बा ! एक चोटि खिसिक्क हाँसन….सेल्फी हानौँ !!!!
नेपालबहस संवाददाता
भदौ ११, २०७९ शनिबार २२:०:१३
♦ दीपक शर्मा
बा ! एक चोटि खिसिक्क हाँसन….सेल्फी हानौँ !!!! यस्तो शव्द हो जसको जति व्याख्या गरेपनि सकिदैन यो शव्दले मानसपटलमा यस्तो चित्र बनाउछ जसले जिवनको महत्व दर्साउदछ । त्यहि शव्दको अर्थ खोज्ने प्रयास गरिन्छ आजको दिनलाई , जसलाई भन्ने गरिन्छ बुवाको मुख हेर्ने दिन अर्थात कुशे औंसी ।
हिन्दुधर्मका विभिन्न चाडपर्व मध्ये एउटा पर्व हो कुशे औंसी , दान गर्दा, पाठपूजा गर्दा , जप स्नान गर्दा , नुहाँउदा तथा पितृकार्यमा समेत प्रयोग हुने बहुपयोगी कुशलाई हिन्दु धर्ममा महत्वका साथ हेरिन्छ । बैदिक सनातन हिन्दु संस्कारमा कुश अत्यन्त महत्वपुर्ण सांस्कृतिक र धार्मिक भुमिको भएको पवित्र वनस्पती मानिन्छ । यो देवकर्म पितृकर्म दुवैमा अनिवार्य वनस्पती हो ।
औंसीको दिन घरमा ल्याइने कुशको महिमा श्रीमद्धागवतमा गीता, यथर्व वेद, विष्णु पुराण, तथा गरुँड पुराणमा समेत वर्णन गरेको पाइन्छ । कुशे औंसीलाई बुवाको मुख हेर्ने औंसी पनि भनिन्छ । आजको दिन ति बा लाई एक दिन भएपनि सम्झनु धार्मिक कुरा मात्र होइन आफनो जिवनको आरम्भ पनी हो । भौतिक , भावनात्मक , जैविक अनि अन्य धेरै सम्बन्धको एक मात्र मेल पिता हो अर्थात बा हुन ।
आमाले जन्म दिनु अनि त्यसपछिको जिम्मेवारी बा को काँधमा जसरी आइपर्छ त्यसको अनुभव , रमाइलो क्षण, लालन पालनको जिम्मेवारी यी सवै कुरा सम्झनाका लागी त्यो बालक पनि वा बने पछि मात्र अनुभव गर्न पाउछ । त्यसैले बालाई बेलैमा चिन्न जरुरी छ । आमाको ममत अनि बाको त्यो जिम्मेवारी छोरा छोरीको लागी एउटा शिक्षा पनि हो । त्यसो त बा लाई आजको दिन मात्रै सम्झिए पुग्छ भनेको होइन , आजको दिनमा सामाजिक सञ्जालमा बा का फोटाहरुले रंगीएका होलान । सजिएका होलान तर ति देखावटी हुन सक्छन , बा लाई सधै सम्झिरहनु पर्दछ , उमेर ढल्किदै जादा व्यवहारमा हुने परिवर्तनलाई स्वीकार गर्नु र ति बा अनि आमाको स्याहार गर्नु नै धर्म हो । बा ले गरेको त्यो जिम्मेवारी अनि हाम्रो जिदद्धी पन त्यहि हाम्रा सन्तानमा पनि छ । अव आफै सोचै बा को महत्व कति छ भनेर ।
आजको दिन आफना बा लाई सम्झना अनि विशेष समर्पण गर्ने दिन हो । कुशे औंसीका दिन पिता हुने छोराछोरीले मुख हेरेर मिठाई , फलफूल, कपडा आदि उपहार दिने चलन रहेको छ । साथै विदेशमा रहने छोराछोरीले फोन बाटै भएपनि आर्शिवाद लिने गर्दछन । हामी अन्य मानिसको चाकडी चाप्लुसी गर्ने गर्छौ अरुलाई आफनो स्वार्थका लागी सम्मान गर्ने गछौँ तर हामिले कहिल्यै बा लाई खुशी बनाएका छौ ?
