झन्झटिलो कर व्यवस्था सुधार गर्न व्यवसायीको माग
इन्द्र रिजाल
साउन ४, २०७६ शनिबार २३:६:५६
स्याङ्जा । नेपाल सरकारले श्रावण १ गतेदेखि लागु भएको कर प्रणाली निकै झन्झटिलो भएको भन्दै व्यवसायीहरुले ध्यानाकर्षण गराएका छन् । व्यवसायीको साझा संस्था वालिङ उद्योग वाणिज्य संघले एक प्रेस विज्ञप्ती जारी गर्दै आर्थिक बर्ष २०७६/०७६ को बजेट तथा विभिन्न ऐन नियमलाई आधार मान्दै बनाइएको भीसीटीएस प्रणाली निकै झन्झटिलो भएको भन्दै प्रेस विज्ञप्ती मार्फत ध्यानाकर्षण गरेका हुन् । श्रमिकको अनिवार्य पान नम्वरसँगै सामाजिक सुरक्षा कोष सुचीकरण र उद्योगी व्यवसायी तथा ढुवानी व्यवसायीलाई भीसीटीएस प्रणालीमार्फत कर तिर्ने प्रणालीले व्यवसायी मर्कामा पर्ने भन्दै सुधार गर्न माग गरिएको छ ।
सरकारले ल्याउन खोजेको कर प्रणालीमा खासै असहमति भने होईन, उद्योग वाणिज्य संघका अध्यक्ष शोभाकान्त पौडेलले हस्ताक्षर गरेको विज्ञप्तीमा भनिएको छ,“सरकारले निजी क्षेत्रको समन्वय, पर्याप्त छलफल र अन्तरक्रिया बिना लागु गर्न खोज्नु दुःखद हो ।”सरकारले लागु गर्न खोजेका नीति तथा नियमहरु अव्यवहारिक भएको भन्दै पुर्नविचार गर्न प्रेस विज्ञप्ती मार्फत अध्यक्ष पौडेल र महासचिव ध्रुवविक्रम खाँणले हस्ताक्षर गरेर आग्रह गरेका छन् ।
भीसीटीएस कर प्रणाली, बैंक वित्तिय संस्थाको एकल व्याजदर, १ हजार वा सो भन्दा बढी सामाग्री किनेमा पान अनिबार्य, नागरिकको दैनिक खाध्य बस्तुमा भ्याट, अस्थायी तथा ज्यालादारी र करारमा कार्यरत श्रमजीवीको सुचीकृत लगायत १७ बुँदामा असहमति जनाउदै ती बुदाँमा तत्काल सरकारले पुर्नविचार गर्न विज्ञप्ती मार्फत आग्रह गरिएको छ ।
सरकारलाई सहयोग गर्न निजी क्षेत्र तयार छ, महासचिव ध्रुवविक्रम खाँणले भने,“उद्योगी व्यवसायीको समस्या बुझेर र छलफल गरेर मात्रै ऐन कानुन ल्याउनु पर्छ भन्ने हाम्रो माग हो ।” एकै चोटी झन्झटिलो ऐन कानुन ल्याउदा व्यवसायी र उपभोक्तलाई मर्का पर्छ भन्ने हाम्रो धारणा हो खाँणले भने ।
मुलुकको आर्थिक मेरुदण्डको रुपमा रहेको निजी क्षेत्रलाई सवलीकरण गर्दै लैजानु पर्नेमा एकै चोटी ऐन कानुन बनाएर तह लगाउछु भन्नु सरकारको गलत मनसाय हो भन्ने बुझाई रहेको विज्ञप्तीमा उल्लेख गरिएको छ । समन्वय र सहकार्यको बाटो अवलम्वन गर्दै कानुनी दायरामा ल्याउन समेत उद्योग वाणिज्य संघले विज्ञप्ती मार्फत सरकारलाई आग्रह गरेको छ ।
इन्द्र रिजाल
इन्द्र रिजाल नेपालबहस डटकमका प्रधान सम्पादक हुन् । अर्थ राजनीतिक धारमा कलम चलाउने वरिष्ठ पत्रकार रिजालले आर्थिक, राजनीतिक तथा सामाजिक परिवेशका विषयवस्तुको यर्थाथमुखी चित्रण गर्छन् ।
लेखकबाट थपलायन्स र निजी क्षेत्रबीच सहकार्य हुन्छ : अध्यक्ष ढकाल
मंसिर १, २०८१ शनिबार
छठका लागि जनकपुरमा पाँच करोडको केरा आयात
कात्तिक १९, २०८१ सोमबार
विदेशमा सिकेको ज्ञान र सीप मातृभूमिको उन्नयनमा उपयोग गर्न आग्रह
कात्तिक ११, २०८१ आइतबार
ओलीको ठूलो उपलब्धिः पाँच अर्बको चलखेलमा धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ति !
नेपालबहस संवाददाता
मंसिर ११, २०८१ मंगलबार
ओलीको ठूलो उपलब्धिः पाँच अर्बको चलखेलमा धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ति !
मंसिर ११, २०८१ मंगलबार
मुम्बईमा आतंकवादी हमलाको १६ वर्षः लश्कर-ए-तैयबा उर्फ एलईटी, अल कायदा भन्दा खतरनाक !
मंसिर ११, २०८१ मंगलबार
मध्यपहाडी लोकमार्गको बागलुङ खण्ड धमाधम कालोपत्र हुँदै
मंसिर १२, २०८१ बुधबार
काठमाडौं उपत्यकाको तापक्रम निरन्तर घट्दो
मंसिर १२, २०८१ बुधबार
जासुसीको आरोप लगाउँदै रूसले बेलायती कुटनीतिज्ञलाइ दियो देश छाडने आदेश
मंसिर १२, २०८१ बुधबार
यस्तो छ बुधबारका लागि विदेशी मुद्राको विनिमय दर
मंसिर १२, २०८१ बुधबार
एनपीएलः वेष्ट इन्डिजका चाडविक वाल्टन नेपाल आइपुगे
मंसिर १२, २०८१ बुधबार
हिजो सम्भवः नभए पछि रवि लामिछानेलाई आज साँझसम्म काठमाडौं ल्याइने
मंसिर १२, २०८१ बुधबार