जेट एयरवेजका सीइओले दिए राजीनामा
इन्द्र रिजाल
बैशाख ३१, २०७६ बुधबार १:५२:२
काठमाडौं । आर्थिक संकटका कारण टाट पल्टेको भारतीय निजी वायु सेवा कम्पनी जेट एयरवेजका अर्का अधिकारीले राजीनामा दिएका छन् ।
कम्पनीको मुख्य आर्थिक अधिकारी ‘सीएफओ’ले राजीनामा दिएको एक दिनपछि मंगलबार अर्का मुख्य अधिकारी ‘सीइओ’ विनय दुबेले राजीनामा दिएका हुन् । उनले आफ्नो निजी समस्याले गर्दा राजीनामा दिएको बताएका छन् ।
एयरलाइन्स कम्पनीले भनेको छ, ‘निजी कारणले गर्दा सीइओ दुबेले तत्काल राजीनामा दिएका हुन् ।’ दुबेले राजीनामा दिनुभन्दा अघिल्लो दिन अर्का अधिकारी अमित अग्रवालले पदबाट राजीनामा दिएका थिए । आर्थिक मन्दी भएपछि जेट एयर वेजले गत अप्रिल १७ गतेदेखि आफ्नो उडान बन्द गरेको थियो ।
विनय दुबे अगस्त २०१७ मा जेट एयर वेज कम्पनीसँग जोडिएका थिए । यसअघि उनले डेल्टा एयरलाइन्स जस्ता विभिन्न कम्पनीमा रही काम गरेका थिए ।
इन्द्र रिजाल
इन्द्र रिजाल नेपालबहस डटकमका प्रधान सम्पादक हुन् । अर्थ राजनीतिक धारमा कलम चलाउने वरिष्ठ पत्रकार रिजालले आर्थिक, राजनीतिक तथा सामाजिक परिवेशका विषयवस्तुको यर्थाथमुखी चित्रण गर्छन् ।
लेखकबाट थपनेता शेखर कोइरालाको प्रश्न: नागरिक बगेको घट्नाले राज्यलाई अलिकति पनि छोएन ?
असोज १२, २०८१ शनिबार
द्वन्द्वकालीन गम्भीर अपराधका घटनामा आममाफी दिइने छैन : प्रधानमन्त्री ओली
असोज १२, २०८१ शनिबार
गृहमन्त्रीले बोलाए केन्द्रिय सुरक्षा समितको बैठक
असोज १२, २०८१ शनिबार
द्वन्द्वकालीन गम्भीर अपराधका घटनामा आममाफी दिइने छैन : प्रधानमन्त्री ओली
असोज १२, २०८१ शनिबार
शनिबार २ बजेसम्ममा देशभर ५० जनाको मृत्यु: १०५३ जनाको उद्धार, १२४४ घर डुबे
असोज १२, २०८१ शनिबार
क्यानडाविरुद्ध नेपालले टस जित्यो
असोज १२, २०८१ शनिबार
विपद् अपडेट : देशभर बाढी, पहिरो र डुबानबाट ८७ जनाको मृत्यु, ७२ बेपत्ता
असोज १२, २०८१ शनिबार
आपत्कालीन उपचारका लागि चौबिसै घण्टा तयार रहन स्वास्थ्यमन्त्री पौडेलको निर्देशन
असोज १२, २०८१ शनिबार
झ्याप्ले खोलामा पहिरोले पुरिएका २ सवारी साधनबाट १४ शव निकायो
असोज १२, २०८१ शनिबार
काठमाडौं उपत्यकामा वर्षाको ‘रेकर्ड ब्रेक’
असोज १२, २०८१ शनिबार