बलिउड अभिनेत्री कंगनालाई ‘वाई’ श्रेणीको सुरक्षा
नेपालबहस संवाददाता
भदौ २३, २०७७ मंगलबार १५:२३:४५
२३ भदौ, एजेन्सी । बलिउड अभिनेत्री कंगना रनावत र भारतीय शिव सेना नेता सञ्जय राउतबीचको विवाद चुलिँदै गएपछि भारतको केन्द्रीय गृह मन्त्रालयले कंगनालाई वाई श्रेणीको सुरक्षा प्रदान गरेको छ।
कंगनाका पिताले आफ्नी छोरीको सुरक्षा माग गरेपछि हिमाञ्चल प्रदेशले पनि कंगना रनँवतलाई सुरक्षा दिने घोषण गरेको थियो। जी न्युजको अनलाइन संस्करणमा जनाइएअनुसार हिमाञ्चल प्रदेशका मुख्यमन्त्री जयराम ठाकुरले राज्यले कंगनाको सुरक्षाको निर्णय लिएको र उनको मुम्बई यात्रामा पनि सुरक्षा दिने घोषणा गरेको पनि विवाद बढ्दै जाँदा उनलाई केन्द्रीय गृहमन्त्रालयले सुरक्षा प्रदान गरेको हो।
गृह मन्त्रालयको सूत्रलाई उद्धृत गर्दै समाचारमा कंगनाले २ जना पर्सनल सेक्युरिटी अफिसर र ११ जना सुरक्षाकर्मी रहने जनाइएको छ। केही दिनयता कंगना र भारतीय शिव सेना नेता सञ्जय राउतको विवाद चुलिएपछि कंगनाले आफूलाई निकै धम्की आएको दाबी गरेकी थिइन्।
सुशान्तसिंह राजपुत मुद्दामा कंगनाले शिवसेनाको नेतृत्वमा रहेको महाराष्ट्र सरकारमाथि प्रश्न उठाएकी छन्। शिवसेना नेता तथा राज्य सभा सांसद सञ्जय राउतसँग त उनको जुहारी नै चलेको छ। राउतसहित शिवसेनाका नेताहरुले कंगनालाई मुम्बई नै नआउन भने। कंगनाले पनि हिम्मत भए रोकेर देखाउन चुनौती दिइन्।
विवादबीच सञ्जयका समर्थकहरूले कंगनालाई मार्ने धम्की समेत दिएका छन्। कंगनाविरुद्ध पुत्ता जलाउँदै प्रदर्शन पनि गरेका छन्। यस्तोमा ९ सेप्टेम्बर अर्थात बुधवार मुम्बई फर्किन लागेकी कंगनाको सुरक्षामा केन्द्र सरकारले एक कमाण्डोसहित ११ सैनिक खटाएको हो। अब कंगना मुम्बई एयरपोर्टमा उत्रिने वित्तिकै उनको साथमा सुरक्षाकर्मी खटिनेछन्।
वाई श्रेणीको सुरक्षा भिआइपीलाई दिइन्छ। दुई कमाण्डो र २ पीएसओ संलग्न हुने सुरक्षा टिममा कुल ११ जना सुरक्षाकर्मी खटिन्छन्। कंगनाले सुशान्तको मुद्दामा महाराष्ट्र सरकारको दबाबमा मुम्बई पुलिसले निष्पक्ष छानविन नगरेको आरोप लगाउँदै आएकी छन्।
अनुसन्धानमा लापरवाही र ड्रग्स कनेक्शनमा पनि मुम्बई पुलिस चुकेको भनेपछि महाराष्ट्र सरकार प्रतिरक्षामा उत्रियो। केन्द्र सरकारबाट सुरक्षा पाएपछि कंगनाले ट्वीटरमार्फत गृहमन्त्री अमित शाहलाई धन्यवाद दिएकी छन्।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपअनन्त-राधिकाको दोस्रो प्रि-वेडिङ समारोहमा हलिउड गायिका केट पेरीको परफरमेन्स
जेठ १८, २०८१ शुक्रबार
एनिमल पछि बलिउडमा चम्किएकी तृप्ति
जेठ १७, २०८१ बिहिबार
प्रभासको निर्देशकसँग मतभेदपछि सलारको दोस्रो भाग अनिश्चित !
जेठ १३, २०८१ आइतबार
घट्यो पेट्रोलियम पदार्थको मूल्य, ग्यासको यथावत
जेठ १८, २०८१ शुक्रबार
दरबार हत्याकाण्ड: जमिम शाहले भने, ‘आज ठूलै घटना भएको छ, पत्रिका प्रेसमा नपठाउनु’
जेठ १९, २०८१ शनिबार
तपाईको आजको राशीफल कस्तो छ ?
जेठ १९, २०८१ शनिबार
‘बेहुली फ्रम मेघौली’ को पोस्टर सार्वजनिक, ट्रयाकटर चलाउदै स्वस्तिमा
जेठ १९, २०८१ शनिबार
अत्यधिक गर्मीले बर्दियाका विद्यालय थप तीन दिन बन्द
जेठ १९, २०८१ शनिबार
चुरे संरक्षण पदयात्रा टोलीद्वारा काठमाडौंमा र्याली
जेठ १९, २०८१ शनिबार
हमासको अन्त्य नभएसम्म गाजा युद्ध अन्त्य नहुने नेतान्याहुको दावी
जेठ १९, २०८१ शनिबार
अब छोराछोरीको कमाइको १० प्रतिशत बाबुआमालाई दिनुपर्छ: मन्त्री चौधरी
जेठ १९, २०८१ शनिबार