जोरपाटी–गोकर्ण–सुन्दरीजल सडक अवरुद्ध
इन्द्र रिजाल
साउन ६, २०७६ सोमबार २०:२९:३४
काठमाडौं । जीर्ण सडकमा ग्राभेल भन्दै माटो हालेर खेत रोप्ने गह्रा जस्तो बनाइएको भनी स्थानीयवासीले जोरपाटी–गोकर्ण–सुन्दरीजल सडक अवरुद्ध गरेका छन् ।
सडक विस्तार गरी कालोपत्रका लागि बोलपत्र गरेको चार वर्ष बित्दा समेत काम शुरु नगरी माटो हालेर थप समस्या ल्याउन खोजिएको स्थानीयवासीको आरोप छ । माटो हालेपछि सडक थप जीर्ण हुनुका साथै यात्रुको सुरक्षामा समेत गम्भीर प्रभाव पर्ने गरेको स्थानीयवासी नन्दलाल श्रेष्ठको गुनासो छ ।
जोरपाटी–गोकर्ण–सुन्दरीजल सडक विस्तार एवं कालोपत्रका लागि पहिलो पटकको म्याद सकिएर थपेको समय पनि भदौमा सकिँदैछ । तर सडकको अवस्थामा कुनै परिवर्तन भएको छैन । सार्वजनिक जग्गा भएका स्थानमा विस्तार गर्न पर्खाल लगाए पनि अन्यत्र काम शुरु हुन सकेको छैन । काम शुरु हुन नसकेका ठाउँको सडकमा खाल्डाखुल्डी बन्दा पानी जमेर किनारका घरमा पनि बस्न सक्ने अवस्था छैन । सार्वजनिक जग्गामा पर्खाल लगाएको ठाउँमा समेत खाडल नपुर्दा सवारी आवागमनमा समस्या भएको स्थानीय समाजसेवी बिक्रमभान्जा योन्जनले बताए ।
गोकर्णेश्वर महादेव मन्दिरबाट भगवतीस्थानतिर आउने मूल सडकमा पर्खाल लगाए पनि बीचमा पर्ने रुख अझै काटिएको छैन । यसले गर्दा यातायात सञ्चालनमा अप्ठ्यारो भइरहेको छ । धेरै सवारी साधन फस्ने गरेको यात्रु श्याम पुडासैनीले बताउछन् । सडकको विभिन्न स्थानमा बनेका खाडलमा ताल र पोखरी छन् । करिब सात किमीको यो सडक विस्तार एवं निर्माणका लागि दुई चरणमा ठेक्का गरिएको थियो । दुवैतर्फको अधिकांश भागमा काम शुरु हुनसकेको छैन । काम शुरु गरेको स्थानमा पनि पूरा नगरी झुलाएर राखिएको छ ।
विसं २०७२ मा गरिएको ठेक्काको पहिलो पटकको म्याद गत भदौमा सकिएपछि एक वर्षका लागि समय थप गरियो । थप गरिएको समय सकिन एक महिनामात्र बाँकी हुँदा काम भने शुरु हुनसकेको छैन । सडक नबन्दा सार्वजनिक यातायातमा यात्रा गर्ने यात्रु, स्थानीयवासीलगायत प्रयोगकर्ताले सास्ती बेहोर्नुपरेको छ । सङ्घीय संरचना अनुसार तीन तहको सरकार क्रियाशील रहे पनि जनताका यस्ता समस्या समाधानमा कसैको ध्यान नपुगेको सडक छेउका बासिन्दा कुमार श्रेष्ठको गुनासो छ ।
सडकको केन्द्रविन्दुबाट दायाँबायाँ ११/११ मिटर गरी २२ मिटरको सडक विस्तार गर्न काठमाडौँ उपत्यका सडक विस्तार आयोजनाले ठेक्का लगाएको थियो । दुई खण्डमा गरी करीब रु ५५ करोडको ठेक्का गरियो । मुआब्जा पाउनुपर्ने माग गर्दै स्थानीयवासीले विरोध जनाएपछि काम हुनसकेन । विसं २०७४ असोजमा सर्वोच्च अदालतले स्थानीयवासीको घरजग्गा लिएर सडक विस्तार गर्दा मुआब्जा दिनुपर्ने फैसला गरेको थियो ।
