अल न्यू हुन्डाई टुसानको बिक्री सुरु, चार भेरियन्टमा उपलब्ध
नेपालबहस संवाददाता
भदौ २२, २०७८ मंगलबार १७:५९:१३
२२ भदौ, काठमाडौं । हुन्डाई मोटर्सको आधिकारीक वितरक लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले ‘अल न्यू टुसान’ सार्वजनिक गरेको छ। हुन्डाईले फ्यूचरस्टिक डिजाइनमा तयार पारेको नयाँ जेनेरेशन टुसान विश्वभर चर्चामा रहेको मोडल हो।
मोस्ट डाइनामिक एन्ड ट्रेन्डी’ डिजाइनको कारण विश्वभर नयाँ जेनेरेशन टुसानलाई ‘एउटा डिजाइन रिभोलुसन’को संज्ञा दिइएको छ।
यसमा प्रयोग गरिएको प्यारामेट्रिक हिडन लाइट, लामो ह्वीलवेस, उत्कृष्ट इन्टेरियर, १८ इन्चको अलोय ह्वील, टु ह्वील र फोर ह्वील ड्राइभिङ सिस्टमले नयाँ टुसानलाई अलग पहिचान दिएको छ।
नेपाली बजारमा नयाँ जेनेरेशन टुसानको विभिन्न ४ भेरियन्ट उपलब्ध हुने कम्पनीले बताएको छ। जसमा जिएलएस टु ह्वील ड्राइभ म्यानुअल (पेट्रोल), जिएलएस टु ह्वील ड्राइभ अटोमेटीक (पेट्रोल), जिएलएक्स टु ह्वील ड्राइभ अटोमेटीक (पेट्रोल) र जिएलएक्स फोर ह्वील ड्राइभ अटोमेटीक (डिजेल) भेरियन्टमा उपलब्ध रहने छ।
यसको सुरुवाती भेरियन्ट जिएलएस टु ह्वील ड्राइभ म्यानुअल (पेट्रोल)को मूल्य ८९ लाख ९६ हजार रुपैयाँ रहेको छ।
अमेजन ग्रे, ह्वाइट क्रिम, क्रिमशन रेड, सिम्रिङ सिल्भर, डिप सि र टाइटन ग्रे कलरमा उपलब्ध रहेको नयाँ जेनेरेशन टुसानमा भ्यान्टीलेटेड सिट, हाइट एड्जस्ट, अटोमेटिक पावर टेलगेट, मल्टी एयर मोड सिस्टम, एम्बीयन्ट मुड लाइट जस्ता फिचरले चालक र यात्रुलाई सुखद यात्रा गराउने विश्वास कम्पनीको छ।
बोल्ड डिजाइन र प्रविधिको भरपुर प्रयोग गरिएको इन्टेरियर, २.० लिटर टर्बो पेट्रोल र डिजेल इन्जिन यसको सबल पक्ष हो।
लक्ष्मी इन्टरकन्टिनेन्टलले नेपालभर रहेका आफ्ना १३ शोरुम, १७ सर्भिस नेटवर्कबाट गाडी बिक्री तथा बिक्रीपछिको सेवा प्रदान गर्दै आएको छ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थप‘विद्युतीय सवारीसाधनको प्रयोग बढाउन आवश्यक’
जेठ ४, २०८१ शुक्रबार
व्यवसायी घराना ज्योति समूहमाथि चौधरीको आक्रमण, मोटोकर्पका सबै कारोबारमा सिजीको हस्तक्षेप
बैशाख १५, २०८१ शनिबार
इ भी नेपाल मोटर्सको ल्यायो भ्यालेन्टाइन स्किम
फागुन १, २०८० मंगलबार
सशस्त्रमा आईजीपी अर्याल विरुद्ध मोर्चाबन्दी !
नेपालबहस संवाददाता
जेठ १६, २०८१ बुधबार
झापामा हुरीबतासले करोडौँको क्षति, विद्युत् आपूर्ति बन्द
नेपालबहस संवाददाता
जेठ १६, २०८१ बुधबार
डीआईजी र एसएसपी सरुवामा गृहमन्त्रीको मनोमानी, ५ महिना नपुग्दै लखेटिए आचार्य
जेठ १७, २०८१ बिहिबार
सन्दीप लामिछानेलाई अमेरिकाले फेरि पनि दिएन भिसा
जेठ १७, २०८१ बिहिबार
बजेट सच्याउने निर्णय गराएर करका दरमाथि खेल्दै अर्थमन्त्री, 'टाइपिङ इरर' भएको बहाना
जेठ १८, २०८१ शुक्रबार
अनलाईन मार्फत ठगी गरेको अभियोगमा एक जना पक्राउ
जेठ १८, २०८१ शुक्रबार
कभानीले लिए अन्तर्राष्ट्रिय फुटबलबाट सन्यास
जेठ १८, २०८१ शुक्रबार
भ्रष्टाचार आरोपमा जनही १३ लाख बिगो दावी गर्दै ८ जनाविरुद्ध मुद्दा दायर
जेठ १८, २०८१ शुक्रबार
पर्वतमा खरबुजाको व्यावसायिक उत्पादन सुरू
जेठ १८, २०८१ शुक्रबार
लेक उक्लिएका भेडाका बथानले ढाकिएको रिग क्षेत्र
जेठ १८, २०८१ शुक्रबार
जेठको चर्को घाममा पार्वतीलाई मकै पोलेर बेच्न भ्याइनभ्याइ
जेठ १८, २०८१ शुक्रबार