‘सत्ता लुछेर, ‘कु’ गरेर आएको चीज होइन, यो जनताद्वारा निर्वाचित सरकार हो’
इन्द्र रिजाल
बैशाख ३१, २०७६ बुधबार ०:३६:३६
चितवन । सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले स्वतन्त्र प्रेसलाई कमजोर बनाउने काम नहुने बताएका छन् ।
नेपाल टेलिकम दूरसञ्चार कार्यालय सौराहाको फाइवर टु द होम सेवाको आज उद्घाटन गर्दै उनले प्रेसका नाममा छाडातन्त्र गर्ने काम भने स्वतन्त्रताको मूल्य र मानक नभएको बताए ।
सरकार प्रेसप्रति पूर्वाग्राही नभएको स्पष्ट गर्दै उनले विधेयक ल्याउँदा विदेशी र स्वदेशी प्रचलनसमेत हेरिएको बताए । अमेरिकामा पनि एक करोडसम्मको जरिवाना हुने गरेको छ भन्दै उनले आतङ्कवादलाई संरक्षण गर्दै लेखेमा मृत्युदण्डसमेत दिइने गरेको बताए ।
सामाजिक न्यायको हिसाबले पनि विषयलाई हेर्नुपर्नेछ भन्दै उनले पेश गरिएका र पेश गर्न लागेका कानूनी कुरा स्वस्थ्य, मर्यादित र जिम्मेवार भएर अन्तरराष्ट्रिय प्रचलन हेरेर पेश गरिरहँदा त्रुटि देखिएमा भने ती कुरालाई हमेसा स्वागत गरिने बताए ।
अरु नै मनमा कुरा राखेर चलाइएको होहल्लाबाट प्रभावित हुन नसक्ने बताउँदै मन्त्री बाँस्कोटाले भने, ‘बहिष्कार आदि इत्यादिको अर्थ छैन । सत्ता लुछेर, कु गरेर आएको चिज होइन । यो जनताद्वारा निर्वाचित सरकार हो ।’ तर संवाद भने जरुरी रहेको र गर्नुपर्ने उनले बताए । उनले भने, ‘सत्ता हेरेर कानून बन्दैन, लोकतन्त्र हेरेर कानून बन्नुपर्छ, संविधान हेरेर कानून बन्नुपर्छ ।’
शान्ति, सुशासन, समृृद्धि र राजनीतिक स्थिरतालाई भत्काउने केही तत्व सक्रिय छन् भन्दै उनले प्रश्न गरे ‘टेलिफोनका टावरमाथि बम प्रहार गर्ने कुरा बहादुरी हो भनेर लेख्ने कुन पत्रकारिता हो ?’ यस्तो पत्रकारिता हो कि पत्रकारिताको खोल ओढेको आतङ्कवादको संरक्षक हो वा प्रचारक हो भन्ने प्रश्न गर्दैै उनले भने,’के संसारमा आतङ्कवादी गतिविधिलाई प्रेस स्वतन्त्रताको ढालले रोक्न सक्छ, छेक्न मिल्छ ?’ समाचार लेखेर कोही पनि पक्राउ पर्दैन भन्दै उनले गलत मिशनमा लागेर शान्ति र न्यायलाई चुनौती दिने हकमा कानून सक्रिय हुने बताए ।
अधिकार पानामा लेखेर नहुने बताउँदै उनले भने,’आर्थिक सुनिश्चितता त्यसको पहिलो आधार बन्छ, अनि मात्र स्वतन्त्र प्रेस हुन्छ, सम्पादकीय स्वतन्त्रता बाँकी रहन्छ । हामीले गर्न खोजेको त्यत्ति हो ।’ उनले थपे, ‘नियमन हामी गछौंँ, संसारभरि नै यो हुन्छ ।’ संविधानभन्दा बाहिर कुनै पनि कानून नबन्ने बताउँदै उनले प्रायोजित आन्दोलनको कुनै ओखती नहुने बताए । कोही साथी कुरै नबुझी दौडिरहेको बताउँदै उनले भने, ‘तपाईले लेखेपछि जवाफदेहिता बोक्नुपर्छ, पुष्टि गर्नुपर्छ । त्यत्तिकै आरोप लगाउन पाइँदैन ।’
सरकारले अहिले समानुपातिक विज्ञापन प्रणाली लागू गर्न खोजेको भन्दै उनले यसले साना मिडियालाई सहयोग पुग्ने बताए । क्लिन फिड लागू हुँदा रु छ –सात अर्ब जोगिने पनि उनले बताए । कालो झण्डा लिएर हिँड्नेसँग नडराउने भन्दै उनले भने, ‘प्रजातन्त्रमा कालो झण्डा, जुलुस सबै खाउँला तर लोकतान्त्रिक प्रणालीलाई सुढृढीकरण बनाउने कुरामा पछि हट्दैनौँ ।’