फैसलालाई पुनरावलोकन गर्न सडक विभागले गरेको पुनरावेदनमा पनि मुआब्जा दिएरै विस्तार गर्न आदेश जारी भइसकेको छ । यो सडकको सबै भाग गोकर्णेश्वर नगरपालिकामा पर्छ । नगरपालिकाका प्रवक्ता मनोजकुमार ढुङ्गाना स्थानीयवासीको समस्या, सर्वोच्चको फैसलालाई ध्यान दिएर केन्द्रविन्दुबाट दायाँबायाँ सात÷सात मिटर कायम गर्ने प्रस्ताव गरिएको बताउछन् ।
समस्या समाधानका लागि आजै आयोजनाको कार्यालय नयाँ बानेश्वरमा तीनै तहका जनप्रतिनिधिसहित सडक विभागका अधिकारीको बैठक भइरहेको पनि उनले जानकारी दिए । यो प्रस्तावमा प्रदेश र सङ्घीय संसद्मा निर्वाचित जनप्रतिनिधिको सहमति नजुट्दा समस्या समाधान हुन नसकेको उनले बताए । करिब सात किमीको यो दूरीमा नौ सय घर छन् । स्थानीयवासीको सहमतिअनुसार सात÷सात मिटर बढाउँदा कसैलाई चित्त नबुझे सर्वोच्च अदालतको फैसला बमोजिम मुआब्जा तिरेर बढाउन सकिने जोरपाटी–सुन्दरीजल सडक विस्तार सरोकार समितिका संयोजक सरोजकुमार श्रेष्ठको भनाई छ ।
“चावहिल–बोद्ध–जोरपाटी–थली–साँखुको जस्तो मापदण्ड जोरपाटी–सुन्दरीजलको तोकिएको छैन, ठेक्का गर्दा नै बिनाआधार केन्द्रविन्दुबाट ११÷११ मिटर विस्तार गर्ने भनी सूचना जारी गर्दा अहिले समस्या आएको हो”,उनले भने । अन्य सडकमा काठमाडौँ उपत्यका विकास प्राधिकरणले विसं २०३३ र २०४५ मा तयार पारेको मापदण्ड छ । जुन मापदण्ड तत्कालीन नगर विकासले तयार पारेको थियो । जोरपाटी–सुन्दरीजल सडकको मापदण्ड छ भनी लेखेको कागजात देखाए पनि अन्य सडकको जस्तो प्रमाणित दस्तावेज हालसम्म नभेटिएको विस्तार सरोकार समितिले जनाएको छ ।
यो खण्डको सडकको दूरावस्थाले दैनिकजसो सार्वजनिक यातायात दुर्घटनामा पर्ने गरेको विस्तार सरोकार समिति सचिव सुशील सिम्खडाले सुनाए । मुआब्जा तिरेर केन्द्रविन्दुबाट ११÷११ मिटर सडक बढाउन तयार नभए सहमतिमा सात मिटर वा त्यसमा समेत सहमति नभए अहिलेकै अवस्थामा कालोपत्र गरी सडकलाई ताल एवं पोखरीबाटमुक्त गरिनुपर्ने उनले बताए ।
एक महिनाअघि जीर्ण सडकमा पुरानो सवारी गुडाएका कारण बा २ ख ८७४४ नं को सार्वजनिक यातायात दुर्घटना हुँदा परिचालकको घटनास्थलमै मृत्यु भएको थियो । दुई दर्जनभन्दा बढी यात्रु घाइते भएका थिए । तीमध्ये आधादर्जन गम्भीर घार्इते भई अझै उपचाररत छन् ।
चावहिल–बौद्ध–जोरपाटी–थली–साँखु सडक विस्तार समेत पूरा नहुँदा यात्रुले सास्ती भोग्नुपरेको छ । यो मार्गको बीचबीचमा १००÷२०० मिटर कालोपत्र गरिए पनि अधिकांश भाग हिलाम्य छ ।
