बाढी पीडितलाई सहयोग गर्ने हो ? खानेपानी, झुल र टर्चलाइट पहिलो आवश्यकता
नेपालबहस संवाददाता
साउन ५, २०७६ आइतबार १९:४६:११
बर्दिवास । महोत्तरीका बाढी र डुबानपीडित परिवारलाई अहिले शुद्ध खानेपानी, झुल र टर्चलाइट पहिलो आवश्यकता खट्किएको छ । प्रभावितलाई दिइने राहत प्याकेजमा खानेपानी, झुल र टर्चलाइट (ड्राइसेल लाग्ने भए राम्रो) को व्यवस्था नछुटाउन यहाँका बुद्धिजीवीले सम्बद्धपक्षलाई सुझाएका छन् ।
अहिले विभिन्न बस्तीमा राहत लिएर पुग्ने क्रम बढेसँगै जिल्लाका बुद्धिजीवीले खानेपानी, झुल र टर्चलाइट अतिआवश्यक राहत सामग्रीमा राख्न सहयोगी निकायको ध्यानाकर्षण गराएका हुन् । “जिल्लामा अहिले ठाउँ–ठाउँमा राहत सामग्री पुग्दैछ, यस्तो बेला जीवनका लागि अतिआवश्यक कुरा परुन् भन्ने हाम्रो आशय हो” बर्दिवासस्थित साहित्यिक सांस्कृतिक प्रतिष्ठानका अध्यक्ष इन्द्रराज लामाले भने, “जे जति राहतका सामग्री ठिक पारिने हो, त्यसमा यी सामग्री (खानेपानी, झुल र टर्चलाइट) प्राथमिकतामा परुन् ।”
असार अन्तिम साताको वर्षासँगैको बाढी र डुबानले खानेपानीका मुहान धमिलिएको र त्यस्तो पानी प्रयोग गर्दा प्रभावित बस्तीमा बिरामी हुने क्रम ह्वात्तै बढेको छ । यसका लागि शुद्ध खानेपानी वा पानी शुद्ध बनाउने सामग्री प्रभावितसम्म पु¥याएर शुद्धिकरण गर्ने तरिका सिकाउन आवश्यक रहेको बर्दिवास नगरपालिका–२ स्थित जनता माध्यमिक विद्यालयका प्रधानाध्यापक दिलीप तिवारीले बताए ।
त्यसैगरी डुबानपछि चर्को घाम लागेसँगै विषालु सर्प र लामखुट्टेको बिगबिगी बढेकाले झुल र राति निरन्तर विद्युत् अबरुद्ध हुने भएकाले उज्यालोको लागि टर्चलाइट उपलब्ध गराउनु आवश्यक भएको उनले जानकारी दिए ।
पछिल्लो पटक अहिले वितरण गरिएको राहत सामग्रीको पोकामा खाद्यान्न (चामल, दाल, चिउरा), तयारी खानेकुरा (चाउचाउ, बिस्कुट) नून, तेल र त्रिपालसहितका छन् । यी सामग्री राहतका लागि आवश्यक भए पनि खानेपानी, झुल र टर्चलाइटभन्दा पछिल्लो प्राथकितामा पर्ने बर्दिवास नगर पत्रकार सञ्जालका सचिव राजकरण महतोको भनाइ थियो ।
“सामान्यतया राहत सामग्रीको पोकामा अहिले राखिँदै आएका सामग्री आवश्यक नै हुन्” उनले भने, “ मानव जीवनसँग जोडेर हेर्दा खानेपानी , झुल र टर्चलाइट अहिलेको मुख्य आवश्यकता भएको छ ।”
आपत् विपत्का बेला डुवानका क्षेत्रमा पु¥याउनै पर्ने सामग्रीको सूची बनाउँदा तत्काल अति आवश्यक समान छुटाउन नहुने बर्दिवास जनता बहुमुखी क्याम्पसका प्राचार्य तोपबहादुर ठकुरीले जोड दिए । राहत सामग्रीबारे जिल्लाका बुद्धिजीवीबाट यस्तो सुझाव आएपछि जिल्ला दैवीप्रकोप उद्धार समितिले यी सामग्री राहत पोकामा राख्न जिल्लाका सबै स्थानीय तह र सम्पर्क, समन्वयमा रहेका सामाजिक सङ्घ, संस्थालाई आग्रह गरिने जनाएको छ । “आवश्यकता र महत्वका दृष्टिले अहिले खानेपानीको प्रबन्ध वा शुद्धिकरण सचेतना, झुल र टर्चलाइट प्राथकितामै पर्ने सामग्री हुन्” समितिका अध्यक्ष एवं प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालले भने, “राहत र उद्धारमा संलग्न सबैपक्षसँग यसबारे आग्रह गरिने छ ।”पछिल्लोपटक धमिलो तथा प्रदूषित पानी खाँदा ठाउँठाउँमा बिरामी हुने क्रम बढेको र झुल तथा टर्चलाइट नहुँदा विषालु सर्पको टोकाइ बढेको बताउँदै बुद्धिजीवीले यसलाई प्राथमिकतामा राख्न आग्रह गरिएको स्पष्ट पारेका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपएसएसपी बढुवामा गृहमन्त्रीको सचिवालयले बार्गेनिङ गरेको गम्भीर आरोप
जेठ २०, २०८१ आइतबार
गृहमन्त्रीको नजरः सुन तस्करीमा संलग्न निजामतिलाई काखा, प्रहरीलाई पाखा
जेठ १८, २०८१ शुक्रबार
बजेट सच्याउने निर्णय गराएर करका दरमाथि खेल्दै अर्थमन्त्री, 'टाइपिङ इरर' भएको बहाना
जेठ १८, २०८१ शुक्रबार
घट्यो पेट्रोलियम पदार्थको मूल्य, ग्यासको यथावत
नेपालबहस संवाददाता
जेठ १८, २०८१ शुक्रबार
एसएसपी बढुवामा गृहमन्त्रीको सचिवालयले बार्गेनिङ गरेको गम्भीर आरोप
नेपालबहस संवाददाता
जेठ २०, २०८१ आइतबार
एसएसपी बढुवामा गृहमन्त्रीको सचिवालयले बार्गेनिङ गरेको गम्भीर आरोप
जेठ २०, २०८१ आइतबार
१४ वर्षदेखि धनुषामा असुली गर्दै अघोषित घुमुवा आजाद यादव
जेठ २०, २०८१ आइतबार
निजी क्षेत्रको मनोबल बढाएमात्र बजेट कार्यान्वयनमा सहज हुन्छः पूर्वअर्थमन्त्रीहरु
जेठ २०, २०८१ आइतबार
महाधिवेशन तोकिएकै समयमा सम्पन्न हुन्छ: अध्यक्ष नेपाल
जेठ २०, २०८१ आइतबार
छुवाछूतरहित समतामूलक राष्ट्र निर्माणमा संवेदनशील हुन जरूरीः राष्ट्रपति
जेठ २०, २०८१ आइतबार
सर्वोच्चले गोविन्दराज जोशीविरुद्धको फैसलाको निर्णय साउन १३ गते सुनाउने
जेठ २०, २०८१ आइतबार
उदयपुरमा फेरि तीन सय केजी गाँजा बरामद
जेठ २०, २०८१ आइतबार
सकियो पुस्तकालय सम्मेलन, १७ बुँदे गण्डकी घोषणापत्र जारी
जेठ २०, २०८१ आइतबार