ओली र विप्लव युद्ध मानसिकतामा, एकअर्कालाई छक्याउने रणनीति
![इन्द्र रिजाल](
https://nepalbahas.prixacdn.net/media/albums/Indra_Rijal_MwZXtSM0ir.jpg
)
इन्द्र रिजाल
साउन ५, २०७६ आइतबार २०:५९:४
![](https://i0.wp.com/www.nepalbahas.com/wp-content/uploads/2019/07/oli-biplop-1.jpg?fit=850%2C425&ssl=1)
काठमाडौं । गत विहिबार नेपाल सरकारका प्रवक्तासमेत रहेका सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल बाँस्कोटा नियमित पत्रकार सम्मेलनमा स्वभाव अनुसार कड्किंदै थिए – हतियार बिसाएर प्रतिस्पर्धाको राजनीतिमा आए मात्र विप्लवसँग वार्ता हुन्छ , नत्र हुन्न ।
हामीलाई थाहा छ , वार्ताको नाटक गर्ने, शक्ति सञ्चयको तानाबुना बुन्ने अनि फेरि बन्दूक पड्काउने – बाँस्कोटाको कडा अभिव्यक्ति थियो । उनी नेत्रबिक्रम चन्द विप्लवले नेतृत्व गरेको नेकपालाई अझै राजनीतिक शक्तिका रुपमा स्वीकार्न तयार छैनन् । गत फागुन २७ मा मन्त्रिपरिषदले आतंककारी घोषणा गरेको विप्लव समूह कसरी राजनीतिक शक्ति हुन सक्छ ? बाँस्कोटाको तर्क छ ।
दुबै पक्ष एक अर्काप्रति आश्वस्त र विश्वस्त छैनन् । वार्ताको वातावरण नै बन्न सकेको छैन । ओली सरकार यो देशको कम्युनिष्टको ठेक्का आफूले मात्र लिएको ठान्दै छ । अरु कोही पनि कम्युनिष्टका नाममा अस्तित्वमा देखिन हुँदैन भन्ने नै ओलीको ठम्याई हो ।
अर्काे घटना हेरौं । हिजो शनिबार मध्यरातमा सरकारले विप्लव नेतृत्वको नेकपाका उपत्यका व्यूरो इन्चार्ज माइला लामालाई पक्राउ ग¥यो । आज आइतबार विहानै माइलाविरुद्ध ललितपुर जिल्ला अदालतमा कर्तव्य ज्यान मुद्धा दर्ता भएको छ ।
पछिल्ला यी दुई घटनाले स्पष्ट संकेत गर्छ– केपी ओली सरकार विप्लवसँग वार्ता हैन, मुठभेड चाहन्छ । विप्लवलाई गलाएर छिन्नभिन्न पार्ने ओलीको दाउ छ । तर नाटक भने अनेक मञ्चन भइरहेका छन् ।
सरकारी रवैया राम्रैसँग बुझेको विप्लव नेतृत्वको नेकपाले पनि गत साता धनगढीमा बम पड्काउने तयारी गरेको थियो । तर भाँती पु¥याउन नजान्दा आफ्नै कार्यकर्ता परे । दुबै पक्ष एक अर्काप्रति आश्वस्त र विश्वस्त छैनन् । वार्ताको वातावरण नै बन्न सकेको छैन । ओली सरकार यो देशको कम्युनिष्टको ठेक्का आफूले मात्र लिएको ठान्दै छ । अरु कोही पनि कम्युनिष्टका नाममा अस्तित्वमा देखिन हुँदैन भन्ने नै ओलीको ठम्याई हो ।
त्यसैले एकातिर वार्ताको डंका पिट्ने अर्कातिर आफ्नो घोषित नीति यथावत् राख्ने रणनीति ओली सरकारको देखिन्छ । विप्लव नेतृत्वको माओवादी समस्याको हल शान्तिपूर्ण ढंगले गर्नुपर्छ भन्ने सोच हुँदो हो त ओलीले प्रतिबन्ध लगाउने थिएनन् । साथै , पाँचसय भन्दा बढी कार्यकर्ता गिरफ्तार गरेर वार्ताको माहोल बन्दैन भन्ने ओलीले नबुझेको पनि होइन ।
प्रचण्डको आग्रह बमोजिम विप्लवसँग वार्ता गर्न मौखिक रुपमा सहमत ओली भित्रैबाट भने इच्छुक थिएनन् । उनको बुझाईमा विप्लवलाई पार्टी प्रवेश गराउनु भनेको अहिलेको अवस्थामा खुट्टामा बञ्चरो हान्नु हो । किनभने विप्लव नेकपामा समाहित हुनु भनेको पूर्व माओवादीको हैसियत बढ्नु हो भन्ने उनको बुझाई रहेको छ ।
हेमन्तप्रकाश ओली , माइला लामा जस्ता नेता पक्रेर वार्ताको वातावरण बन्ने हैन , बिग्रने काम मात्र हुने हो । माइला लामा आफैं वार्ताको वातावरण तयार गर्न सक्रिय थिए । यस्तै झण्डै आधा दर्जन केन्द्रीय तहका नेतालाई नक्कली मुठभेडको नाममा हत्या गर्ने ओली सरकारप्रति विप्लवले विश्वास गर्ने कुनै आधार पनि छैन ।
