'रअ' प्रमुखको नेपाल भ्रमण "एक तिर दो निशाना"
इन्द्र रिजाल
साउन ७, २०७६ बुधबार ०:१३:१३
काठमाडौं । भारतीय गुप्तचर निकाय ‘रअ’ का नवनियुक्त प्रमुख सामन्त गोयल अस्ति आइतबार नेपाल आएर प्रमुख नेताहरुसँग भेट गरे । तर यो घटना लुकाउन खोजियो । गोयल साउन लागेपछि पशुपतिको जात्रा ,सिद्राको व्यापारको निहुँमा काठमाडौं आए र फुत्त हिजै फर्किए । तर यो घटनालाई कोही पनि पुिष्ट गर्न चाहँदैन ।
एक महिनाअघि मात्र ‘रअ’ प्रमुख नियुक्त भएका गोयल दुई दिन काठमाडौं बसे । आएका बेला उनले प्रधानमन्त्री केपी शर्मा ओली, नेकपा अध्यक्ष पुष्पकमल दाहाल र प्रमुख प्रतिपक्षका नेता शेरबहादुर देउवालाई समेत भेटेको खबर भाइरल भएको छ । तर सम्बद्ध कोही पनि यसको पुष्टी गर्न भने चाहँदैनन् । आखिर किन त ? उत्तर स्वभाविक छ – भारतको प्रभाव र दवाव नेपालमा कडै खालको छ ।
हाम्रा नेतागणलाई राम्रै थाहा छ– भारत भनेको विचित्रको जिनिस हो । “नखाँउ दिनभरिको शिकार , खाँउ कान्छा बाउको अनुहार” जस्तो भएको छ भारत भन्ने देश नेताहरुका लागि । भारतको सहयोग र समर्थन बिना सत्तामा टिक्न गाह्रो , तर सत्तामा पुग्न चाहिं उसकै सत्तोसराप गर्नुपर्ने । यो दोहोरो मारमा परेका छन् नेपाली नेता ।
भारतमा दोस्रो कार्यकालका लागि सत्तामा पुगेका प्रधानमन्त्री नरेन्द्र मोदी सरकार नेपालसँग विशेष सम्बन्ध राख्न चाहन्छन् । परिवेश मोदी अनुकूल छ । प्रधानमन्त्रीका रुपमा ओली छन् , त्यो पनि दुईतिहाई समर्थनका साथ । सोझै राजनीतिक भ्रमण गराई आफ्नो सन्देश दिनु भन्दा कर्मचारीमार्फत खबर पठाउनु कूटनीतिक चातुर्यता हो मोदीको । त्यसैले अगावै उनले ‘रअ’ प्रमुखलाई नेपाल पठाएका हुन् ।
रअ प्रमुख गोयलको उच्चस्तरीय भेटवार्ताले मोदी सरकारको भावी दृष्टिकोण प्रष्ट्याउने काम गरेको हुनुपर्छ । रमाइलो त के छ भने यति महत्वपूर्ण भेटवार्ता गुपचूप राख्न चाहन्छन् हाम्रा नेतागण । नेपाल मामलामा भारतीय दृष्टिकोणको ठूलो अर्थ छ । भारतीय पक्षको सहानुभूति र समर्थन प्राप्त गर्न सत्तादेखि प्रतिपक्षी दलका नेताहरु लालयित हुन्छन् ।
किनभने हाम्रो देशको राजनीतिको रिमोट कन्ट्रोल दिल्ली दरबारमा जो छ । त्यसैको एउटा कडीका रुपमा गोयल भ्रमणलाई लिनुपर्ने हुन्छ ।रमाइलो त के छ भने भारतीय सरकारको एउटा कर्मचारीसँग नेपालका पूर्व प्रधानमन्त्री मात्र नभई वहालवाला प्रधानमन्त्री समेत सुटुक्क भेट्छन् । छिमेकी मुलुकका उच्च पदस्थ कर्मचारीसँग नेताहरुले भेट्नु सामान्य घटना हो । तर हाम्रा नेताहरु गोप्यताको नाममा यसैलार्ई सनसनीपूर्ण र भयावह बनाउन चाहन्छन् ।
