाई भुसुनो जति पनि नगन्ने उनको स्वभावले पार्टी भित्रकै कतिपय वरिष्ठ नेताहरु बेरोजगार बनेका छन् । सानो घेरामा बसेर काम गर्ने उनको स्वभाव अहिले पनि कायमै छ । दुई चार जनाको कोटरीमा बसेर काम गर्दा सधैं उनका निर्णय विवादास्पद बनेका छन् । ओली सरकारले ल्याएका प्राय सबै विधेयकको व्यापक आलोचना भएको छ । साथै उनले प्राप्त अवसर र मौका पनि आफू निकटलाई मात्र दिने प्रवृत्तिलाई जोड दिएका छन् ।
परिस्थिति प्रतिकूल भएको बुझेपछि ओलीको बोली फेरिएको छ । उनी विगतका सारथीको साथ लिन फेरि अर्काे रुपमा देखिन थालेका छन् । पार्टीका प्रभावशाली नेता बामदेव गौतम अहिले उनको रोजाईमा परेका छन् । “डुब्न लागेको नाउ पार लगाउने माझी”का रुपमा बामदेवलाई ओलीले खोज्न थालेका हुन् । पार्टी एकीकरणको नाममा माओवादी कोही नचाहिने उनको बुझाई यतिबेला आलोकाँचो देखिएको छ । त्यसैले ओली अहिले बामदेव गौतमलाई फकाउन थालेका छन् ।
बामदेवलाई फकाउन उनले गत शनिबार विशेष कार्यक्रम नै आयोजना गरे । प्रधानमन्त्री निवास वालुवाटारमा उनले बामदेवलाई बोलाएर जन्मदिन मनाए । साथै आफूलाई साथ र सहयोग गर्न अनुनयबिनय गर्न लागे । उनलाई पार्टीको सबैभन्दा आकर्षक र बलियो संगठन विभाग प्रमुख दिने प्रस्ताव गरेका छन् । तर बामदेव भने फकिएका छैनन् । विगतमा ओलीबाट पाएको धोका उनले बिर्सिसकेका छैनन् ।
अहिले ओलीले किस्तीमा राखेर दिन लागेको संगठन विभाग प्रमुख विगतमा प्रचण्डले प्रस्ताव गरिसकेका हुन् । तर ओलीले त्यसबखत बामदेवलाई संगठन विभाग दिन अस्वीकार गरे । बरु प्रचण्डलाई अफ्ठेरो पार्न रामबहादुर थापा बादलको नाम प्रस्ताव गरिदिएका थिए । यसबाट बामदेव अझै चिढिएका थिए ।
बामदेवको पिल्लरगिरी
विगतमा बामदेवले ओलीलाई सधैं हरेक समस्यामा सघाए । पार्टीको गत महाधिवेशनमा उनले ओलीलाई साथ नदिएका हुन्थे भने अहिले माधवकुमार नेपाल नै अध्यक्ष हुने थिए । यतिले मात्र पुगेन , त्यसैताका संसदीय दलको निर्वाचनमा पनि ओली अर्का प्रत्यार्शी झलनाथ खनाल भन्दा कमजोर थिए । तर बामदेव ओलीको पिल्लर भएर उभिएपछि त्यहाँ पनि पार लाग्यो । दुबैपटक ओलीले बामदेवलाई प्रभावकारी भूमिका दिने वचन दिएका हुन् । तर व्यवहारमा भने कहिल्यै महत्व दिएनन् । त्यसबाट बामदेव रुष्ट भए ।
अहिले ओलीले किस्तीमा राखेर दिन लागेको संगठन विभाग प्रमुख विगतमा प्रचण्डले प्रस्ताव गरिसकेका हुन् । तर ओलीले त्यसबखत बामदेवलाई संगठन विभाग दिन अस्वीकार गरे । बरु प्रचण्डलाई अफ्ठेरो पार्न रामबहादुर थापा बादलको नाम प्रस्ताव गरिदिएका थिए । यसबाट बामदेव अझै चिढिएका थिए ।
धोकेबाज ओली