वार्ता पक्षधरलाई नै पक्रन थालेपछि शान्ति हैन , युद्धको बिगुल फुकेको बुझ्नु पर्ने हुन्छ । नेत्रविक्रम चन्द विप्लव हिजो नेकपा माओवादीका वरिष्ठ नेता हुन् । पुष्पकमल दाहाल प्रचण्ड लगायत पूर्व माओवादी नेताले क्रान्ति बिसर्जन गरिदिएको भन्दै पुनः सशस्त्र आन्दोलनमा होमिएका विप्लवप्रति सहानुभूति राख्ने ठूलै जमात रहेको छ ।
त्यो यथार्थ बुझेका प्रचण्डका साथै हाल पूर्व एमालेको टाङ्गमुनि छिरेर ज्यान जोगाउने प्रचण्डका मतियार भयभित छन् । त्यसैले सकेसम्म विप्लव पनि आफूहरु जस्तै नेकपामा समाहित भइ दिए जाती हुने उनीहरुको सोच रहेको छ ।
खासगरी प्रचण्ड लगायत पूर्व माओवादी नेताहरु विप्लवलाई पनि नेकपामा हुल्न लालयित देखिएका छन् । त्यो कुराको राम्रो हेक्का राख्ने पूर्व एमाले यो मामलामा भने सतर्क देखिएको छ । प्रचण्डको आग्रह बमोजिम विप्लवसँग वार्ता गर्न मौखिक रुपमा सहमत ओली भित्रैबाट भने इच्छुक थिएनन् । उनको बुझाईमा विप्लवलाई पार्टी प्रवेश गराउनु भनेको अहिलेको अवस्थामा खुट्टामा बञ्चरो हान्नु हो । किनभने विप्लव नेकपामा समाहित हुनु भनेको पूर्व माओवादीको हैसियत बढ्नु हो भन्ने उनको बुझाई रहेको छ ।
त्यसैले ओली विप्लवसँगको वार्ताका लागि कहिल्यै संवेदनशिल बनेनन् । आफ्नो सोच र अवधारणा बुझाउनका लागि ओलीले गोकुल बाँस्कोटामार्फत सार्वजनिक गरिदिएका मात्र हुन् । त्यसैले पूर्व माओवादी नेताहरु समेत अब यो सन्दर्भमा धेरै मेहनत गर्नुको कुनै अर्थ नरहेको निश्कर्षमा पुगेका छन् ।
विप्लव समूह पनि यो कुराबाट अनभिज्ञ थिएन । विप्लवका राजनीतिक गुरुसमेत रहेका हालका गृहमन्त्री रामबहादुर थापा बालदका गुप्तचरमार्फत यो सन्देश पुगिसकेको थियो ।
त्यसैले वाहिर वार्ताको कुरा गरेपनि भित्रभित्रै दुबै पक्ष आफ्नो तयारीमा थिए । त्यसैको परिणाम थियो – विप्लवको विष्फोट र गोकुलको अभिव्यक्ति ।
इन्द्र रिजाल
इन्द्र रिजाल नेपालबहस डटकमका प्रधान सम्पादक हुन् । अर्थ राजनीतिक धारमा कलम चलाउने वरिष्ठ पत्रकार रिजालले आर्थिक, राजनीतिक तथा सामाजिक परिवेशका विषयवस्तुको यर्थाथमुखी चित्रण गर्छन् ।
लेखकबाट थपछोराको विवाहको अवसर पारेर विदा बस्न खोजेका आईजीपी किन रोकिए ?
नेपालबहस संवाददाता
फागुन २, २०८१ शुक्रबार
लय मिलेको तथ्य सागुरिएको - प्रहरी विधेयक
सुबोधकुमार अधिकारी
फागुन २, २०८१ शुक्रबार
पूर्वका नाकाबाट तस्करी बढ्योः माथि गलत रिपोर्टिङ गर्ने, तल लाइन मिलाउने
नेपालबहस संवाददाता
फागुन २, २०८१ शुक्रबार
नेपाल प्रहरीमा बढुवा भएका ७२ जना डीएसपीले दर्ज्यानी चिन्ह पाए, १४ जनाको सरुवा
फागुन ४, २०८१ आइतबार
नेकपा माओवादीभित्र नेतापिच्छे गुटः कमजोर वर्षमान, उदाए जनार्दन
फागुन ४, २०८१ आइतबार
७१ जना उपसचिवको सरुवाः नामावलीसहित
फागुन ४, २०८१ आइतबार
अमेरिकी सेनाको हवाई आक्रमणबाट आतंकवादी समूहका वरिष्ठ कमाण्डरको मृत्यु
फागुन ५, २०८१ सोमबार
नेपाल आइपुग्यो बालबालिकाको क्यान्सर उपचारमा प्रयोग हुने औषधिको पहिलो खेप
फागुन ५, २०८१ सोमबार
कञ्चनजङ्घा आधार शिविरमा साहसिक हाफ म्याराथन हुने
फागुन ५, २०८१ सोमबार
सुनको मूल्य तोलामा एक हजार दुई सय बढ्यो
फागुन ५, २०८१ सोमबार
ब्राजिलका दम्पतीले बनाए विश्वको सबैभन्दा लामो वैवाहिक सम्बन्धको कीर्तिमान
फागुन ५, २०८१ सोमबार
रिलिज भएको तीन दिनमा विक्की कौशलको ‘छावा’ले कमायो ११० करोड
फागुन ५, २०८१ सोमबार