अक्टुबरमा ‘इन्दुकी जवानी’ रिलिज हुने
नेपालबहस संवाददाता
भदौ ३०, २०७७ मंगलबार २०:४३:२१
३० भदौ, दिल्ली । विगत ६ महिनादेखि भारतका चलचित्र भवनहरु बन्द छन् । चलचित्र भवन बन्द हुँदा अधिकांश चलचित्रका निर्माताले डिजिलट प्लेटफर्मलाई नयाँ विकल्पको रुपमा लिए र चलचित्र विक्री गरे ।
लकडाउन अगाडि निर्माण भएर प्रदर्शनका लागि तयार भएका अधिकांश बलिउड चलचित्र डिजिटल माध्यमबाट रिलिज भैरहेका छन् । थोरै मात्र चलचित्रले हल रिलिजका लागि समय पर्खिरहेका छन् । भारतमा अक्टुबरदेखि हल खुल्ने अपेक्षा निर्माताहरुको छ । भारतका हल संचालक तथा निर्माताले पनि अब चलचित्रको काम सुचारु गर्नका लागि सरकारसँग अपिल गरिरहेका छन् ।
यसैविच, नायिका कियरा अडवानी अभिनित चलचित्र ‘इन्दु कि जवानी’ अक्टुबरमा रिलिज गर्ने घोषणा यसका निर्माताले गरेका छन् । आउँदो महिना हलमै चलचित्र रिलिज गर्ने घोषणा निर्माताले गरेसँगै बलिउडको माहोल तातिएको छ । भारतका चलचित्र प्रदर्शकहरुले सेप्टेम्बरबाट नै हल खुल्ने अपेक्षा गरेका थिए । तर, यो संभव नभएकाले अक्टुबरदेखि हल खुल्छ भन्ने उनीहरुको आशा छ ।
चलचित्र नै नभएको अवस्था र लामो समयदेखि हलमा जान नपाएका दर्शकको उत्सुकतालाई ध्यानमा राख्दै कियरा अभिनित चलचित्रका निर्माताले फाइदा उठाउन खोजेका छन् ।
कोरोनाले प्रभावित अधिकांश देशमा चलचित्र भवन खुलिसकेका छन् भने नयाँ चलचित्र पनि रिलिज भैरहेका छन् । यसैले पनि भारतका प्रदर्शकले सरकारसँग हल खुलाउन अपिल गरेका छन् । एजेन्सी
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपअनन्त-राधिकाको दोस्रो प्रि-वेडिङ समारोहमा हलिउड गायिका केट पेरीको परफरमेन्स
जेठ १८, २०८१ शुक्रबार
एनिमल पछि बलिउडमा चम्किएकी तृप्ति
जेठ १७, २०८१ बिहिबार
प्रभासको निर्देशकसँग मतभेदपछि सलारको दोस्रो भाग अनिश्चित !
जेठ १३, २०८१ आइतबार
दरबार हत्याकाण्ड: जमिम शाहले भने, ‘आज ठूलै घटना भएको छ, पत्रिका प्रेसमा नपठाउनु’
जेठ १९, २०८१ शनिबार
तपाईको आजको राशीफल कस्तो छ ?
जेठ १९, २०८१ शनिबार
किसानलाई आत्मनिरर्भर बनाउन निःशुल्क धानको बीउ वितरण
जेठ १९, २०८१ शनिबार
बङ्गलादेशमा दुई करोड बालबालिकालाई भिटामिन ‘ए प्लस’ क्याप्सुल वितरण
जेठ १९, २०८१ शनिबार
‘संसद्ले कार्यपालिकालाई निगरानी गर्न नसके लोकतन्त्रमाथि खतरा’
जेठ १९, २०८१ शनिबार
सार्वजनिक यातायातलाई अपाङ्ग तथा अशक्तमैत्री बनाउन निर्देशन
जेठ १९, २०८१ शनिबार
चीनद्वारा बालबालिकाका लागि २१ औषधि बजारमा पठाउन अनुमति
जेठ १९, २०८१ शनिबार
खानेपानीका लागि महोत्तरीका महिलाहरु रातभर जाग्राम
जेठ १९, २०८१ शनिबार
वर्षा भएसँगै देशभर तापक्रम घट्यो, कहाँ कति छ ?
जेठ १९, २०८१ शनिबार