ठाउँ ठाउँमा बनेका खाडलमा वर्षाद्मा परेको पानी जमेर गाडी हिँड्दा छप्ल्याङ् छप्ल्याङ गरी सडक किनारमा हिँडेका यात्रुको जीउभरी हिलो छ्यापिने गर्छ । घाम लागेका बेला भने धुलोले सडक नदेखिने समस्या रहेको इन्द्रायणीका रामचन्द्र श्रेष्ठले बताए । जीर्ण यो सडक छिटो कालोपत्र हुनुपर्ने माग गरी डेढमहिना अघि बन्द गरेर विरोध जनाए पनि समस्या समाधान नभएको उनको गुनासो छ ।
जति तहका सरकार भए पनि जन सरोकारका विषयमा काम हुननसकेको उनले बताए । राजधानीका विभिन्न स्थानका सडक लामो समयदेखि बन्न नसकेपछि स्थानीयवासी जनप्रतिनिधिसँग रुष्ट छन् । जनसरोकारका विषयमा जनप्रतिनिधिको ध्यान जान नसकेको पीडित उपभोक्ताको भनाइ छ ।
सडक बनाउने निर्माण व्यवसायीसँग आर्थिक लाभ लिन साँठगाठमा जनप्रतिनिधि संलग्न हुँदा यस्ता मुद्दा ओझेलमा पर्ने गरेको नारायणटारवासी ज्ञानेन्द्र खतिवडाको दावी छ ।
इन्द्र रिजाल
इन्द्र रिजाल नेपालबहस डटकमका प्रधान सम्पादक हुन् । अर्थ राजनीतिक धारमा कलम चलाउने वरिष्ठ पत्रकार रिजालले आर्थिक, राजनीतिक तथा सामाजिक परिवेशका विषयवस्तुको यर्थाथमुखी चित्रण गर्छन् ।
लेखकबाट थपलायन्स र निजी क्षेत्रबीच सहकार्य हुन्छ : अध्यक्ष ढकाल
मंसिर १, २०८१ शनिबार
छठका लागि जनकपुरमा पाँच करोडको केरा आयात
कात्तिक १९, २०८१ सोमबार
विदेशमा सिकेको ज्ञान र सीप मातृभूमिको उन्नयनमा उपयोग गर्न आग्रह
कात्तिक ११, २०८१ आइतबार
आफ्नालाई बढुवा गर्न एआईजी र डीआईजीको दरबन्दी थपिँदै
नेपालबहस संवाददाता
मंसिर ४, २०८१ मंगलबार
मेडिकल व्यवसायी दुर्गा प्रसाई पक्राउ
नेपालबहस संवाददाता
मंसिर ४, २०८१ मंगलबार
भारतीय कांग्रेसले भन्यो, तत्काल गौतम अडानीलाई गिरफ्तार गर्नुपर्छ
मंसिर ६, २०८१ बिहिबार
नेतान्याहु र गलान्टविरुद्ध अन्तर्राष्ट्रिय फौजदारी अदालतले जारी गर्यो गिरफ्तारी वारेन्ट
मंसिर ६, २०८१ बिहिबार
रुसले युक्रेनमा पहिलो पटक इन्टरकन्टिनेन्टल ब्यालिस्टिक मिसाइलबाट आक्रमण
मंसिर ६, २०८१ बिहिबार
एन्फाले आगामी माघमा बि डिभिजन लिग आयोजना गर्ने
मंसिर ७, २०८१ शुक्रबार
फिल्म 'ह्रस्व दीर्घ' भारतमा पनि रिलिज गर्छौं, लगानी उठाईसक्यौं : नीता ढुंगाना
मंसिर ७, २०८१ शुक्रबार
'तेल भिसा' र 'अग्निदहन' आजदेखि प्रदर्शनमा
मंसिर ७, २०८१ शुक्रबार
न्यायाधीशद्वय चुडाल र सुवेदीको इजलासमा पर्यो एमालेलाई जग्गादानसम्बन्धी रिटको पेशी
मंसिर ७, २०८१ शुक्रबार
नेपालको क्रेडिट रेटिङ सन्तोषजनक, लगानीका दृष्टिकोणले अनुकूल रहेको सरकारी दावी
मंसिर ७, २०८१ शुक्रबार
नागरिकलाई जुत्ताको माला लगाएर घुमाउन वडा अध्यक्षसहित चार जनाविरुद्ध मुद्दा दायर
मंसिर ७, २०८१ शुक्रबार