भ्रष्टाचारविरुद्ध ओली कथनले लज्जित समाज
नेपालबहस संवाददाता
मंसिर २४, २०७७ बुधबार २०:९:३०
सम्पादकीय
२४ मंसिर, काठमाडौं । आज डिसेम्बर ९ अर्थात, भ्रष्टाचारविरुद्धको अन्तर्राष्ट्रिय दिवस । सुशासन र पारदर्शिता अपनाउन विश्वभरि आज विशेष कार्यक्रम गरिन्छ । नेपालमा पनि यो दिवस धुमधामले नै मनाउने चलन कायमै छ । यद्यपि ट्रान्सपरेन्सी इन्टरनेसनलले हालै गरेको ग्लोबल करप्सन ब्यारोमिटर इन्डेक्समा नेपाल भ्रष्टहरुको सूचीमा एसियामै अग्रस्थानमा रहेको विवरण दिएको छ ।
तर नेपाल कम्युनिष्ट पार्टीका अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी ओली भने ट्रान्सपरेन्सीको प्रतिवेदन खारेज गर्न अग्रसर भएका छन् । उनले आफ्नो कार्यकालमा सुशासन र पारदर्शिताको नयाँ कीर्तिमान कायम गरेको दाबी गर्ने गरेका छन् । त्यसैले आज सबैभन्दा पहिला ओलीलाई नै यो दिवसले घच्घच्याएको थियो । सखारै उनले वक्तव्य जारी गराए–म भ्रष्टाचार गर्दिन र भ्रष्टाचार गर्न पनि दिन्न । यो संकल्पलाई दृढतापूर्वक लागू गर्छु । ओलीको यो शुभकामना वक्तव्यले कतिलाई कस्तो सन्देश दियो होला तर आम नेपालीले भने कुरीकुरी गर्नुपर्ने अवस्था बन्यो ।
किनभने ओली एसियाकै भ्रष्ट सरकारका नाइके हुन् भनेर प्रतिवेदन सार्वजनिक भैसकेकाे छ । आफूलाई मन पर्दैन भन्ने निहुुँमा प्रतिवेदन नै खारेज गर्दिन्छु भनेर धर पाइला त ? ओली कार्यकालमा भएका डरलाग्दा भ्रष्टाचारका घटना आमजनतालाई हेक्का छ । भ्रष्टाचार गर्दिन , अरुलाई गर्नपनि दिन्न भन्नेले यति होल्डिङस्देखि ओम्नी समूहका संरक्षक ईश्वर पोखरेल र विष्णु रिमाललाई के कारबाही भयो जनता जान्न चाहन्छन् ?
ओली नेतृत्वको वर्तमान सरकार यो दिशामा ज्यादै फितलो छ । त्यसैले ओलीले भ्रष्टाचारविरोधी हुँ भन्दा मानिस उल्टो लजाउनुपर्ने अवस्था छ, लोकले ओलीको बोली पत्याएको छैन् । तर सत्तामा रहँदा सबै अन्धा हुन्छन्, त्यसैले उनलाई लागेको होला, मैले बोलेपछि त जनताले पत्याइहाल्छन् ।
यस्तै, सेक्युरिटी प्रेस खरिद प्रकरणमा ७० करोड रुपैयाँको मोलमोलाई गर्ने तत्कालिन सूचना प्रविधि तथा सञ्चारमन्त्री गोकुल बाँस्कोटा कारबाहीको दायरा आए त ? बरु ओलीले पहिल्यै अदालत र अख्तियारलाई प्रभावित पार्ने गरी भने, त्यो सबै वाहियात, अर्काको आवाज डब गरेर फसाउन खोजिएको हो । भ्रष्टाचारीलाई कारबाहीको सट्टा उल्टो न्यायधीशको भूमिकामा देखापरे ओली । तर ओली त्यसलाई उधिन्ने प्रतिवेदन चाहिं खारेज गर्छन् ।
वाइज बडी वा न्यारो बडी जहाज खरिद प्रकरण होस् वा बालुवाटार जग्गा काण्ड हुन् तिनका नाइकेहरु ओलीकै छत्रछायाँमा छन् । ललितानिवास काण्डका मुख्यनाइके विष्णु पौडेललाई कारबाहीको बदला उनले उल्टो अर्थमन्त्री बनाएर पुरष्कृत गरेका छन् । तर उनी आफूलाई भ्रष्टाचार नगर्ने र गर्न पनि नदिने नेता ठान्छन् । दुनियाँले कसरी हेरेका छन्, त्यसको हेक्का उनलाई छैन् ।
नेपाल जस्ता मुलुकमा भ्रष्टाचार संस्थागत रुपमै हुने गर्छन् । त्यसका अनेक कारण छन् । जसमध्ये एउटा चाहिं हामीले अपनाएको चुनावी प्रकृया पनि एउटा हो । चुनाव लड्न उमेदवारले करोडौं खर्च गर्छ । त्यसको पारदर्शिता कहिल्यै हुँदैन । खर्च गरेर सत्तामा पुगेपछि उसले स्वभाविक रुपमा उठाउन खोज्छ । जसले भ्रष्टाचार बढावा गर्छ । ओलीले बाहिर जतिसुकै चिप्ला कुरा गरेपनि उनी आउने चुनावमा आफू र आफ्ना गुटका मानिसलाई जिताउन पैसाको जोहो गर्दैछन् । त्यो पैसा कहाँबाट आउँछ छ त ? भन्दा यति होल्डिङ र ओम्नी समूहमार्फत ।