बामदेव पार्टी भित्र शक्तिशाली हुँदा ओलीलाई सधैं त्राश भइरहने अवस्था थियो । त्यसैले गत चुनावमा ओलीले भित्रभित्रै बामदेवलाई असहयोग गर्ने रणनीति बनाए । परिणामतः देशैभरि कम्युनिष्ट लहर चल्दासमेत बामदेवले पराजय भोग्नु प¥यो । त्यसपछि उनले काठमाडौं – ७ का रामवीर मानन्धरलाई राजीनामा गराई उप निर्वाचन लड्न चाहे । तर ओलीले साथ दिएनन् । अनि बामदेवले ओलीलाई छाडिदिए । बामदेवको साथ नपाउने वित्तिकै पार्टी र संसदीय दलमा ओली अल्पमतमा पर्ने अवस्था आएको छ । बामदेव पनि ओलीसँग बदला लिन अहिले माधव नेपाल र प्रचण्डसँग निकट छन् ।
बामदेव यतिमा मात्रै सीमित रहेनन् । माधव नेपालसँगको दूरी मेटाउन उनी सक्रिय भए । ओलीलाई तह लगाउन यो हतियार प्रयोग गर्नुपर्छ भन्ने राम्रै हेक्का राख्ने बामदेवले अस्त्र चलाए । अब आफ्नो सहयोग माधव कम्रेडलाई हुन्छ भन्ने सन्देश पठाए ।
ओलीलाई लाग्यो बामदेव संसदमा छिरे भने मेरो पद नै धरापमा पर्न सक्छ । बामदेवलाई विगतमा दिएको बचन पूरा नगरेकोमा सधैंको गुनासो छँदै थियो । त्यसैले कुनै पनि हालतमा बामदेवलाई संसद् पस्न नदिने रणनीतिमा ओली लागिरहे । साथै संसद्मा बामदेव आउनु भनेको सरकार अस्थिर हुनु हो भन्ने बुझाई ओली निकट कोटरीको रह्यो । त्यसले गर्दा बामदेवलाई संसद्मा भोटे ताल्चा नै लाग्यो ।
बामदेवको योजना
ओलीबाट सधैं धोका पाएका बामदेव चूपचाप बस्ने कुरै भएन । बामदेवले बुझेका थिए प्रचण्डसँग गाँसिएको आन्द्रा छिनाल्ने बित्तिकै ओली छटपटाउने छन् । त्यसपछि बामदेवकै उक्साहटमा प्रचण्डले आधा आधा समय प्रधानमन्त्री चलाउने सम्झौताबारे सार्वजनिक रुपमा बोले । त्यसले ओलीलाई माओवादीसँग पार्टी एकीकरण प्रक्रिया तीब्र पार्न दवाद प¥यो । बामदेव यतिमा मात्रै सीमित रहेनन् । माधव नेपालसँगको दूरी मेटाउन उनी सक्रिय भए । ओलीलाई तह लगाउन यो हतियार प्रयोग गर्नुपर्छ भन्ने राम्रै हेक्का राख्ने बामदेवले अस्त्र चलाए । अब आफ्नो सहयोग माधव कम्रेडलाई हुन्छ भन्ने सन्देश पठाए ।
त्यसपछि दुबै नेताबीच बाक्लै सम्वाद भएका छन् । आगामी महाधिवेशनमा अध्यक्ष बन्न सघाउने बामदेवबाट वचन पाएका नेपाल दङ्ग छन् । यसले ओलीको रक्तचाप चाहिं बढाउने काम भएको छ । त्यसैले बामदेवलाई संगठन विभाग दिन उनी आतुर छन् । यो विभाग लगायत ४ वटा विभागमा साउन ३ गते साँझ सहमति भएको छ ।
नेपालको आकांक्षा
वरिष्ठ नेता नेपाल एकटक पार्टी अध्यक्ष भई छाड्ने आकाँक्षा पाल्ने नेता हुन् । विगतमा एमाले रहँदा महासचिव भएपनि नयाँ संरचना अनुसार अध्यक्षको कार्यभार लिने उनको सपना छ । पार्टीको नवौं महाधिवेशनमा ओलीसँग पराजित भएका नेपाल केही समय बिरक्तिए । साथै उनको विदेश भ्रमणको मोहले कहिल्यै छाडेन । यस अवधिमा पनि उनी संगठन विस्तार गर्न भन्दा विदेश भ्रमणमै रमाए । जब बामदेवको साथ पाउने अवस्था बन्यो , त्यसपछि भने नेपालको सपना पूरा हुने छाँटकाँट देखिएको छ ।
