भाइरसबाट बच्ने उपायहरुको सहजीकरण गर्न लघुवित्त संघ नेपालको आब्हान
नेपालबहस संवाददाता
चैत २९, २०७६ आइतबार २:१०:५५
२९ चैत्र, काठमाडौं । विश्वव्यापी संकटको रुपमा देखा परेको कोरोना भाइरस (COVID-19) का कारण दिन प्रतिदिन महामारी बढ्दै गएकाले यसबाट बच्नका लागि अभियानहरु संचालन भइरहेका छन् ।
यस घडिमा सबैजना सचेत भई आपसी एकता, स्वअनुशासन र सतर्कताबाट यो संकटलाई पार लगाउनु पर्ने आजको आवश्यकता छ । कोरोना भाइरसको संक्रमण फैलिन नदिन नेपाल सरकारले गरेका निर्णयहरुको पालना गर्दै सावधानीका सम्पूर्ण उपायहरु अवलम्बन गर्न अत्यन्तै जरुरी छ ।
यस जटिल परिस्थितीको समाना गर्न उच्च मनोबल, सहयोगी भावना र सावधानीका उपायहरु तथा सही उपचार बिधिको परिपालनाका गर्दै सबै एकजुट हुनु पर्दछ । सचेतना र सावधानीका साथ लघुवित्त वित्तीय संस्थाका संचालक, कर्मचारी, केन्द्र-समुहका सदस्यहरुमा कोरोना भाइरसबाट बच्ने उपायहरुको सचेतनाको सहजीकरण र अवलम्बन गर्न लघुवित्त संघ नेपालले आब्हान गरेको छ ।
संकटका यो बेला लघुवित्त वित्तीय संस्थाहरुले आफ्ना सेवाग्राहीलाई थप साथ र सहयोग प्रदान गर्नुपर्दछ । त्यो जिम्मेवारीलाई पुरा गर्न, स्वास्थ्य संवेदनशिलतालाई ध्यानमा राख्दै आ–आफनो ठाउँबाट सेवा प्रवाह गर्न सबैमा अनुरोध छ । वित्तीय क्षेत्रको अभिभावक नेपाल राष्ट्र बैंकले समेत सेवा प्रवाह र सतकर्तालाई जोड दिएकाले सोही मर्मअनुसार गर्न-गराउनुहन सबैमा अनुरोध गरेको अध्यक्ष जगतबहादुर पोखरेलले बताए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपविनिमय दर: डलर स्थिर रहँदा युराे र पाउण्ड घट्याे
बैशाख २०, २०८१ बिहिबार
विदेशी मुद्राको विनिमय दर : आज कतिमा हुँदैछ कारोबार ?
बैशाख १७, २०८१ सोमबार
यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर
बैशाख १३, २०८१ बिहिबार
अवनतिको बाटो फेर्न लागेको राजनीति र सुरक्षा चासो
सुबोधकुमार अधिकारी
जेठ ४, २०८१ शुक्रबार
विद्यार्थी मृत फेला परेपछि आक्रोशित भिडद्वारा स्कुलमा आगलागी
नेपालबहस संवाददाता
जेठ ४, २०८१ शुक्रबार
हावाहुरीले उदयपुरमा करोडौँको क्षति
जेठ ६, २०८१ आइतबार
तपाईको आजको राशीफल कस्तो छ ?
जेठ ७, २०८१ सोमबार
गोदावरीको हाटखोली आन्तरिक पर्यटकको रोजाइमा
जेठ ७, २०८१ सोमबार
कांग्रेससहित विपक्षी दलहरुले गरे संसद अवरोध, १५ मिनेटका लागि बैठक स्थगित
जेठ ७, २०८१ सोमबार
सुनको मूल्य तोलामा नौ सयले बढ्यो, चाँदीको कति ?
जेठ ७, २०८१ सोमबार
चर्चित कथा वाचक साइग्रेसको कथा 'अधुरो प्रेम'मा चलचित्र बन्दै
जेठ ७, २०८१ सोमबार
प्रदीप खड्का : रोमान्टिक हिरोबाट ‘पुजार सार्की’को मैतबहादुरसम्म
जेठ ७, २०८१ सोमबार
विष्णुमती नदीमा पानीको सतह बढ्यो
जेठ ७, २०८१ सोमबार