कम्युनिष्ट पार्टीका हरेक नेता भारतको ताबेदारी गरेरै महत्वपूर्ण जिम्मेवारीमा पुगेको दुनियाँलाई थाहा छ । चाहे त्यो माओवादीलाई मूलधारको राजनीतिमा ल्याउने प्रसंग होस् या ओलीलाई महाकाली सन्धि गर्न बाध्य पारेको घटना किन नहोस् , सबै ताजै छन् । त्यसैले नक्कली राष्ट्रवादको खोल ओढ्ने होडबाजीले यस्तो नाटक मञ्चन गर्न नेताहरु बाध्य छन् ।
हाम्रा नेतागणलाई राम्रै थाहा छ– भारत भनेको विचित्रको जिनिस हो । “नखाँउ दिनभरिको शिकार , खाँउ कान्छा बाउको अनुहार” जस्तो भएको छ भारत भन्ने देश नेताहरुका लागि । भारतको सहयोग र समर्थन बिना सत्तामा टिक्न गाह्रो , तर सत्तामा पुग्न चाहिं उसकै सत्तोसराप गर्नुपर्ने । यो दोहोरो मारमा परेका छन् नेपाली नेता ।
पछिल्लो समय प्रधानमन्त्री ओलीको नक्कली राष्ट्रवादको मुखुण्डो च्यात्तिएपछि धेरै कुरा छताछुल्ल भएको छ । त्यसैले ओली सिधै भारतीय स्वार्थको पक्षमा देखिनु भएको छैन । यद्यपि आईफा र विषादी प्रकरणमा ओलीको धोती खुस्किसकेको छ । त्यसैले वालुवाटार स्रोत ‘रअ’ प्रमुख गोयलसँगको भेटवार्ता गुपचूप राख्न चाहन्छ ।
नेपालको कार्यकारी प्रमुखले भारत जस्तो मुलुकको गुप्तचर निकायको प्रमुखसँग सुटुक्क भेट्ने कुरा लज्जास्पद मात्र होइन मुलुककै सार्वभौमसत्तामा गम्भिर खेलवाड पनि हो । यस्ता भेटघाटलाई पारदर्शी बनाई सार्वजनिक बहसको विषय बनाउनुपर्ने प्रमुख व्यक्ति नै लुकेर भेट गर्छ भने मुलुकको अस्मिता कस्ले जोगाई देला ?
उता, सत्ताकै अर्का खेलाडी नेकपा अध्यक्ष प्रचण्ड पनि ‘रअ’ प्रमुखसँगको आफ्नो भेट सार्वजनिक नहोस् भन्ने चाहन्छन् । प्रचण्ड निकट स्रोतले हिजो सोमबार बिहान भेटघाट भएको पुष्टी गर्छ । तर छलफलका विषय वस्तु भने गोप्य राख्न चाहन्छ । त्यही स्रोतले आइतवार राति नै ‘रअ’ प्रमुख गोयलले वालुवाटार पुगी प्रधानमन्त्री ओलीसँग भेट गरेको जानकारी दिएको छ ।
नेपालको कार्यकारी प्रमुखले भारत जस्तो मुलुकको गुप्तचर निकायको प्रमुखसँग सुटुक्क भेट्ने कुरा लज्जास्पद मात्र होइन मुलुककै सार्वभौमसत्तामा गम्भिर खेलवाड पनि हो । यस्ता भेटघाटलाई पारदर्शी बनाई सार्वजनिक बहसको विषय बनाउनुपर्ने प्रमुख व्यक्ति नै लुकेर भेट गर्छ भने मुलुकको अस्मिता कस्ले जोगाई देला ?