केपी ओली भने पाँचै वर्ष प्रधानमन्त्री बनिरहने र आगामी महाधिवेशनमा पनि अध्यक्ष पदको प्रत्यासी बन्ने दाउमा छन् । स्वास्थले साथ दियो भने एक कार्यकाल अझै पार्टी अध्यक्ष रहने उनको चाहना छ । त्यसका लागि प्रचण्ड र बामदेवलाई फकाउने रणनीतिमा रहेका छन् ओली । अहिले पार्टीको संगठन विभाग प्रमुख दिने प्रस्तावसमेत यही रणनीति अन्तर्गत तयार गरिएको हो ।
माओवादीबाट आएका अर्का अध्यक्ष प्रचण्ड पनि एकपटक पार्टी अध्यक्ष बन्न इच्छुक छन् । तर पूर्व एमालेको वर्चश्व रहेको नेकपाको सग्लो अध्यक्ष बन्न प्रचण्डलाई सहज छैन । त्यसैले यसपटक नेपाललाई अध्यक्षमा सहयोग गर्न बामदेवमार्फत प्रचण्ड समक्ष प्रस्ताव पुगिसकेको छ । बदलामा ओलीसँग भएको सहमति बमोजिम प्रचण्डलाई आधा कार्यकालका लागि प्रधानमन्त्री बन्न नेपालले सघाउने सहमति भएको छ ।
ओलीको रणनीति
केपी ओली भने पाँचै वर्ष प्रधानमन्त्री बनिरहने र आगामी महाधिवेशनमा पनि अध्यक्ष पदको प्रत्यासी बन्ने दाउमा छन् । स्वास्थले साथ दियो भने एक कार्यकाल अझै पार्टी अध्यक्ष रहने उनको चाहना छ । त्यसका लागि प्रचण्ड र बामदेवलाई फकाउने रणनीतिमा रहेका छन् ओली । अहिले पार्टीको संगठन विभाग प्रमुख दिने प्रस्तावसमेत यही रणनीति अन्तर्गत तयार गरिएको हो । अहिलेसम्म उनले आफ्नो उत्तराधिकारीका रुपमा ओलीले कसैलाई उभ्याउन सकेका छैनन् ।
ईश्वर पोखरेल र विष्णु पौडेललाई अलि बढी च्यापे पनि उनीहरु अध्यक्ष र प्रधानमन्त्रीको दावा गर्ने अवस्थामा पुगेका छैनन् । त्यसैले एक कार्यकाल जसरी भएपनि अध्यक्ष भई छाड्ने ओलीको चाहना रहेको छ । त्यस अवधिमा भने उत्तराधिकारी तयार गर्ने सोच ओलीको रहेको छ ।
इन्द्र रिजाल
इन्द्र रिजाल नेपालबहस डटकमका प्रधान सम्पादक हुन् । अर्थ राजनीतिक धारमा कलम चलाउने वरिष्ठ पत्रकार रिजालले आर्थिक, राजनीतिक तथा सामाजिक परिवेशका विषयवस्तुको यर्थाथमुखी चित्रण गर्छन् ।
लेखकबाट थपप्रतिवेदन अनुसार रविलाई कारवाही भए चार वटा मुद्धा चल्ने
असोज १, २०८१ मंगलबार
हायात होटलको जग्गा भाडा विवादः पर्यटन समितिले छानबिन गर्दै
भदौ ३१, २०८१ सोमबार
प्रतिवेदन अनुसार रविलाई कारवाही भए चार वटा मुद्धा चल्ने
नेपालबहस संवाददाता
असोज १, २०८१ मंगलबार
संवैधानिक परिषदमा प्रचण्डको अस्वाभाविक बार्गेनिङ !
नेपालबहस संवाददाता
असोज १, २०८१ मंगलबार
देशभर मनसुनी वायुको प्रभाव कायम
असोज ४, २०८१ शुक्रबार
कस्तो छ तपाईको आजको राशीफल ?
असोज ४, २०८१ शुक्रबार
बागमतीमा लगानी विस्तार गर्न मन्त्री काफ्लेको आग्रह
असोज ३, २०८१ बिहिबार
नागरिकको भविष्य सम्झेर स्वास्थ्य सुधार अभियानमा छौं : मन्त्री पौडेल
असोज ३, २०८१ बिहिबार
जितिया पर्वले जातजाति र भूगोलको एकतालाई बलियो बनाएको छः पूर्वराष्ट्रपति भण्डारी
असोज ३, २०८१ बिहिबार