लेटाङमा नेपाल किसान महासंघको पदस्थापन कार्यक्रम सम्पन्न
यज्ञप्रसाद भट्टराई
चैत २०, २०८० मंगलबार २१:४२:५०
२० चैत, मोरङ । नेपाल किसान महासंघ मोरंग जिल्ला समितिले आफ्ना सांगठनिक गतिबिधिहरु अत्यन्तै सक्रियताका साथ अगाडि बढाइरहेको छ । कोशी प्रदेशको राजधानीसमेत रहेको मोरंग जिल्ला अन्य जिल्लाहरुको तुलनामा अलि बढी राजनीतिक गतिबिधिहरु सञ्चालन हुने जिल्ला पनि हो । नेपालको लोकतान्त्रिक आन्दोलनको उर्भर भूमि र राजनीतिक इतिहाँसको उद्गम स्थल, महामानव विश्वेश्वरप्रसाद कोइरालाको गृह जिल्ला समेत रहेको मोरंगले इतिहाँसको कालखण्डमा धेरैजना राजनीतिज्ञहरु जन्माई सकेको छ । प्रजातन्त्रदेखि लोकतन्त्रप्राप्तिको आन्दोलनमा अहम भूमिका खेलेको मोरंग जिल्लामा गिरिजाप्रसाद कोईरालादेखि डा. शेखर कोइरालासम्मले दिक्षित गरेका इमान्दार र जिम्मेबार नेतृत्वहरुको भण्डार समेत रहेको छ ।
२००७ सालमा जहानीया राणा शासनको अन्त्यसँगै देशमा प्रजातन्त्रको स्थापना हुने बित्तिकै नेपाली कांग्रेसले आफ्नो भातृसंस्थाको रुपमा २००८ सालमा नेपाल किसान संघको स्थापना गरेको इतिहास छ । नेपाल कृषि प्रधान देश हो, नेपालको पहिचान उन्नत र ब्यवसायीक कृषि मार्फत विश्वलाई चिनाउनु पर्छ भन्ने दुरदृष्टि राखेर तत्कालिन समयमा वीपी कोइरालाले नेपाल किसान संघको स्थापना गरेका थिए । देशको अस्थिर राजनीति र राजाको प्रत्यक्ष चलखेलका कारण यसले आफ्ना गतिबिधिहरु र कार्यक्रमहरु सञ्चालन गर्न भने सकेन । २०१७ सालको राजनीतिक कू पछि नेपालका किसान नेताहरु कोहि जेल त कोहि निर्वासन भोग्न बाध्य भए ।
२०४६ सालको प्रजातन्त्रको पुर्नस्थापना पछि कांग्रेस नेता गिरिजाप्रसाद कोइरालाले पुनः नेपाल किसान संघलाई सक्रिय गराई आम किसानका हक हितमा काम गर्न सहजता प्रदान गरेको ईतिहास छ । २०५२ साददेखि देशमा शुरु भएको बिध्यङ्सात्मक बिद्रोहले नेपालमा किसानहरुलाई गाउँ बस्न समेत नसक्ने अवस्थामा ल्याईपुर्यायो । केबल नेपाली कांग्रेसको समर्थक र नेपाली कांग्रेसमा मतदान गर्ने मतदाता भएकै कारण पनि लाखौ नेपाली किसानहरु बिस्थापित हुन पुगे । दशबर्षे शसस्त्र द्वन्दमा राजनीतिक रुपमा बिस्थापित भएकाहरुले राजनीतिक तथा आर्थिक लाभ प्राप्त गरे पनि सोहि कारण बिस्थापित हुन पुगेका किसानहरुले अहिलेसम्म कुनै सुबिधा समेत पाउन नसकेको तितो यथार्थतालाई हामीले भुलेका छैनौ ।
२०६२÷६३ को ऐतिहासिक परिवर्तन पछि पनि किसानलाई हेर्ने राज्यको दृष्टिकोणमा कुनै परिवर्तन आएको देखिदैन । राजनीतिलाई पेट पाल्ने र आफन्त भर्ति गर्ने काम भन्दा बढी अहिलेसम्म कुनै देखिने परिवर्तन हुन नसक्नुमा देशमा रहेका ६६ प्रतिशत भन्दा बढी किसानहरु एक हुन नसक्नु नै प्रमुख कारण हुनसक्छ । देशमा भएका उद्योगधन्धा र कलकारखाना पूर्ण रुपमा बन्द भएको बर्तमान अवस्थामा नेपाललाई आर्थिक रुपमा सवल बनाउन पनि कृषि पेशालाई ब्यवसायीकरण गर्न आवश्यक छ ।