मन्त्री बाँस्कोटाले सरकारले पत्रकारलाई न्यूनतम पारिश्रमिक दिनुपर्छ भनेको तर दिनुहुँदैन भन्नेको मोर्चाबन्दी बनेकामा असन्तोष व्यक्त गरे । कार्यक्रममा उनले सरकार राष्ट्रको समृद्धिका लागि डिजिटल नेपाल अभियानमा लागिपरेको बताए । सो अवसरमा नेपाल टेलिकमका प्रबन्ध निर्देशक डिल्लीराम अधिकारीले उच्च गुणस्तरको भिडियो, डाटा र भ्वाइस प्रवाह शुरु गरिएको छ भन्दै निकट भविष्यमा टेलिभिजन सेवासमेत सञ्चालनमा ल्याइने बताए ।
फोर जी सेवाका लागि उपकरण ल्याउने क्रम जारी छ भन्दै उनले आउँदो साउनरभदौदेखि देशका प्रमुख शहरमा फोरजी सञ्चालनमा ल्याइने बताए । कार्यक्रममा प्रदेशसभा सदस्य कृष्ण खनाल, रत्ननगर नगरपालिका प्रमुख नारायण वन, टेलिकमका क्षेत्रीय निर्देशनालय वीरगञ्जका निर्देशक अमलेन्दुनारायण सिंहलगायतले बोलेका थिए । कार्यक्रममा मन्त्री बाँस्कोटाले रत्ननगर नगरपालिकाका प्रमुख वनलाई टेलिफोन गरी सेवाको शुभारम्भ गरेका थिए ।
इन्द्र रिजाल
इन्द्र रिजाल नेपालबहस डटकमका प्रधान सम्पादक हुन् । अर्थ राजनीतिक धारमा कलम चलाउने वरिष्ठ पत्रकार रिजालले आर्थिक, राजनीतिक तथा सामाजिक परिवेशका विषयवस्तुको यर्थाथमुखी चित्रण गर्छन् ।
लेखकबाट थपउदयपुरमा माओवादीले उम्मेदवारको नाम टुङ्गो लगायो
कात्तिक २३, २०८१ शुक्रबार
विमानस्थल मर्मतका कारण उत्पन्न समस्याको समाधान खोज्न परराष्ट्रमन्त्रीको आग्रह
कात्तिक २३, २०८१ शुक्रबार
बेपत्ता र सत्य निरुपण आयोगको अध्यक्षमा निवेदन दिन सर्वोच्चको न्यायाधीश सरह हुनुपर्ने
कात्तिक २३, २०८१ शुक्रबार
स्याङ्जाकै उत्कृष्ट कृषि सहकारी
नेपालबहस संवाददाता
कात्तिक २१, २०८१ बुधबार
दीपक मनाङेलाई चाँडै पक्राउ गर्ने प्रहरीको तयारी
नेपालबहस संवाददाता
कात्तिक २२, २०८१ बिहिबार
राम्रो काम नगरेपछि अढाई वर्षका लागि कालोसूचीमा पर्यो उर्जा राज्यमन्त्री कान्छारामको कन्सट्रक्सन
कात्तिक २३, २०८१ शुक्रबार
गण्डकीको फैसलालाई लिएर कांग्रेस सांसद ढुंगानाले समिति मै न्यायाधीश मल्लमाथि पोखे आक्रोश
कात्तिक २३, २०८१ शुक्रबार
कोशीका मन्त्रीले मानव तस्करी गरे कि फन्दामा परे, प्रहरी भन्छः अनुसन्धान हुँदैछ, को हुन अनिता ?
कात्तिक २३, २०८१ शुक्रबार
पाँचथरमा ट्रक दुर्घटना हुँदा एक जनाको मृत्यु, दुई घाइते
कात्तिक २३, २०८१ शुक्रबार
उदयपुरमा माओवादीले उम्मेदवारको नाम टुङ्गो लगायो
कात्तिक २३, २०८१ शुक्रबार
पाथीभरा क्षेत्रमा केबलकार निर्माणको विषयमा झडप हुँदा ६ जना घाइते
कात्तिक २३, २०८१ शुक्रबार
धनगढीका सुरेशकुमार पोर्चुगलमा बेपत्ता, खोजी गरिदिन आग्रह
कात्तिक २३, २०८१ शुक्रबार
उपनिर्वाचनको लागि सशस्त्र र नेपाल प्रहरीमा केन्द्रीय निर्वाचन सुरक्षा समिति गठन
कात्तिक २३, २०८१ शुक्रबार
बागलुङमा दम्पती मृत फेला
कात्तिक २३, २०८१ शुक्रबार