चाकडी गर्नु नै सम्मान गर्नु नै छ भने त्यसको सुरुवात घरबाटै गरौ । बा नहुनेले बा को सम्झनामा तस्विर हेरेर विभिन्न मन्दिर शक्तिपीठ, देवालय लगायत पवित्र तिर्थस्थलमा पगी पितृहरुको नाममा श्राद गरी तर्पण दिई सिदा दान गरी अध्यात्मिक चिन्तनबाट समेत सम्झना गर्ने गर्दछन । यस अवसरमा देशका बिभिन्न भागमा घुइचो समेत लाग्ने गरेको छ ।
पितृदेव भव भन्ने धार्मिक मान्यता अनुरुप यस दिन छोराछोरीले आफना बुवालाई श्रद्धापुर्वक रुचिअनुसार खाना खुवाई आशिर्वाद प्राप्त गरेमा सुख मिल्छ भन्ने विश्वास छ । कतिपय बुवाको मुख हेर्ने दिनलाई फादर्स डे पनि भन्दछन । तर फार्दस डे र बुवाको मुख हेर्ने दिनमा फरक छ । सन १९०९मा पहिलो पटक श्रीमती सोनोरा डोडले आफनो पिताको सम्झना मनाएकि थिइन । उनले गरेको कार्यक्रम लाई प्रभावित भई फादर्स डे लाई जुन १९ सन १९१० मा अमेरिकामा मनाइएको थियो । तर बुवाको मुख हेर्ने दिन कहिले बाट मनाउन थालिएको भन्ने कुनै यकिन तथ्यांक छैन ।
यो पौराणिक कालबाटै मनाउन थालिएको किवंदन्ती रहेको छ । आदर सम्मान गर्न हामिले जानेकै छौ । जस्तो हामिले गछौं हाम्रा सन्तानहरुले त्यसलाई नै सिको गर्ने हुन तसर्थ सभ्य समाजको निर्माण गर्नमा जुटौ आजको दिन बा का लागी छुटयाउ । आज बुढा भएका बा को अनुहार चाउरी परेको होला झटट हेर्न राम्रो नलाग्ला तर ती त्यहि बा हुन जसले छोराछोरीलाई माया ममता दिदै यहासम्म पुर्याए, ए बा…. एकचोटी खिसिक्क हाँसन सेल्फी हान्यौ क्या । बा को जय होस !!!
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपप्रेम साधक होइन, बाधक हो !! ह्याप्पी भ्यालेन्टाइन !!
फागुन २, २०८० बुधबार
प्रदर्शनरत अभियन्ताहरू राजनीतिक स्वार्थले संवादमा आएनन् : मेयर शाह
असोज ८, २०८० सोमबार
नेम्वाङले ओलीलाई भनेका थिए, ‘संविधान जारी गर्नबाट रोकियो भने देश नै सकिन्छ’
भदौ २९, २०८० शुक्रबार
गृृहमन्त्री रविको बचाउ प्रकरणले महान्यायाधिक्ता विवादमा
नेपालबहस संवाददाता
बैशाख २६, २०८१ बुधबार
प्रचण्डको यूटर्नले जोगिएको रवि लामिछानेको पद
विनोद त्रिपाठी
बैशाख २७, २०८१ बिहिबार
सीमा नाकामा सशस्त्रका एसपीमाथि निगरानी, पर्साका एसपी हेडक्वार्टरमा तानिए
नेपालबहस संवाददाता
बैशाख २७, २०८१ बिहिबार
गृृहमन्त्री रविको बचाउ प्रकरणले महान्यायाधिक्ता विवादमा
बैशाख २६, २०८१ बुधबार
प्रचण्डको यूटर्नले जोगिएको रवि लामिछानेको पद
बैशाख २७, २०८१ बिहिबार
सीमा नाकामा सशस्त्रका एसपीमाथि निगरानी, पर्साका एसपी हेडक्वार्टरमा तानिए
बैशाख २७, २०८१ बिहिबार
राष्ट्रिय परीक्षा बोर्डको उत्तरपुस्तिकासहित चार पक्राउ
बैशाख २७, २०८१ बिहिबार
फेरि फुट्यो जसपा, लावतीको संयोजकत्वमा पहिचानवादी मोर्चा घोषणा
बैशाख २७, २०८१ बिहिबार
जावलाखेलमा स्नान कक्षसहितको सार्वजनिक शौचालय सञ्चालनमा
बैशाख २७, २०८१ बिहिबार
लिङदेनको प्रश्न : प्रधानमन्त्री प्रचण्डले सत्ता जोगाउन दल फुटाउने देखि अरू के के गर्लान् ?
बैशाख २७, २०८१ बिहिबार
वैदेशिक रोजगारमा विभिन्न देश पठाइदिने भन्दै ठगी गर्ने दुई जना पक्राउ
बैशाख २७, २०८१ बिहिबार
नारायणीमा ३० करोडको एमआरआई मेसिन ६ महिनामै विग्रियो
बैशाख २७, २०८१ बिहिबार