धान रोप्ने खेत मासेर केरा खेतीमा नरेन्द्र
नेपालबहस संवाददाता
बैशाख २३, २०८१ आइतबार २१:४१:५९
२३ वैशाख, वेदकोट (कञ्चनपुर) । कञ्चनपुरको भीमदत्त नगरपालिका–१० तिलाचौरका नरेन्द्र साउदले डेढ बिघा जमिनमा केरा खेती लगाएका छन् । उनले दश वर्ष अघि देखि केरा खेती सुरु गरेका छन् । अहिले मुख्य आम्दानीको स्रोत केरा खेती बनेको छ । सुरुमा धान, गहुँ जस्ता अन्न बाली लगाउने खेत मासेर उनले केरा रोपेका हुन् ।
“सुरुमा तीन कट्ठा जग्गामा केरा लगाए । त्यसबेला बिउ पाइँदैनथ्यो, केराको बोटको गाना लगाउने गरिन्थ्यो,” उनले भने, “उत्पादन राम्रो भयो, त्यसपछि खेतीको क्षेत्रफल बढाएँ ।”
धान, गहुँ भन्दा फाइदा हुन थालेपछि अन्न बाली छोडेर उहाँ व्यावसायिक केरा खेतीमा लागेका हुन् । तिलाचौरमा उनको दुई बिघा जमिन छ । त्यसमध्ये डेढ बिघामा केरा खेती गरेका छन् । केरा खेतीमा नरेन्द्र र उनको श्रीमती आफै खटिन्छन् ।
“धान, गहुँ भन्दा आम्दानी राम्रो छ । केरा स्थानीय बजारमा सहजै बिक्री हुने गरेको छ,” उनले भने, “गोडमेलमा परिवारकै मानिस लाग्छौँ । आवश्यक परे कहिले मजदुर पनि लगाउने गरेका छौँ ।”
उत्पादित केरा यहाँको महेन्द्रनगर बजारमा बिक्री गर्ने गरिएको छ । केरा खेतीबाट वार्षिक रु चार लाखसम्म आम्दानी हुने गरेको नरेन्द्रको भनाइ छ । उनको दुई छोराछोरीसहित चार जनाको परिवार छ । केरा खेतीबाट कमाएकै पैसाले उनले जेठी छोरीको विवाह गरे ।
कान्छा छोरा रोशनलाई इन्जिनियर बनाउने उनको सपना छ । गाउँकै युवा वर्ष माध्यमिक विद्यालयबाट एसएलसी परीक्षा उत्तीर्ण गरेपछि छोरा रोशनलाई तीन वर्षदेखि पोखरामा इन्जिनियरिङ अध्ययन गराइरहेका छन् । “छोराले आंशिक छात्रवृत्तिमा नाम निकाल्यो । खेतीबाट हुने आम्दानीले छोराको बस्न, खान र पढाइको खर्च जोहो गरिरहेका छौँ,” नरेन्द्र भन्छन्, “वार्षिक रु दुई अढाई लाख उसका लागि छुट्याउनुपर्छ ।”
उनले बाख्रा र भैँसी पनि पालेका छन् । पशुपालनबाट हुने आम्दानीले घर खर्च त्यहाँबाट व्यवस्थापन हुने गरेको उनले बताए । वर्षोंदेखि केरा खेतीमा लागे पनि अहिलेसम्म सरकारबाट पाउने अनुदान तथा बिउविजन, मलखादमा केही नपाएको उनको गुनासो छ । कञ्चनपुरमा एक सय ५० हेक्टरभन्दा बढी क्षेत्रफलमा केरा खेती गरिन्छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपगण्डकीका मुख्यमन्त्री खगराज अधिकारीले आज विश्वासको मत लिँदै
बैशाख २३, २०८१ आइतबार
बागमती प्रदेशका सरकारी कार्यालयको बोर्ड तीन भाषामा
बैशाख १४, २०८१ शुक्रबार
बागमती प्रदेशसभा : हिउँदे अधिवेशनका ५७ दिनमा ६ बैठक मात्रै !
बैशाख १३, २०८१ बिहिबार
अवनतिको बाटो फेर्न लागेको राजनीति र सुरक्षा चासो
सुबोधकुमार अधिकारी
जेठ ४, २०८१ शुक्रबार
विद्यार्थी मृत फेला परेपछि आक्रोशित भिडद्वारा स्कुलमा आगलागी
नेपालबहस संवाददाता
जेठ ४, २०८१ शुक्रबार
डीआईजी बढुवाको छलाङले प्रहरीमा चरम नैराश्यता, विवादको घेरामा लामिछाने
जेठ ५, २०८१ शनिबार
ताइवानको संसदमा सांसदहरुबीच हानाहान !
जेठ ५, २०८१ शनिबार
तपाईको आजको राशीफल कस्तो छ ?
जेठ ६, २०८१ आइतबार
दुःखबाट मुक्ति पाउन मोहिनी एकादशी पर्व मनाइँदै
जेठ ६, २०८१ आइतबार
चेपाङ बस्तीमा प्राधिकरणले जब निःशुल्क मिटर बाँड्यो !!!
जेठ ६, २०८१ आइतबार
पानीका स्रोत सुक्न थालेपछि वन्यजन्तु समस्यामा
जेठ ६, २०८१ आइतबार
राप्रपाको केन्द्रीय समितिको बैठक आह्वान
जेठ ६, २०८१ आइतबार