बागमती प्रदेशसभा : हिउँदे अधिवेशनका ५७ दिनमा ६ बैठक मात्रै !
नेपालबहस संवाददाता
बैशाख १३, २०८१ बिहिबार २०:५९:३९
१३ वैशाख, काठमाडौं । वागमती प्रदेशसभाको हिउँदे अधिवेशन ५७ दिन चलेकामा छ वटा मात्रै बैठक बसेका छन् ।
प्रदेशसभा सचिवालयका अनुसार गत फागुन १५ गतेदेखि चैत १९ गतेसम्म चलेको हिउँदे अधिवेशनमा पाँच दिनमा पाँच घण्टा ११ मिनेट मात्रै बैठक चलेका थिए ।
सचिवालयका प्रवक्ता मनोज गुप्ताका अनुसार अधिवेशन भर शून्य समय भएन भने विशेष समय एक पटक मात्रै चलेको थियो । विधेयक अधिवेशनको रूपमा चिनिने हिउँदे अधिवेशनमा एउटा विधेकमा मात्रै सैद्धान्तिक छलफल भयो । अधिवेशनभर हस्तकला ग्राम स्थापना तथा सञ्चालन गर्न बनेको विधेयकमाथि सैद्धान्तिक छलफल भएर उद्योग, पर्यटन तथा वातावरण समितिमा पठाइएको छ । हिउँदे अधिवेशनको पहिलो बैठकले प्रदेशका पूर्वभूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री बलराम पौडेलको निधनमा शोक प्रस्ताव पारित गरेको थियो ।
वि.सं २०८० फागुन १७ मा बसेको दोस्रो बैठकले बजेट तथा कार्यक्रम व्यवस्थापन विशेष समिति गठन र सोही दिन बसेको तेस्रो बैठकमा हस्तकला ग्राम स्थापना तथा सञ्चालन गर्न बनेको विधेयक पेश गरी सैद्धान्तिक छलफल भएको थियो । त्यस्तै, २९ फागुनमा बसेको चौथो बैठकमा विशेष समितिको प्रतिवेदन पेस भएको थियो भने ३० फागुनमा भएको पाँचौं बैठकले सो प्रतिवेदन पारित गरेको थियो । त्यसैगरी चैत १९ मा भएको हिउँदे अधिवेशनको अन्तिम तथा छैटौँ बैठकबाट मुख्यमन्त्री शालिकराम जम्कट्टेलले विश्वासको मत लिएका थिए ।
त्यसयता बैठक नै नबसी बुधबारको मन्त्रिपरिषद् बैठकले हिउँदे अधिवेशन अन्त्यका लागि प्रदेश प्रमुख यादवचन्द्र शर्मा समक्ष सिफारिस गर्ने निर्णय गरेको थियो । सोही बमोजिम प्रदेश प्रमुख शर्माले बुधबार साँझ बागमती प्रदेशको हिउँदे अधिवेशन अन्त्यको निर्णय गरेको हो ।
आगामी आव २०८१/८२ को बजेट निर्माणको तयारीमा रहेकाले अधिवेशन अन्त्य गरिएको र अगामी जेठबाट प्रि–बजेट छलफल सुरू गर्ने गरी बजेट अधिवेशन आह्वान गर्ने प्रदेश सरकारको तयारी छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थप‘योजना कार्यान्वयन नहुँदा विकासमा पछि पर्यो कर्णाली’
जेठ १४, २०८१ सोमबार
रौतहटको श्रीराम चिनी मिल सञ्चालन गर्न कार्यदल गठन
जेठ ९, २०८१ बुधबार
धान रोप्ने खेत मासेर केरा खेतीमा नरेन्द्र
बैशाख २३, २०८१ आइतबार
सीमा सुरक्षा प्रहरी चौकी
नेपालबहस संवाददाता
जेठ १४, २०८१ सोमबार
फेरिए नारायणी अस्पतालको मेसु, डा.एनामुलले पाए जिम्मेवारी
आबिद हुसेन
जेठ १३, २०८१ आइतबार
प्रमुख प्रतिपक्षलाई तीन घण्टा संसदमा उभ्याएर बजेट ल्याउने तयारी
जेठ १४, २०८१ सोमबार
ढल्यो गण्डकी सरकार, पाण्डेलाई मुख्यमन्त्रीमा नियुक्त गर्न सर्वाेच्चको परमादेश
जेठ १४, २०८१ सोमबार
बजेटमा ६ प्रतिशत आर्थिक वृद्धि हासिल गर्ने लक्ष्य
जेठ १५, २०८१ मंगलबार
सुरक्षाकर्मीको सेवानिवृत्त उमेर पुनरावलोकन गरिने
जेठ १५, २०८१ मंगलबार
आगामी बजेटको आकार १८ खर्ब ६० अर्ब ३० करोड
जेठ १५, २०८१ मंगलबार
आलु, प्याज र स्याउलगायतका तरकारी र फलफूलमा लगाइएको भ्याट खारेज
जेठ १५, २०८१ मंगलबार
प्रधानमन्त्री छोरी आत्मनिर्भर कार्यक्रमका लागि १० करोड बजेट
जेठ १५, २०८१ मंगलबार
आगामी आर्थिक वर्षका लागि बढ्यो वनको बजेट
जेठ १५, २०८१ मंगलबार