गभर्नर नेपालको सपना तुहिने ! स्वेच्छिक मर्जरमा जान अर्थमन्त्री सहमत
इन्द्र रिजाल
साउन ६, २०७६ सोमबार २०:५३:१७
काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर डा. चिरञ्जीवी नेपालको रुचिमा जवर्जस्ती ल्याउन खोजिएको फोर्सफूल मर्जरको नीतिबाट पछि हट्नुपर्ने परिस्थिति निर्माण भएको छ । स्वार्थ समूहको दवाव र प्रभावमा गभर्नर नेपाल बैंक तथा वित्तिय संस्थाको संख्या घटाउन चाहन्थे । तर यसको चौतर्फी विरोध भएपछि परिस्थितिले कोल्टे फेरेको छ ।
अर्थ मन्त्रालय नै फोर्सफुल मर्जरप्रति नकारात्मक भएपछि उनको केही नचल्ने भएको छ । यसले गभर्नर नेपालको छटपटी भने बढेको छ ।केही स्वार्थ समूहको चाहना पूरा गर्न नसक्दा उनलाई धेरै खाले समस्या आउन सक्छ । दुईचार जना बैंक माफियाको गोटीका रुपमा चलेका गभर्नर नेपालको एक मात्र लक्ष्य र अभिष्ट भनेकै बिगमर्जर थियो ।
अर्थमन्त्री डा. युवराज खतिवडा स्वयंले फोर्सफूल मर्जर नीतिको विकल्प खोज्न राष्ट्र बैंकलाई निर्देशन दिएकाले गभर्नर नेपालको सपना फेरि तुहिने भएको हो । गएको असार २७ गते नै मौद्रिक नीति ल्याउने तयारीमा थिए गभर्नर नेपाल । तर फोर्सफुल मर्जरले वित्तिय संकुचन बढाउने र सर्वसाधारणलाई मर्का पर्ने भन्दै सरोकारवालाले विरोध जनाएपछि उनी हच्किएका थिए ।
यति हुँदा पनि गभर्नर नेपाल जसरी भएपनि फोर्सफुल मर्जरमा जाने वातावरण तयार गर्न विभिन्न स्वार्थ समूहको गोटी भएर सक्रिय थिए । तर अर्थ मन्त्रालय नै फोर्सफुल मर्जरप्रति नकारात्मक भएपछि उनको केही नचल्ने भएको छ । यसले गभर्नर नेपालको छटपटी भने बढेको छ ।केही स्वार्थ समूहको चाहना पूरा गर्न नसक्दा उनलाई धेरै खाले समस्या आउन सक्छ । दुईचार जना बैंक माफियाको गोटीका रुपमा चलेका गभर्नर नेपालको एक मात्र लक्ष्य र अभिष्ट भनेकै बिगमर्जर थियो ।
तर अर्थ मन्त्रालयको पछिल्लो निर्देशनले उनको चाहना अधुरो हुने हो की भन्ने भय उनलाई बढेको छ । मन्त्रालयले फोर्सफुल मर्जरमा जाँदा वित्तिय संकट थपिने र नयाँ उद्यमी र सामान्य व्यवसायी मर्कामा पर्ने भन्दै स्वेच्छिक मर्जरमा जान उपयुक्त हुने विश्लेषण गरेको छ ।
यस्तो अवस्थामा नेपाल राष्ट्र बैंकले जारी गर्न लागेको मौद्रिक नीतिमा फोर्सफुल मर्जर नआउने पक्का भएको छ । तर स्वेच्छिक मर्जरमा जाँदा सरकारले बैंक तथा वित्तिय संस्थाहरुलाई कुनै सुविधा नदिने तयारी पनि सँगसँगै गरेको बुझिएको छ । नेपाल जस्तो मुलुकमा अहिले फोर्सफुल मर्जरमा जाँदा वित्तिय संकुचन आउने र तरलता समस्या अझै बढ्ने आशंका बढेको छ ।