यहि कुरालाई आत्मसात गर्दै नेपाल किसान महासंघ अहिले देशैभरी किसान एकता र महासंघको संगठन निर्माणको काममा लागेको छ । भर्खरै मात्रै ईलाम जिल्लामा महासंघको केन्द्रीय समिति तथा प्रदेश समितिको बैठक बसेर नेपाल किसान महासंघलाई वडातहसम्म बिस्तार गर्न सुझाव समेत दिएको छ । यसैको निरन्तरताको रुपमा मोरंग जिल्लाका बिभिन्न क्षेत्र तथा पालिकाहरुमा महासंघको संगठन बिस्तार भैरहेको महासंघ मोरंगका अध्यक्ष बशन्त हुमागाईले बताएका छन् ।
यसै सिलसिलामा चैत्र १९ गते मोरंग जिल्लाको क्षेत्र नं. १ लेटाङ्गमा नेपाल किसान महासंघ मोरंग जिल्ला क्षेत्र नं. १ को लेटाङ्गमा पदस्थापन कार्य सम्पन्न भएको महासंघ मोरंगका अध्यक्ष बशन्त हुमागाईले बताएका छन् । अध्यक्ष हुमागाईका अनुसार उक्त कार्यक्रममा नेपाली कांग्रेसका पूर्ब केन्द्रीय सदस्य तथा प्रखरबक्ता गुरुराज घिमिरेले नेपालमा कृषि क्रान्ति र किसान अभियानका बिषयमा प्रकाश पारेको बताएका छन् । कार्यक्रममा बिशिष्ठ अतिथि नेपाली कांग्रेस कोशी प्रदेशका सहमहामन्त्री तथा उर्लाबारी नगर पालिकाका पूर्व मेयर खड्ग फागोले बिदेशमा किसानहरु प्रति सरकारले हेर्ने दृष्टिकोणका बिषयमा प्रकाश पारेका थिए भने नेपाली कांग्रेस कोशी प्रदेश समिति सदस्य तथा नेपाल किसान महासंघका केन्द्रीय सदस्य केशव भट्टराईले महासंघ मोरंगले गरेको संगठन बिस्तार र प्रशिक्षण कार्यक्रमहरु सहितको उत्कृष्ट कार्यको प्रशंसा गरेका थिए ।
नेपाल किसान महासंघ मोरंग जिल्ला अध्यक्ष बशन्त हुमागाईको अध्यक्षतामा सम्पन्न कार्यक्रममा नेपाली कांग्रेस मोरंग क्षेत्र नं. १ का सभापनि शंकर राई, महासमिति सदस्यहरु, नेपाल किसान महासंघका केन्द्रीय सदस्य हरिबहादुर खनाल, महासंघ सुनसरीका नेता डम्बर बस्नेत, नेपाल बिद्यार्थी संघ, नेपाल तरुण दलका केन्द्रीय सदस्यहरुको उपस्थिति रहेको पदस्थापन कार्यक्रममा मनोनित पदाधिकारी तथा सदस्यहरुलाई बधाई तथा सफल कार्यकालको शुभकामना दिईएको महासंघ मोरंगले जनाएको छ ।
यज्ञप्रसाद भट्टराई
यज्ञप्रसाद भट्टराई पूर्वको झापामा रहेर राजनीतिक, सामाजिक अभियानमा क्रियाशील छन् । सहकारी आन्दोलनमा समेत सरिक रहेका भट्टराईले पछिल्लो समय नेपालबहस डटकममा आबद्ध रहेर लेखन तथा पत्रकारिता गरिरहेका छन् ।
लेखकबाट थपदोदा बगरमा सागसब्जी फलाएर आकर्षक आम्दानी गर्दै पाँच सय किसान
जेठ ६, २०८१ आइतबार
आयआर्जन वृद्धि गर्न अतिविपन्नलाई बाख्रा अनुदान
जेठ ४, २०८१ शुक्रबार
कोदोखेतीतर्फ पर्वतका किसानको आकर्षण बढ्दै
जेठ ४, २०८१ शुक्रबार
अवनतिको बाटो फेर्न लागेको राजनीति र सुरक्षा चासो
सुबोधकुमार अधिकारी
जेठ ४, २०८१ शुक्रबार
विद्यार्थी मृत फेला परेपछि आक्रोशित भिडद्वारा स्कुलमा आगलागी
नेपालबहस संवाददाता
जेठ ४, २०८१ शुक्रबार
डीआईजी बढुवाको छलाङले प्रहरीमा चरम नैराश्यता, विवादको घेरामा लामिछाने
जेठ ५, २०८१ शनिबार
तपाईको आजको राशीफल कस्तो छ ?
जेठ ६, २०८१ आइतबार
ताइवानको संसदमा सांसदहरुबीच हानाहान !
जेठ ५, २०८१ शनिबार
नेविसंघले माग्यो गृहमन्त्री लामिछानेको राजीनामा
जेठ ६, २०८१ आइतबार
हावाहुरीले उदयपुरमा करोडौँको क्षति
जेठ ६, २०८१ आइतबार
घाटु नाँच संरक्षणमा सोरबिस्नाका गुरुङ
जेठ ६, २०८१ आइतबार
अझै सुरु भएन प्रतिनिधि सभा बैठक, राष्ट्रिय सभा स्थगित
जेठ ६, २०८१ आइतबार