दशैंमा स्वास्थ्यको पनि ध्यान दिने कि ?
नेपालबहस संवाददाता
असोज ३०, २०७८ शनिबार १५:३२:१५
आज बडादशैंको दोस्रो दिन । आज पनि मान्यजनका हातबाट दशैंको टीका र जमरा लगाइँदैछ । नवदुर्गाको प्रसादका रुपमा रातो टीका र समृद्धिको प्रतिकका रुपमा पहेँलो जमरा लगाएर आशिष लिने दिने परम्परा अनुसार कोजाग्रत पूर्णिमासम्म टीका लगाउने चलन छ ।
विजयादशमीमा टीका लगाउन नभ्याएका तथा टाढा रहेका आफन्त तथा मान्यजन कहाँ आज दोस्रो दिन पनि टीका लगाइँदैछ । बडादशैंमा यसवर्ष कोरोना संक्रमण जोखिम कायमै रहे पनि गत वर्षभन्दा चहलपहल बढेको छ ।
खोप लगाउनेको संख्या बढ्दै गएको तथा संक्रमण पनि घट्दै गएपछि सरकारले यसपटक दशैंलगायतका चाडबाडमा विगतमा जस्तो कडिकडाउ गरेको छैन । अहिले शहरदेखि गाउँसम्म दशैंको रौनक छाएको छ ।
कोरोना भाइरसको जोखिम अझै पनि त्यस्तै छ, लकडाउन या सटडाउन जे नाम दिइए पनि आम नेपालीको जनजीवन तेति सोचे जस्तो छैनन । मुलुकका आर्थिक गतिविधिहरु प्रायः ठप्प छन् भने ज्याला मजदुरी गरेर दुई छाकको जोहो गर्नेहरुको दैनिक अझ बढी दयनीय छ । यो वास्तविकतासँग सरकार पनि जानकार नै छ ।
संक्रमणका बीच पनि दशैंको किनमेल गर्ने, उपत्यकाबाट बाहिरिनेहरुको चाप त्यतिकै छ । ठाउँठाउँमा दशैं बजार खुल्ने तयारी त कतै कतै चहलपहल अलि केही कम मात्रमा भइरहेका छन् । तर, अब दशैं मनाइरदा हामीले हाम्रो स्वास्थ्यको पनि गम्भीरतापूर्वक सोच्नु आवश्यक छ । किनकी दशैंको माहौलमा हामीहरु रमाईरहँदा कोरोना भाइरस नियन्त्रणबाहिर नजाओस् ।
टाढा–टाढा परदेशमा रहेकाहरु पनि घर फर्किने चाडका रुपमा रहेको दशैंमा अग्रजले दिएको आशिर्वाद शिरोधार्य गरी कर्म क्षेत्रमा लाग्ने सत्प्रेरणा ग्रहणको अवसर पनि रहने गरेको छ । दुर्गा भवानीको पूजा अर्चना तथा गाउँघरमा लाग्ने मेलाले बातावरण नै रोमाञ्चित तुल्याउने गर्छ ।
खर्च गर्ने क्षमता नभएकाहरुकालागि पनि दशैं वर्ष दिनमा एक पल्ट भएपनि मीठो खाने र राम्रो लाउने अवसरको रुपमा लिने गर्दछन । यही कहरका कारणले कतिको ज्यानै गएको छ भने हज्जारौं अहिले संक्रमित भई उपचारका क्रममा रहेका छन् । यस्तो त्रासदीका बीच आएको बडादशैंले मानव मनमा उत्साह भर्न नसकिरहेको अवस्था सहजै अनुमान गर्न सकिन्छ ।
चाडपर्व मनाउने भन्दा पनि पहिला यस्तो महामारीबाट कसरी सुरक्षित रहन सकिन्छ भन्नेतिर लाग्नु नै अहिलेको मूल आवश्यकता बनेको छ । चाडपर्व फेरि पनि मनाईएला तर, त्यस अघि पहिले त जीउ ज्यानको सुरक्षा नै पहिलो प्राथमिकताको विषय हो । दशैंको यस माहौलमा भिडभाडबाट अलग रहने, सामाजिक दूरी कायम राख्ने, संक्रमण रोक्नकालागि आवश्यक सबै स्वास्थ्य मापदण्डको पालना गर्नेतिर बढी जोड दिन जरुरी छ ।
प्रत्यक्ष भेटघाट भन्दा पनि भर्चुअल रुपबाटै भएपनि सद्भाव र शुभकामनाको साटासाट गरौं । आगामी वर्षको बडादशैं विगतको जस्तै महामारीबाट मुक्त भई उन्मुक्त बातावरणमा हर्षोल्लासका साथ मनाउन पाईयोस् । सबैमा विजयादशमीको मंगलमय शुभकामना ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपनयाँ वर्षमा सबैको कामना, हाम्रा नेतामा सद्बुद्धि पलाओस् !
बैशाख १, २०८१ शनिबार
शान्ति, सम्बृद्धि, सुशासन र सहमतिको वर्ष बनोस् २०८० !
बैशाख १, २०८० शुक्रबार
इतिहास र बाह्य आलोकमा राष्ट्रिय मेलमिलाप तथा एकता दिवस
पुष १८, २०७८ आइतबार
आइतबार नै नेकपा एस विभाजन गराउने रणनीति थियो, संख्या नपुग्दा रोकियो
नेपालबहस संवाददाता
बैशाख २४, २०८१ सोमबार
दुई महिना कै बीचमा इलाम र सिराहाका प्रहरी प्रमुख फेरिए
नेपालबहस संवाददाता
बैशाख २४, २०८१ सोमबार
ओली भष्मासुर हुन, सिध्याउनुपर्छ भन्थे, उनैलाई सिध्याए
केदार भट्टराई (काका)
बैशाख २४, २०८१ सोमबार
संसद अधिवेशन अघि कांग्रेसका दुई बैठक, कस्तो आउँछ निर्णय ?
बैशाख २६, २०८१ बुधबार
२२ वर्षीया युवती एक सातादेखि सम्पर्कविहीन
बैशाख २५, २०८१ मंगलबार
घर, जग्गाबाहेक चल सम्पत्ति धितो राखेर बैंकबाट ऋण लिन पाइने
बैशाख २६, २०८१ बुधबार
युके पठाइदिन्छु भन्दै ठगी गर्ने कार्की पक्राउ
बैशाख २६, २०८१ बुधबार
ज्यान मार्ने मुद्दामा फरार रेष्टुरेण्ट संचालक पक्राउ
बैशाख २६, २०८१ बुधबार
प्रधानमन्त्री प्रचण्डले गराए वीर अस्पतालमा दाँतको उपचार
बैशाख २६, २०८१ बुधबार
नेपालमा पनि मनाइयो विश्व रेडक्रस दिवस
बैशाख २६, २०८१ बुधबार