गभर्नर नेपाल केही स्वार्थ घरानियाँ बैंकरको स्वार्थ पूर्ति गर्न मात्र यस्तो नीति ल्याउन तम्सिएका हुन् । आफ्नो कार्यकालको अन्तिम वर्ष अभिष्ट पूरा हुने वातावरण तयार भएकोमा उनी केही दिन अघिसम्म फुरुङ्ग थिए । त्यसैको बलमा उनले कतिपय बैंकरलाई डाकेर धम्क्याउनसमेत पछि परेनन् । तर एकाएक फेरिएको परिवेशले गभर्नर नेपालको योजना र कल्पना भताभुंग भएको छ । यसले गभर्नर नेपाललाई चिन्तित तुल्याएको हुनुपर्छ । तर समग्र मुलुकको अर्थतन्त्र र वित्तिय कारोबारको क्षेत्रलाई भने उर्जा थपेको छ ।
राष्ट्र बैंकका पदाधिकारी पनि फोर्सफुल मर्जर नीतिमा विभाजित थिए । कतिपय वरिष्ठ पदाधिकारी सुरुदेखि नै स्वेच्छिक मर्जर नै उपयुक्त हुने पक्षमा रहेका थिए । अझै पनि कस्तो मौद्रिक नीति ल्याउने भन्नेबारे स्पष्ट भइसकेको चाहिं छैन । राष्ट्र बैंकको अनुसन्धान विभागले सबै पक्षको सुझाव समेटेर मौद्रिक नीतिको अन्तिम ड्राफ्ट तयारी थालेको छ ।
एक अध्ययन अनुसार , हाल कुल जनसंख्याको ४५ प्रतिशत हिस्सामा मात्र बैंक तथा वित्तिय क्षेत्रको पहुँच पुगेको छ । बाँकी ५५ प्रतिशत जनसंख्यामा बैंकिङ पहुँचसम्म पु¥याउनुपर्ने चुनौती रहँदा रहँदै राष्ट्र बैंक फोर्सफुल मर्जरमार्फत बैंक तथा वित्तिय संस्थाको संख्या घटाउने नीति ल्याउन अग्रसुर हुनु भनेको मुलुकको समग्र अर्थतन्त्र नै चौपट बनाउन खोज्नु हो ।
यसमा पहिला बैंकरहरु खुलेर आफ्नो धारणा राख्न हच्केका थिए । तर सरोकारवाला र सञ्चारमाध्यमबाट चर्काे आलोचना हुन थालेपछि गर्भनर नेपालको स्वार्थ छताछुल्ल भएको हो । त्यही दवावले गर्दा सरकार स्वेच्छिक मर्जरमा जान सकारात्मक भएको हो । गर्भनर नेपाल फोर्सफुल मर्जरको व्यवस्थासहित तुरन्तै मौद्रिक नीति जारी गर्न हतारिएका थिए । तर यही बीच अर्थ मन्त्रालयका सचिव राजन खनाल विदेश भ्रमणमा गएकाले मौद्रिक नीति जारी गर्ने मिति पछि धकेलिएको थियो ।
राष्ट्र बैंकका पदाधिकारी पनि फोर्सफुल मर्जर नीतिमा विभाजित थिए । कतिपय वरिष्ठ पदाधिकारी सुरुदेखि नै स्वेच्छिक मर्जर नै उपयुक्त हुने पक्षमा रहेका थिए । अझै पनि कस्तो मौद्रिक नीति ल्याउने भन्नेबारे स्पष्ट भइसकेको चाहिं छैन । राष्ट्र बैंकको अनुसन्धान विभागले सबै पक्षको सुझाव समेटेर मौद्रिक नीतिको अन्तिम ड्राफ्ट तयारी थालेको छ ।
बिग मर्ज किन वेठिक छ ……..यहाँ क्लिक गर्नुहाेस्….बिग मर्जरको नियत :- वित्तीय जालसाजी….१
