एनआरएनए पोर्चुगलमा काङ्ग्रेसको वर्चस्व, अध्यक्षमा गैरे
नेपालबहस संवाददाता
भदौ १०, २०७६ मंगलबार १७:४३:१०
निर्मला तिवारी
स्पेन । गैह्रआवासिय नेपाली संघ राष्ट्रिय समन्वय परिषद पोर्चुगलको नेतृत्वसहित अधिकांश पदमा नेपाली काङ्ग्रेसका उम्मेदवारहरु विजयी भएका छन । संघको सातौं अधिवेशनमा काङ्ग्रेस एक्लै प्यानल बनाएर निर्वाचनमा होमिएको थियो भने नेकपा, आदिवासी जनजाती महासंघ तथा समाजवादी पार्टीले अर्को गठबन्धन बनाएका थिए ।
सन २०१९-२१ कार्यकालका लागि अध्यक्षमा काङ्ग्रेसका उम्मेदवार तिलकप्रसाद गैरेले करिब ३ मतान्तरले संयुक्त गठबन्धनका उम्मेदवार इश्वर रिजाललाई पराजित गरे । त्यस्तै, बरिष्ठ ऊपाध्यक्षमा काङ्ग्रेसका भिमसेन थापा चुनिए । उनले गठबन्धनका उम्मेदवार आनन्द गुरुङलाई हराए । दुई उपाध्यक्षमा काङ्ग्रेसका अशोक गुरुङ र मच्छिन्द्र अर्याल निर्वाचित भए । उनीहरुले गठबन्धनका पेमाछिरी शेर्पा र स्वतन्त्र उम्मेद्वार गणेश पाण्डेयलाई पराजित गरे ।
महासचिवमा भने संयुक्त गठबन्धनका हेमराज सुवेदी चुनिए । कांग्रेसका उम्मेद्वार प्रकाश कडरिया पराजित भए । कोषाध्यक्षमा काङ्ग्रेसका बिक्रमजङ कुँवर र युवा संयोजकमा काङ्ग्रेसकै दिनेश भण्डारी बिजयी भए । यसअघि नै महिला उपाध्यक्षमा सीता श्रेष्ठ, महिला संयोजकमा सुशीला थापा, सचिवमा यामिन्द्र घर्ती र प्रकाश ढकाल तथा सहकोषाध्यक्षमा तिलक कँडेल निर्विरोध निर्वाचित भएका थिए । कार्यसमितिका १५ सदस्य पनि निर्विरोध भए ।
आईतवार सम्पन्न निर्वाचनमा अन्तराष्ट्रिय समन्वय परिषद सदस्यमा काङ्ग्रेसका रविन अधिकारी र नारायणकाजी मगर निर्वाचित भए । संयुक्त गठबन्धनका गोविन्द सापकोटा र धन शेर्पा पराजित भए ।
मतगणनापछि आयोजित समारोहमा नेपाली काङ्ग्रेसका नेता बीरबहादुर बलायरले निर्वाचित पदाधिकारी तथा सदस्यहरुलाई प्रमाणपत्र प्रदान गरे भने संघका अन्तर्राष्ट्रिय परिषद उपाध्यक्ष कुल आचार्यले शपथग्रहण गराए । पोर्चुगलमा नेतृत्व सहित यति धेरै पदमा निर्वाचन भएको पहिलो पटक हो । कार्यक्रममा निर्वाचन समिति संयोजकमा अशोक घिमिरेले मत परिणाम घोषणा गरेका थिए ।
घोषणा समारोहमा काङ्ग्रेसका नेता बलायरले राजनीतिक आस्थाका आधारमा नभई नेपालीपन र सेवाभावका आधारमा काम गर्न सुझाए । उनले गैह्रआवाशीय नेपालीहरुको समस्या समाधानका लागि नेपाल सरकारले र पार्टीले लिनुपर्ने नीतिका बारेमा सुझाव दिन आग्रह गरे । त्यस्तै, संघका उपाध्यक्ष आचार्यले गैर आवाशीय नागरिकता मुद्दा र संघले गरिरहेका प्रयास बारे जानकारी दिए । उनले संघको नेतृत्वको लागि दाबी गर्दै सहयोग गर्न आग्रह गरे ।
कार्यक्रममा पोर्चुगलका लागि नेपाली अबैतनिक वाणिज्यदुत मकर हमालले नयाँ नेतृत्वलाई सहयोग गर्न आफू तयार रहेको बताउदै समस्या समाधानका लागि एकजुट हुन आग्रह गरे । सोही कार्यक्रममा निवर्तमान अध्यक्ष कुबेर कार्कीले नव निर्वाचित समितिलाई कार्यभार हस्तान्तरण गरे ।
करिब २५ हजारको संख्यामा नेपाली पोर्चुगलमा रहेको अनुमान छ । संघमा भने करिब २१ सय सदस्य छन् । ती मध्ये १३९८ सदस्यले मतदान गरेका थिए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपकिर्गीस्तानमा रहेका नेपालीलाई घरबाहिर ननिस्कन आग्रह
जेठ ६, २०८१ आइतबार
राजदूत खत्रीसँग शिविर सञ्चालन नगरेको नेजाको गुनासो
बैशाख २४, २०८१ सोमबार
नेजालाई युएन मिसनसँग मिलेर अगाडि बढ्न राजदुत थापाको आग्रह
बैशाख २४, २०८१ सोमबार
अवनतिको बाटो फेर्न लागेको राजनीति र सुरक्षा चासो
सुबोधकुमार अधिकारी
जेठ ४, २०८१ शुक्रबार
विद्यार्थी मृत फेला परेपछि आक्रोशित भिडद्वारा स्कुलमा आगलागी
नेपालबहस संवाददाता
जेठ ४, २०८१ शुक्रबार
तपाईको आजको राशीफल कस्तो छ ?
जेठ ६, २०८१ आइतबार
ट्राफिक प्रहरी जवानको हत्या आरोपमा ६ जना पक्राउ
जेठ ६, २०८१ आइतबार
हावाहुरीले उदयपुरमा करोडौँको क्षति
जेठ ६, २०८१ आइतबार
७५ प्रतिशत नागरिक उच्च गुणस्तरको खानेपानीको पहुँच बाहिर
जेठ ६, २०८१ आइतबार
बर्दियामा मृतावस्थामा पाटेबाघ फेला पर्यो
जेठ ६, २०८१ आइतबार
बर्दियामा मृतावस्थामा पाटेबाघ फेला प¥यो
जेठ ६, २०८१ आइतबार
कञ्चनपुरको न्यायिक समितिमा इजलास र जनशक्ति अभाव
जेठ ६, २०८१ आइतबार
बिआरआई कार्यान्वयन योजना अन्तिम चरणमा
जेठ ६, २०८१ आइतबार
संसदीय छानबिन समिति गठन नभएसम्म संसद् बैठकमा अवरोध जारी रहन्छ : कांग्रेस
जेठ ६, २०८१ आइतबार