मञ्जुश्री फाइनान्सको मुनाफासँगै अधिकांश सूचकमा आकर्षक बढोत्तरी
नेपालबहस संवाददाता
साउन २३, २०८० मंगलबार १२:९:४०
२३ साउन, काठमाडौं । गत आर्थिक वर्षको अन्त्यसम्म आइपुग्दा मञ्जुश्री फाइनान्सले २९ करोड १५ लाख रुपैयाँ खुद नाफा कमाएको छ । यो नाफा गत वर्षको भन्दा १६८.८६ प्रतिशतले धेरै हो । अघिल्लो वर्ष यसले १० करोड ८४ लाख रुपैयाँ नाफा कमाएको थियो । यो त्रैमाससम्म आइपुग्दा कम्पनीको खुद ब्याज आम्दानी ६४.९८ प्रतिशत र सञ्चालन नाफा १६८.८३ प्रतिशतले बढेको छ । यसले गर्दा कम्पनीको नाफा बढ्न टेवा पुगेको छ ।
असार मसान्तसम्म आइपुग्दा यसको वितरणयोग्य नाफा पनि ११ करोड ११ लाख रुपैयाँ रहेको छ । यता, कम्पनीको खराब कर्जा भने बढेर २.८२ प्रतिशत भएको छ । अघिल्लो वर्ष खराब कर्जा २.१९ प्रतिशत रहेको थियो । यसको प्रतिशेयर आम्दानी १३ रुपैयाँ ५५ पैसाले बढेर २१ रुपैयाँ ५७ पैसा (वार्षिक) कायम भएको छ । गत वर्ष प्रतिसेयर आम्दानी ८ रुपैयाँ ०२ पैसा (वार्षिक) रहेको थियो । मञ्जुश्री फाइनान्सको प्रतिशेयर नेटवर्थ १५५ रुपैयाँ ३५ पैसा कायम भएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपतेस्रो त्रैमाससम्म आइपुग्दा मेरो माइक्रोफाइनान्सको खुद नाफा बढ्यो
बैशाख २०, २०८१ बिहिबार
गोर्खाज फाइनान्सको साधारणसभा २ चैतमा, मुख्य एजेण्डा के हो ?
फागुन २८, २०८० सोमबार
गोर्खाज फाइनान्सको चैत २ गते बस्दैछ साधारणसभा
फागुन २२, २०८० मंगलबार
अवनतिको बाटो फेर्न लागेको राजनीति र सुरक्षा चासो
सुबोधकुमार अधिकारी
जेठ ४, २०८१ शुक्रबार
विद्यार्थी मृत फेला परेपछि आक्रोशित भिडद्वारा स्कुलमा आगलागी
नेपालबहस संवाददाता
जेठ ४, २०८१ शुक्रबार
डीआईजी बढुवाको छलाङले प्रहरीमा चरम नैराश्यता, विवादको घेरामा लामिछाने
जेठ ५, २०८१ शनिबार
ताइवानको संसदमा सांसदहरुबीच हानाहान !
जेठ ५, २०८१ शनिबार
संसदीय छानबिन समितिको टीओआर बनाउन कानून मन्त्रीको संयोजकत्वमा कार्यदल गठन
जेठ ५, २०८१ शनिबार
राप्रपाको केन्द्रीय समितिको बैठक आह्वान
जेठ ६, २०८१ आइतबार
दिउँसो २ बजेलाई सारियो प्रतिनिधिसभा बैठक
जेठ ६, २०८१ आइतबार
टीओआरबारे कार्यदलमा विवाद, सहमति नभएसम्म संसद बैठक रोक्न प्रतिपक्षको आग्रह
जेठ ६, २०८१ आइतबार
प्रिमियर लिगका अन्तिम खेल आज, उपाधिको दौडमा म्यानचेस्टर सिटी र आर्सनल
जेठ ६, २०८१ आइतबार