राष्ट्र बैंकले मौद्रिक नीतिबारे आजबाट मात्रै औपचारिक छलफल थालेको छ । बैंक सञ्चालक समितिको वैठक यही विषयमा छलफल गर्न आज साँझ बस्दै छ । अबको एकदुई दिनमा सञ्चालक समिति वैठकमा आगामी मौद्रिक नीतिबारे विस्तृत छलफल भएपछि मात्र सार्वजनिक हुने छ । सम्भवत यही ८ वा १० गते मौद्रिक नीति सार्वजनिक हुनेछ ।
सामान्यतः सरकारले संसद्मा वार्षिक आय व्ययको विवारण अर्थात बजेट पेश गरेको एक महिना भित्र राष्ट्र बैंकले मौद्रिक नीति सार्वजनिक गर्ने प्रचलन थियो । तर गभर्नरको हप्कीदप्कीसहितको आदेशले बैंक तथा वित्तिय क्षेत्रमा हलचल मच्चिएको थियो । कुनैपनि हालतमा बिग मर्जर नीति ल्याई छाड्ने भन्दै तर्साउन थालेकाले सरोकारवालाले आवाज उठाएका हुन् ।
यी घटनाक्रमले गभर्नर नेपाललाई ठूलै धक्का लागेको छ । तर मुलुकलाई भने ठूलो राहत मिलेको छ ।
बिग मर्ज किन वेठिक छ ……..यहाँ क्लिक गर्नुहाेस्….नेपाल राष्ट्र बैंक संधै उल्टो बाटोमा, गल्ती आफुले गर्ने, सच्याउन बैंकलाई तर्साउने, बिग मर्जर पनि त्यसैको श्रृंखला !
इन्द्र रिजाल
इन्द्र रिजाल नेपालबहस डटकमका प्रधान सम्पादक हुन् । अर्थ राजनीतिक धारमा कलम चलाउने वरिष्ठ पत्रकार रिजालले आर्थिक, राजनीतिक तथा सामाजिक परिवेशका विषयवस्तुको यर्थाथमुखी चित्रण गर्छन् ।
लेखकबाट थपके परराष्ट्रमन्त्री राणालाई भारतीय विदेशमन्त्री एस जयशंकरले भेट देलान् ?
पुष ३, २०८१ बुधबार
रविकी श्रीमती निकिताको सम्पत्ति जफत गर्न माग, अनुसन्धानमा तानिन सक्ने
पुष २, २०८१ मंगलबार
'राखी कुटनीति' ले जोडेको सम्बन्ध बीआरआईमा पुगेर विश्राम !
मंसिर २४, २०८१ सोमबार
बारामा यसरी भइरहेछ घुमुवामार्फत असुली, नाकाहरूमा तस्करहरूको रजगज
नेपालबहस संवाददाता
पुष २, २०८१ मंगलबार
के परराष्ट्रमन्त्री राणालाई भारतीय विदेशमन्त्री एस जयशंकरले भेट देलान् ?
पुष ३, २०८१ बुधबार
एकीकृत समाजवादीको केन्द्रीय सचिवालय गठन
पुष २, २०८१ मंगलबार
आर्थिक कूटनीतिलाई प्राथमिकतामा राख्न राजदूतहरुलाई आग्रह
पुष ३, २०८१ बुधबार
बाल अस्पताल निर्माणमा सघाउन कतारसँग आग्रह
पुष ३, २०८१ बुधबार
पहिलो पटक सीआरएन नम्बर र शेयर आवेदन सेवा सिटिजन्स मोबाइल बैंकिङ एपमा
पुष ३, २०८१ बुधबार
‘निजामती कर्मचारीलाई राजनीतिक हस्तक्षेपबाट मुक्त गर्नुपर्ने’
पुष ३, २०८१ बुधबार
नारीवादी नीतिको अनुशरण गर्न आवश्यक छः परराष्ट्रमन्त्री राणा
पुष ३, २०८१ बुधबार