कम्युनिष्ट पार्टीका हरेक नेता भारतको ताबेदारी गरेरै महत्वपूर्ण जिम्मेवारीमा पुगेको दुनियाँलाई थाहा छ । चाहे त्यो माओवादीलाई मूलधारको राजनीतिमा ल्याउने प्रसंग होस् या ओलीलाई महाकाली सन्धि गर्न बाध्य पारेको घटना किन नहोस् , सबै ताजै छन् । त्यसैले नक्कली राष्ट्रवादको खोल ओढ्ने होडबाजीले यस्तो नाटक मञ्चन गर्न नेताहरु बाध्य छन् ।
सायद यसैलाई भन्छन् – ‘बर्काे ओढेर घ्यू तन्काउने’ । अचम्म त के छ भने प्रतिपक्षी नेपाली कांग्रेसका सभापति समेत रहेका पूर्व प्रधानमन्त्री देउवा समेत गोयलसँग भेट्न खुट्टा उचालेर बसेका रहेछन् । भेट गर्न बोलाउने बित्तिकै उनी बुर्कुुसी मारेर पुगेको जानकारी प्राप्त भएको छ ।नकचरोपनको सबै सीमा नाघेर देउवा लैनचौरस्थित भारतीय दूताबासमै गएर ‘रअ’ प्रमुख गोयललाई भेटेछन् ।
सत्ता पक्षका नेता कार्यकर्ताले यस्तो गम्भिर विषय सार्वजनिक गरेका छन् । तर यो घटनालाई न त कांग्रेस पार्टीले संबेदनशिल मान्यो , न देउवाको सचिवालयले यसको खण्डन नै गरेको छ । यदि देउवा लैनचौर पुगेर गोयलसँग भेटेको साँचो हो भने नेपाल र नेपालीको स्तर अब कहाँ पुग्ला ? प्रश्न गम्भिर छ ।
बाहिर जे देखाइए पनि वर्तमान प्रधानमन्त्री ओली भारतीय पक्षको असली मोहोरा हुन भन्ने खुलिसकेको छ । सत्तामा पु¥याउन मात्र ओलीलाई भारत विरोधी आवरणमा गुटमुट्याइएको कुरा अहिले आएर जगजाहेर भइसकेको छ । दुई तिहाई समर्थन प्राप्त ओली सरकारबाट भारतले धेरै काम लिने आकांक्षा राखेको छ ।
‘रअ’ प्रमुखको यो भ्रमण पूर्व निर्धारित भने होइन । परराष्ट्र मन्त्रालयका एक अधिकारीले आफूहरुलाई गोयल भ्रमणबारे औपचारिक रुपमा कुनै जानकारी नभएको बताए । तर सामाजिक सञ्जालहरुमा भने गोयलको भ्रमण र भेटघाटबारे खबर पढेको टिप्पणी गरे । भारतीय सरकारका एकजना कर्मचारीसँगको भेटलाई प्रधानमन्त्रीको तहबाटै यस्तो सनसनीपूर्ण बनाइन्छ भने हाम्रो हैसियत र स्तर प्रष्टिन्छ – ती अधिकारीले बताए ।
यतिबेला प्रधानमन्त्री ओली सबैको तारो भएका छन् । भारतले यति चाँडै ओलीको ग्राफ तल झर्ला भनेर कल्पना नै गरेको थिएन । सत्ता सञ्चालनमा कमजोर देखिएका ओलीको विकल्प खोज्ने तहमा देश अघि बढेको बुझाई भारतको रह्यो । त्यसैले पनि मोदीले गोयललाई हठात् रुपमा नेपाल पठाएको अनुमान गर्नेहरु धेरै छन् ।
बाहिर जे देखाइए पनि वर्तमान प्रधानमन्त्री ओली भारतीय पक्षको असली मोहोरा हुन भन्ने खुलिसकेको छ । सत्तामा पु¥याउन मात्र ओलीलाई भारत विरोधी आवरणमा गुटमुट्याइएको कुरा अहिले आएर जगजाहेर भइसकेको छ । दुई तिहाई समर्थन प्राप्त ओली सरकारबाट भारतले धेरै काम लिने आकांक्षा राखेको छ । त्यसैले ओली सरकारलाई अफ्ठेरो नपार्न मोदीको सन्देश लिएर रअ प्रमुख नेपाल पठाएको धेरैले बुझिसकेका छन् ।
