नेकपामा नेता कार्यकर्ताको घुलनशिल प्रक्रिया, ७७ जिल्लाको इन्चार्जमा को–को फालिए !
नेपालबहस संवाददाता
साउन ६, २०७६ सोमबार १५:८:५२
काठमाडौं । एक वर्षको रस्साकस्सी र तानातानपछि सत्तारुढ नेपाल कम्युनिस्ट पार्टीले ७७ जिल्ला र ६ महानगरपालिकाको इन्चार्ज र सहइन्चार्जको नाम टुंगो लगाएको छ।
पार्टी एकताका क्रममा नेताहरुले पार्टी एकतापछि एक अर्कामा घुलनशिल हुने उद्घोष गरेका थिए । सोही प्रक्रिया अन्तर्गत आइतबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको नेकपा केन्द्रीय सचिवालय बैठकले ७७ भौगोलिक जिल्ला र ६ वटा महानगरपालिकाको समितिको इन्चार्ज र सह इन्चार्ज टुंगो लगाएको हो । जसमा ४५ पूर्व एमाले र ३८ पूर्व माओवादीको भागमा परेको छ।
पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले विभागहरु, आयोगहरु, केन्द्रीय अन्य निकायहरु र प्रवास संगठनको एकीकरण कार्य मंगलबार दिउँसो १ बजे केन्द्रीय कार्यालय धुम्बाराहीमा बस्ने बैठकले टुंग्याउने जानकारी दिए ।
नेकपाले केही जिल्लामा सहइन्चार्ज तोकेको छैन भने कतिपय जिल्लामा १० जनालाई सहइन्चार्ज तोकेको छ । काठमाडौं जिल्लामा पनि ९ जना सहइन्चार्ज बनेका छन् । प्रधानमन्त्री केपी शर्मा ओली, वरिष्ठ नेता माधवकुमार नेपाल र अर्का नेता पुष्पकमल दाहालको गणेश परिक्रमा गर्नेहरुले मौका पाएका छन् । बाँकी सबै जिल्ला इन्चार्ज र सहइन्चार्ज बन्न अयोग्य बनेका छन् । जिल्ला इन्चार्ज र सहइन्चार्जको नाम सार्वजनिक भएसँगै नेकपामा एक व्यक्ति एक पदको खिल्ली उडेको छ ।
यस्तै धनुषामा ९ जना, सिराहामा १० जना, महोत्तरीमा ६ जना, सर्लाहीमा ४ जना, रौतहट र बारामा दुईदुई जना सहइन्चार्ज तोकिएका छन् । केही अरु जिल्लामा पनि दुई जनाभन्दा बढी सहइन्चार्ज छन् ।
जिल्ला इन्चार्ज र सहइन्चार्जको नाम
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपप्रतिवेदन अनुसार रविलाई कारवाही भए चार वटा मुद्धा चल्ने
असोज १, २०८१ मंगलबार
हायात होटलको जग्गा भाडा विवादः पर्यटन समितिले छानबिन गर्दै
भदौ ३१, २०८१ सोमबार
प्रतिवेदन अनुसार रविलाई कारवाही भए चार वटा मुद्धा चल्ने
नेपालबहस संवाददाता
असोज १, २०८१ मंगलबार
संवैधानिक परिषदमा प्रचण्डको अस्वाभाविक बार्गेनिङ !
नेपालबहस संवाददाता
असोज १, २०८१ मंगलबार
देशभर मनसुनी वायुको प्रभाव कायम
असोज ४, २०८१ शुक्रबार
कस्तो छ तपाईको आजको राशीफल ?
असोज ४, २०८१ शुक्रबार
बागमतीमा लगानी विस्तार गर्न मन्त्री काफ्लेको आग्रह
असोज ३, २०८१ बिहिबार
नागरिकको भविष्य सम्झेर स्वास्थ्य सुधार अभियानमा छौं : मन्त्री पौडेल
असोज ३, २०८१ बिहिबार
जितिया पर्वले जातजाति र भूगोलको एकतालाई बलियो बनाएको छः पूर्वराष्ट्रपति भण्डारी
असोज ३, २०८१ बिहिबार