हुन्डाई आई २० का नयाँ मोडल नेपाली बजारमा, स्पोर्टी डिजाइनमा म्याग्ना र स्पोर्टस् अप्सनका कार आकर्षक र सुन्दर
नेपालबहस संवाददाता
साउन २४, २०७८ आइतबार २१:५७:४३
२४ साउन, काठमाडौं । नेपालको लागि हुन्डाईको आधिकारीक विक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले पछिल्लो उत्पादन अल न्यू हुन्डाई आई २० नेपाली बजारमा भित्र्याएको छ ।
हुन्डाई आई २० आकर्षक र उत्कृष्ट डिजाइनको लागि सुरुदेखिनै परिचित मोडल हो । कम्पनीले नयाँ जेनेरेशन मोडल यूरोपियन स्पेकबाट प्रेरित रहेर उत्पादन गरेकाले यसले बजारमा अलगै छाप छोड्ने निश्चित देखिएको छ ।
नयाँ जेनेरेशन आई २० मा हुन्डाईको चर्चित र सफल कप्पा इन्जिन दिएको छ । उक्त इन्जिनले अधिकतम ६००० आरपीएममा ८३ पीएस पावर प्रदान गर्नेछ । उक्त इन्जिनमा म्यानुयल गियरबक्स दिइएको छ ।
निकै स्पोर्टी डिजाइनमा आएको नयाँ आई २० को बाहिरी आवरण निकै आकर्षक र सुन्दर देखिन्छ । प्रोजेक्टर हेडल्याम्प, जेड आकारको एलइडी टेल ल्याम्प, फ्लाईव्याक रियर ग्लाससहितको क्रोम बेल्टलाइन, स्लीक लुकिङ ग्लास, सार्क फिन एन्टेना, १६ इन्चको अलोय ह्वील जस्ता विशेषताले यसलाई सडकमा निकै विशिष्ठ बनाउने छ ।
व्ल्याक कलर इन्टेरियर, उत्कृष्ट सिट, फुल डिजिटल इन्ट्रमेन्ट क्लष्टर, ठूलो इन्फोटेन्टमेन्ट सिस्टम, मल्टी फङ्सनल स्टेरिङ ह्वील, आर्म रेष्ट जस्ता फिचरले आई २० लाई निकै विलासी र प्रिमियम गाडी बनाएको छ । विभिन्न ६ कलर भेरियन्टमा उपलब्ध नयाँ जेनेरेशन आई २० टाइफुन सिल्वर, टाइटन ग्रे, मेटालिक ग्रे, स्टार्री नाइट, पोलार ह्वाइट र फायरी रेडमा उपलब्ध रहने छ ।
यात्रु सुरक्षाको लागि आई २० मा हुन्डाईले धेरै फिचर प्रदान गरेको छ । ड्यूल एयरव्याग, एबीएस, इबीडी, आपतकालीन स्टप सिग्नल (इएसएस) र स्मार्ट पेडल जस्ता फिचर रहेका छन् । अतुलनिय ड्राइभिङ एक्स्पेरिएन्स, उत्कृष्ट पावर र पर्फमेन्स, एप्पल कार प्ले र एन्ड्रोइट अटो सपोर्ट गर्ने टच स्कृन इन्फोटेन्टमेन्ट सिस्टम, टायर प्रेसर मोनिटरिङ सिस्टम, रिअर आर्म रेस्ट, रियर एसी भेन्ट्सले चालक र यात्रु दुबैलाई मनोरञ्जन सहितको यात्रा प्रदान गर्नेछ ।
हुन्डाई आई २० म्याग्ना र स्पोर्टस् अप्सनमा उपलब्ध हुने कम्पनीले जनाएको छ । म्याग्ना अप्सनको मूल्य ३६ लाख ९६ हजार र स्पोर्टस् अप्सनको मूल्य ४१ लाख ९६ हजार राखिएको छ । हुन्डाईको नयाँ जेनेरेशन आई २० लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिको देशभर रहेका १४ वटै शोरुमाबाट विक्री सुरु भएको छ । विक्रीपछिको सेवाको लागि १८ वटा सर्भिस सेन्टरहरुमार्फत ग्राहकलाई सेवा प्रदान गर्दै आएको कम्पनीको दावी छ ।
हुन्डाई मोटरका उत्पादन नेपालमा सर्वाधिक बिक्री हुने कम्पनीमा पर्छ भने विश्वकै ५ औं ठूलो अटोमोवाइल उत्पादक कम्पनी हो । कम्पनीले ल्याएका उत्कृष्ट मोडलहरुले विश्वभर रहेका करोडौं ग्राहकको मन र विश्वास जित्न सफल भएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थप‘विद्युतीय सवारीसाधनको प्रयोग बढाउन आवश्यक’
जेठ ४, २०८१ शुक्रबार
व्यवसायी घराना ज्योति समूहमाथि चौधरीको आक्रमण, मोटोकर्पका सबै कारोबारमा सिजीको हस्तक्षेप
बैशाख १५, २०८१ शनिबार
इ भी नेपाल मोटर्सको ल्यायो भ्यालेन्टाइन स्किम
फागुन १, २०८० मंगलबार
सशस्त्रमा आईजीपी अर्याल विरुद्ध मोर्चाबन्दी !
नेपालबहस संवाददाता
जेठ १६, २०८१ बुधबार
झापामा हुरीबतासले करोडौँको क्षति, विद्युत् आपूर्ति बन्द
नेपालबहस संवाददाता
जेठ १६, २०८१ बुधबार
बजेट सच्याउने निर्णय गराएर करका दरमाथि खेल्दै अर्थमन्त्री, 'टाइपिङ इरर' भएको बहाना
जेठ १८, २०८१ शुक्रबार
तपाईको आजको राशीफल कस्तो छ ?
जेठ १८, २०८१ शुक्रबार
कांग्रेस मात्रै लोकतान्त्रिक पार्टी हो : नेता निधि
जेठ १७, २०८१ बिहिबार
एन्टीथेसिसः दाहालको ‘थेसिस’ असफल, संविधानको अन्तरवस्तुमा संशोधनको बहस अपरिहार्य
जेठ १८, २०८१ शुक्रबार
नेपालमा धूमपान र सुर्तीजन्य पदार्थको प्रयोगबाट मुखको क्यान्सर बढ्दै
जेठ १८, २०८१ शुक्रबार
अनन्त-राधिकाको दोस्रो प्रि-वेडिङ समारोहमा हलिउड गायिका केट पेरीको परफरमेन्स
जेठ १८, २०८१ शुक्रबार
काठमाडौं उपत्यकाभित्र त्रिविको सम्पत्ति खोजबिन गर्न पूर्वसचिवको संयोजकत्वमा समिति गठन
जेठ १८, २०८१ शुक्रबार
गृहमन्त्रीको फन्टुस निर्णयविरुद्ध सर्वोच्चमा रिट, आइतबार प्रारम्भिक सुनुवाइ हुने
जेठ १८, २०८१ शुक्रबार
यस्ता छन् मन्त्रिपरिषद् बैठकका २६ निर्णय ( हेर्नुस सुचिसहित )
जेठ १८, २०८१ शुक्रबार