खासगरी प्रचण्डलाई अहिले ओलीको विकल्प खोज्नेतिर नलाग्न सचेत गराउनु गोयल भ्रमणको मुख्य ध्येय हो । मोदी चाहन्छन् – ओली सरकारमार्फत भारतको स्वार्थ पूरा होस् । अब ओलीलाई लामो समय सत्तामा टिकाउन गाह्रो हुने बुझेर नै मोदीले केही समय ओलीलाई टिकाउने वातावरण तयार गर्दैछन् । देउवालाई समेत गोयलमार्फत मोदीले आश्वासन दिएको हुनुपर्छ ।
भारतीय स्वार्थ पूरा गर्न ओली प्रयोग गर्दा आउने चुनावमा कांग्रेसलाई फाइदा पुग्ने तर्क गोयलले गरेको हुनसक्छ । यसबाट देउवा पनि खुशी हुने बुझाई मोदीको रहेको छ । पुन सत्तामा आउने वातावरण तयार हुने हो भने देउवा जेसुकै गर्न तयार हुने मान्छे हुन् ।
ओली सरकारको पालामा भारतको अनुकुल काम गराउन सके आगामी चुनावमा ओलीलाई सत्ताबाट फ्याँक्ने हतियार तयार हुने ठम्याई भारत र देउवाको रहेको देखिन्छ । त्यसैले ‘रअ’ प्रमुख गोयलको यो भ्रमण एक तिर दो निशाना को रुपमा गराइएको हुन सक्ने अनुमान गर्न सकिन्छ ।
इन्द्र रिजाल
इन्द्र रिजाल नेपालबहस डटकमका प्रधान सम्पादक हुन् । अर्थ राजनीतिक धारमा कलम चलाउने वरिष्ठ पत्रकार रिजालले आर्थिक, राजनीतिक तथा सामाजिक परिवेशका विषयवस्तुको यर्थाथमुखी चित्रण गर्छन् ।
लेखकबाट थपएमालेको शक्ति प्रदर्शन सरकारविरुद्ध हो कि जनताविरुद्ध ?
मंसिर ७, २०८१ शुक्रबार
बालुवाटारमा बीआरआई बारे रस्साकस्सी चलिरहेका बेला कसरी निस्कियो मन्त्री फेर्ने कुरा ?
मंसिर ५, २०८१ बुधबार
आफ्नालाई बढुवा गर्न एआईजी र डीआईजीको दरबन्दी थपिँदै
मंसिर ४, २०८१ मंगलबार
कांग्रेससँग बीआरआईमा सहमती नजुटेपछि महासचिव पोखरेलले फेसबुकबाट पोखे असन्तुष्टि
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
मोरङबाट तस्करी लाइन सुचारु, महिनाबारी असुल्न घुमुवा परिचालन !
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
कांग्रेससँग बीआरआईमा सहमती नजुटेपछि महासचिव पोखरेलले फेसबुकबाट पोखे असन्तुष्टि
मंसिर ७, २०८१ शुक्रबार
मोरङबाट तस्करी लाइन सुचारु, महिनाबारी असुल्न घुमुवा परिचालन !
मंसिर ७, २०८१ शुक्रबार
रवि र छविसहित १० जनाविरुद्ध चितवनमा पनि पक्राउ पुर्जी जारी
मंसिर ७, २०८१ शुक्रबार
विभिन्न कार्यक्रमहरु गरी गरिमा विकास बैंकले मनायो १८औं वार्षिकोत्सव
मंसिर ८, २०८१ शनिबार
बीआरआई कसरी स्वीकार्ने ?
मंसिर ८, २०८१ शनिबार
विशेष अदालतबाट न्यायीक फैसला नभएको भन्दै विभिन्न मुद्दा लिएर सर्वोच्च गयो अख्तियार
मंसिर ८, २०८१ शनिबार
साढे १७ करोड अमेरिकी डलर लगानीमा मनाङ मर्स्याङ्दी जलविद्युत् आयोजनाको निर्माण सुरु
मंसिर ८, २०८१ शनिबार
अमेरिकी डलरदेखि क्यानेडियन डलरसम्मको भाउ घट्यो
मंसिर ८, २०८१ शनिबार