शोधनान्तर घाटामा करिब दुई हजार प्रतिशतको बृद्धि
इन्द्र रिजाल
साउन ६, २०७६ सोमबार १६:४६:४२
काठमाडौं । मुलुकको आर्थिक स्वास्थ्यको मापनका रुपमा रहेको मुलुकको आर्थिक अवस्था दिनानुदिन नाजुक हुँदै गएको तथ्यांक नेपाल राष्ट्र बैंकले हालै प्रकाशित गरेको एघार महिनाको प्रतिवेदनमा उल्लेख छ ।
आर्थिक वर्ष २०७५/७६ को प्रथम एघार महिनाको अवधिमा मुलुकको चालु खाता घाटा विस्तार भई रु.२४८ अर्ब ७२ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो घाटा रु.२१० अर्ब २४ करोड रहेको थियो । अमेरिकी डलरमा अघिल्लो वर्षको एघार महिनामा २ अर्ब ३ करोड रहेको चालु खाता घाटा समीक्षा अवधिमा २ अर्ब २० करोड पुगेको छ ।
समीक्षा अवधिमा शोधनान्तर स्थिति रु.९० अर्ब ८३ करोडले घाटामा रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा शोधनान्तर स्थिति रु.४ अर्ब ३४ करोडले घाटामा रहेको थियो । यसरी नेपाली मूद्रामा चालुखाता घाटामा करिब १८ प्रतिशतले वृद्धि भएको छ भने शोधनान्तर घाटामा करिब १९९३ प्रतिशतको भारी वृद्धि देखिएको छ ।
अमेरिकी डलरमा शोधनान्तर स्थिति अघिल्लो वर्षको एघार महिनामा ४ करोड ९९ लाखले घाटामा रहेकोमा समीक्षा अवधिमा ८० करोड ३१ लाखले घाटामा रहेको छ ।
समीक्षा अवधिमा पुँजीगत ट्रान्सफर रु.१३ अर्ब ८८ करोड र प्रत्यक्ष वैदेशिक लगानी रु.११ अर्ब ८१ करोड रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा पुँजीगत ट्रान्सफर रु.१५ अर्ब २ करोड र प्रत्यक्ष वैदेशिक लगानी रु.१५ अर्ब ८८ करोड रहेको थियो ।
इन्द्र रिजाल
इन्द्र रिजाल नेपालबहस डटकमका प्रधान सम्पादक हुन् । अर्थ राजनीतिक धारमा कलम चलाउने वरिष्ठ पत्रकार रिजालले आर्थिक, राजनीतिक तथा सामाजिक परिवेशका विषयवस्तुको यर्थाथमुखी चित्रण गर्छन् ।
लेखकबाट थपओलीको ठूलो उपलब्धिः पाँच अर्बको चलखेलमा धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ति !
मंसिर ११, २०८१ मंगलबार
ओलीको ठूलो उपलब्धिः पाँच अर्बको चलखेलमा धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ति !
नेपालबहस संवाददाता
मंसिर ११, २०८१ मंगलबार
ओलीको ठूलो उपलब्धिः पाँच अर्बको चलखेलमा धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ति !
मंसिर ११, २०८१ मंगलबार
मुम्बईमा आतंकवादी हमलाको १६ वर्षः लश्कर-ए-तैयबा उर्फ एलईटी, अल कायदा भन्दा खतरनाक !
मंसिर ११, २०८१ मंगलबार
हिजबुल्लाहसँग युद्बबिरामबारे निर्णय लिन इजरायली मन्त्रिपरिषद बैठक सुरू
मंसिर ११, २०८१ मंगलबार
बाँसबारीमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु, तीन घाइते
मंसिर ११, २०८१ मंगलबार
मृगौलाको डाइलासिस र पाठेघरको उपचार व्यवस्था मिलाउँछौँं: स्वास्थ्यमन्त्री पौडेल
मंसिर ११, २०८१ मंगलबार
एमाले महासचिव पोखरेलसँग भियतनाम कम्युनिष्ट पार्टीका नेताको भेट
मंसिर ११, २०८१ मंगलबार
रास्वपा सांसदविरुद्धको अवहेलना मुद्दामा थप विवरण मगाउने आदेश
मंसिर ११, २०८१ मंगलबार
सप्तरीमा दुई दिनमा ३८ जना पक्राउ
मंसिर ११, २०८१ मंगलबार