राष्ट्र बैंकमा ५ कार्यकारी निर्देशकको पदावधि समाप्त, नियमन विभागमा जान रस्साकस्सी चल्दै
इन्द्र रिजाल
बैशाख २९, २०७६ आइतबार १७:२९:१६
काठमाडौं । ३० वर्षे सेवा अवधिका कारण नेपाल राष्ट्र बैंकमा कार्यरत ५ जना कार्यकारी निर्देशकको पदावधि अन्त्य भएको छ । पदावधि सकिनुभन्दा केही अघि बिदा बस्ने प्रचलन अनुसार ५ जना कार्यकारी निर्देशक गत बिहीबारबाट बिदामा बसेका छन् ।
३० वर्षे सेवा हदका कारण बिदामा बस्नेहरूमा प्रवक्ता एवं बैंक तथा वित्तिय संस्था नियमन विभागका प्रमुख नारायणप्रसाद पौडेल, राष्ट्र ऋण व्यवस्थापन विभागका कार्यकारी निर्देशक नरबहादुर थापा, लघुविक्त प्रर्वधन तथा सुपरिवेक्षण विभागमा कार्यरत जनकबहादुर अधिकारी, विदेशी विनिमय व्यवस्थापन विभागका कार्यकारी निर्देशक भीष्मराज ढुंगाना र बैंकिङ कार्यालय थापाथलीका प्रमुख कार्यकारी निर्देशक झलक शर्मा आचार्य हुन् ।
बैंक तथा वित्तिय संस्था नियमन विभागलाई राष्ट्र बैंक भित्र शक्तिशाली विभागको रुपमा हेरिन्छ । त्यस विभागको नेतृत्व सम्हाल्न अहिले बैंक भित्र नै रस्साकस्सी चलेको निकट स्रोतले नेपाल बहस डटकमलाई जनाएको छ ।
इन्द्र रिजाल
इन्द्र रिजाल नेपालबहस डटकमका प्रधान सम्पादक हुन् । अर्थ राजनीतिक धारमा कलम चलाउने वरिष्ठ पत्रकार रिजालले आर्थिक, राजनीतिक तथा सामाजिक परिवेशका विषयवस्तुको यर्थाथमुखी चित्रण गर्छन् ।
लेखकबाट थपयस्तो छ बुधबारका लागि विदेशी मुद्राको विनिमय दर
पुष ३, २०८१ बुधबार
आजका लागि यस्तो छ विदेशी मुद्राको विनिमय दर
पुष २, २०८१ मंगलबार
बारामा यसरी भइरहेछ घुमुवामार्फत असुली, नाकाहरूमा तस्करहरूको रजगज
नेपालबहस संवाददाता
पुष २, २०८१ मंगलबार
के परराष्ट्रमन्त्री राणालाई भारतीय विदेशमन्त्री एस जयशंकरले भेट देलान् ?
पुष ३, २०८१ बुधबार
एकीकृत समाजवादीको केन्द्रीय सचिवालय गठन
पुष २, २०८१ मंगलबार
आर्थिक कूटनीतिलाई प्राथमिकतामा राख्न राजदूतहरुलाई आग्रह
पुष ३, २०८१ बुधबार
बाल अस्पताल निर्माणमा सघाउन कतारसँग आग्रह
पुष ३, २०८१ बुधबार
पहिलो पटक सीआरएन नम्बर र शेयर आवेदन सेवा सिटिजन्स मोबाइल बैंकिङ एपमा
पुष ३, २०८१ बुधबार
‘निजामती कर्मचारीलाई राजनीतिक हस्तक्षेपबाट मुक्त गर्नुपर्ने’
पुष ३, २०८१ बुधबार
नारीवादी नीतिको अनुशरण गर्न आवश्यक छः परराष्ट्रमन्त्री राणा
पुष ३, २०८१ बुधबार