अर्काे कारण हो, भ्रष्टाचार निवारणका लागि स्थापित संस्थाहरुमा अति राजनीतिकरण । चाहे अख्तियार दुुरुपयोग अनुुसन्धान आयोग होस् वा सम्पति शुद्धिकरण वा राष्ट्रिय सतर्कता केन्द्र, यी सबै सत्ताको छायाँमा पर्ने गर्छन् । हालै अख्तियारबाट निवृत भएका प्रमुख आयुक्त नबिनकुमार घिमिरेको कुन रुपमा बहिर्गमन भयो, त्यो सबैलाई थाहा छ ।
उनले अख्तियारलाई यति निरीह र कमजोर बनाए की अब त्यो संस्थाको साख पुरानो अवस्थामा पुर्याउन ठूलै मेहनत गर्नुपर्छ । ओलीको तलुवा चाट्ने कार्यकर्ताकै रुपमा उनी बद्नाम भएर बाहिरिए । अरु संस्था त सोझै सरकारी कर्मचारीले नेतृत्व गर्ने प्रकृतिका छन् ।
भ्रष्टाचार लगातार बढ्नुको अर्काे कारण हो, अपराधीहरुको पहुँच सत्तामा हुनु । ठूल्ठूला भ्रष्टाचारका घटनाहरू राजनीतिक संरक्षणमा दबाइएका छन् । त्यसैले राजनीतिकर्मीले अपराधिक समूहसँगको हिमचिम चटक्कै बन्द गर्न सक्नुपर्छ । भ्रष्टहरु स्वभाविक रुपमा शक्तिशाली हुन्छन् , किनभने उनीहरुसँग स्रोत र साधन पर्याप्त हुन्छ । त्यो प्रभावबाट राजनीतिक क्षेत्र मुक्त हुन सक्यो भने मात्र भ्रष्टाचार नियन्त्रण गर्न सकिन्छ । तर ओली नेतृत्वको सरकार भने भ्रष्ट र अपराधीकै संरक्षणमा लागिपरेको छ ।
अर्को महत्वपूर्ण पक्ष भनेको हाम्राे सामाजिक संरचना नै हाम्रो भ्रष्टाचारमुखी छ । किनभने सम्पतिवालाले समाजमा उच्च हैसियत र सम्मान पाउँछन् , चाहे त्यो पैसा भ्रष्टाचार गरेर नै कमाएको किन नहोस् । जबसम्म समाजले भ्रष्टहरुलाई तिरस्कार गर्ने संस्कार बसाल्दैन, तबसम्म भ्रष्टाचार घट्ला भन्नु मूर्खता हुुनेछ ।
साथै, सरकारले गर्ने व्यवहारपनि त्यस्तै हुनु आवश्यक छ । समाजमा जनताकाे हैसियत बनाइदिने काम सरकारले गर्ने हो । तर ओली नेतृत्वको वर्तमान सरकार यो दिशामा ज्यादै फितलो छ । त्यसैले ओलीले भ्रष्टाचारविरोधी हुँ भन्दा मानिस उल्टो लजाउनुपर्ने अवस्था छ, लोकले ओलीको बोली पत्याएको छैन् । तर सत्तामा रहँदा सबै अन्धा हुन्छन्, त्यसैले उनलाई लागेको होला, मैले बोलेपछि त जनताले पत्याइहाल्छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपनयाँ वर्षमा सबैको कामना, हाम्रा नेतामा सद्बुद्धि पलाओस् !
बैशाख १, २०८१ शनिबार
शान्ति, सम्बृद्धि, सुशासन र सहमतिको वर्ष बनोस् २०८० !
बैशाख १, २०८० शुक्रबार
इतिहास र बाह्य आलोकमा राष्ट्रिय मेलमिलाप तथा एकता दिवस
पुष १८, २०७८ आइतबार
आइतबार नै नेकपा एस विभाजन गराउने रणनीति थियो, संख्या नपुग्दा रोकियो
नेपालबहस संवाददाता
बैशाख २४, २०८१ सोमबार
दुई महिना कै बीचमा इलाम र सिराहाका प्रहरी प्रमुख फेरिए
नेपालबहस संवाददाता
बैशाख २४, २०८१ सोमबार
ओली भष्मासुर हुन, सिध्याउनुपर्छ भन्थे, उनैलाई सिध्याए
केदार भट्टराई (काका)
बैशाख २४, २०८१ सोमबार
३ अर्बको ऋणपत्र निष्कासन गर्दै नबिल बैंक, बिक्री प्रबन्धकमा नेपाल एसबीआई मर्चेण्ट बैंकिङ
बैशाख २६, २०८१ बुधबार
एकसाता अघि कलंकीबाट हराएकी स्नेह पशुपतिमा भेटिइन्
बैशाख २६, २०८१ बुधबार
महाकाली नदीको टापुमा १४ वटा ट्र्याक्टरसहित थुनिए २७ जना भन्दा बढी मजदुर
बैशाख २६, २०८१ बुधबार
त्रिभुवन विमानस्थलमा पार्किङमा राखिएका विमानहरु
बैशाख २६, २०८१ बुधबार
यात्रु भएर गृहसचिव विमानस्थल छिर्दा ...
बैशाख २६, २०८१ बुधबार
गृृहमन्त्री रविको बचाउ प्रकरणले महान्यायाधिक्ता विवादमा
बैशाख २६, २०८१ बुधबार
१० महिनामा चितवन राष्ट्रिय निकुञ्जबाट ६ वटा बाघ मृतवस्थामा भेटिए
बैशाख २६, २०८१ बुधबार
अछाम र बाजुरामा विद्युत सेवा बन्द
बैशाख २६, २०८१ बुधबार