महानगरको सीप मेला- १९ गतेसम्म फाराम भर्नेहरुको तालिम तालिका वैशाख २८ गतेभित्र उपलब्ध गराइने
नेपालबहस संवाददाता
बैशाख २२, २०८१ शनिबार १९:५:९
२२ वैशाख, काठमाडौं । ‘सीप मेला २०८१’ अन्तर्गत टुँडिखेलमा अहिले १० क्षेत्रका २९ पेसासँग सम्बन्धित तालिमहरू चलिरहेका छन् । हरेक दिन बिहान ८ बजेदेखि नै कक्षाहरू सुरु हुन्छन् ।
तालिम सञ्चालनसँगै अहिले आवेदकहरुको समूह विभाजन र कागजमा फाराम भर्नेहरूको विवरण कम्प्युटरमा प्रविष्टि गराउने काम भइरहेको छ ।
२ हजार ८१ जनालाई प्रशिक्षण दिने लक्ष्यसहित अनलाइन आवेदन माग गरिएको थियो । अनलाइनबाट फाराम भर्न कठिन हुनेहरूका लागि वडाबाट कागजमा फाराम भर्न सक्ने व्यवस्था गरिएको थियो । यससँगै शुभारम्भका दिन टुँडिखेलमा आएका सहभागीहरुको ठूलो संख्याले प्रशिक्षणको अवसरका लागि माग गरेपछि त्यहीबाट पनि फाराम भर्ने अवसर दिइएको थियो ।
यसरी लिइएको आवेदनमध्ये अनलाइनबाट करिब ५ हजार जनाले फाराम भरेका छन् । वडाहरूबाट करिब ३ हजार २ सय जनाको र टुँडिखेलमै आएर कागजमा फाराम भर्नेको संख्या १० हजार बढी छ ।
यसरी आएका मागलाई व्यवस्थापन गर्न तालिमलाई सीप मेलासँगै महानगरको गौरव योजना ‘रोजगारी र आय वृद्धि, काठमाडौँको समृद्धि’ कार्यक्रमसँग आबद्ध गरेर नियमित गरिने योजना बनाइएको, सीप मेला निर्देशक समितिका सदस्य सुदिप ढकालले जानकारी दिए ।
ढकालका अनुसार वैशाख १९ गतेभित्र फाराम भर्ने आवेदकलाई सीप मेलामा सहभागी गराइनेछ । उहाँहरूलाई वैशाख २८ गते शुक्रबारभित्र तालिम तालिका उपलब्ध गराइने योजना छ । २० गतेपछि फाराम भर्नेहरूको हकमा अर्को व्यवस्था गरिनेछ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपहरित रोजगारीका निम्ति कोरियाले ९८ लाख डलर दिने
जेठ २, २०८१ बुधबार
नेपालको वित्तीय सङ्घीयता कार्यान्वयनमा मध्यम प्रगति, प्रदेश र स्थानीय तह घाटामा
बैशाख ३१, २०८१ सोमबार
बेकरीबाट स्वदेशमै स्वरोजगारसँगै भारतीयलाई पनि जागिर
बैशाख २३, २०८१ आइतबार
अवनतिको बाटो फेर्न लागेको राजनीति र सुरक्षा चासो
सुबोधकुमार अधिकारी
जेठ ४, २०८१ शुक्रबार
विद्यार्थी मृत फेला परेपछि आक्रोशित भिडद्वारा स्कुलमा आगलागी
नेपालबहस संवाददाता
जेठ ४, २०८१ शुक्रबार
डीआईजी बढुवाको छलाङले प्रहरीमा चरम नैराश्यता, विवादको घेरामा लामिछाने
जेठ ५, २०८१ शनिबार
संसदीय छानबिन समितिको टीओआर बनाउन कानून मन्त्रीको संयोजकत्वमा कार्यदल गठन
जेठ ५, २०८१ शनिबार
ताइवानको संसदमा सांसदहरुबीच हानाहान !
जेठ ५, २०८१ शनिबार
सुनको मुल्य अहिलेसम्मकै उच्च, तोलामा १ लाख ४० हजारमा कारोबार
जेठ ६, २०८१ आइतबार
फिल्म ‘दान्भी’को पहिलो गीत ‘मायामा पूजा र कुन्साङको रोमान्स
जेठ ६, २०८१ आइतबार
चाबहिल चोकबाट गौशालातर्फ जाने सडक किनारका घरमा महानगरको डोजर
जेठ ६, २०८१ आइतबार
सहकारी प्रकरणको छानबिन गर्नेबारे साझा धारणा बनाउँदै विपक्षी दल
जेठ ६, २०८१ आइतबार
संसदीय समितिको कार्यादेश आज टुंगो लगाइने
जेठ ६, २०८१ आइतबार