दिनेश शर्मा अष्ट्रेलियाको ‘अन्तर्राष्ट्रिय राजदूत पुरस्कार’बाट पुरस्कृत
नेपालबहस संवाददाता
बैशाख ११, २०८० सोमबार १३:५८:४२
♦ इन्दीप कोइराला
११ वैशाख, बारा । नेपाल तेक्वान्दो महासंघ (एनटीएफ) का अध्यक्ष दिनेश शर्मा अष्ट्रेलियामा पुरस्कृत भएका छन् । निजगढ नगरपालिका( ३ सिंगोल घर भएका शर्मालाई ‘अन्तर्राष्ट्रिय राजदूत पुरस्कार’ बाट अष्ट्रेलियामा पुरस्कृत भएका हुन् । यसअघि नेपाल तेक्वान्दो महासंघका अध्यक्ष दिनेश शर्मा अष्ट्रेलियाको तेक्वान्दो संस्था अन्तर्राष्ट्रिय तेक्वान्दो फ्रेडेरेशन (आइटिएफ) को ‘अन्तर्राष्ट्रिय राजदूत पुरस्कार’ का लागि छनौटमा परेका थिए ।
अष्ट्रेलियाको मेलबर्नमा २३ अप्रिल २०२३ मा भएको आइटिएफ, हल अफ फेम अवार्ड कार्यक्रमको पाँचौँ संस्करणका अवसरमा प्रदान गरिने विभिन्न विधाहरुमध्ये शर्मा उक्त पुरस्कारका लागि छनौटमा परेका हुन् । आइटिएफले लाइफटाइम योगदान पुरस्कार, अन्तर्राष्ट्रिय राजदूत पुरस्कार, उत्कृष्ट एथलीट पुरस्कारलगायत ४ विधामा विभिन्न देशमा तेक्वान्दो क्षेत्रमा योगदान पुर्याएकाहरुलाई सम्मान गर्दै आएको छ ।
शर्माले अन्तर्राष्ट्रिय तेक्वान्दो महासंघ (आइटिएफ)को तत्वधान र युनाइटेड आइटिएफ तेक्वान्दो अष्ट्रेलियाको आयोजनामा मेलबर्नमा २२ र २३ अप्रिल २०२३ मा हुने तेस्रो ग्लोबल ओपन तेक्वान्दो च्याम्पियनसिप २०२३ को लागि नेपालको टिम प्रशिक्षकको जिम्मेवारीसमेत सम्हाल्ने छन् । शर्मा नेपाल एवं अन्तर्राष्ट्रियस्तरमा मार्सल आर्टको प्रवद्र्धनमा सक्रिय रूपमा संलग्न छन् । उनी विश्व मार्सल आर्ट हल अफ फेमका निर्देशक र नेपाल राष्ट्रिय मार्सल आर्ट गेम्स महासंघका महासचिव हुन् । उनी नेपाल फाइट क्लब र साङ्ग्रोक नेपाल तेक्वान्दोे एकेडेमीका अध्यक्ष र मुख्य प्रशिक्षकसमेत हुन् ।
शर्माले मार्सल आर्टसँग सम्बन्धित् धेरै अन्तर्राष्ट्रिय कार्यक्रमहरूमा भाग लिएका छन । शर्माकोे तेक्वान्दो कोचिङ क्याम्प, अन्तर्राष्ट्रिय रेफ्री र प्रशिक्षक तालिमहरुमा समेत सक्रिय सहभागिता रहने गरेको छ । उनले संयुक्त राज्य अमेरिका, बेलायत, जर्मनी, ब्राजिल, दक्षिण कोरिया, इटाली र अन्य देशहरूमा आयोजित विभिन्न अन्तर्राष्ट्रिय मार्सल आर्ट कार्यक्रमहरूमा खेलाडी, प्रशिक्षक, रेफ्री र कार्यक्रम निर्देशकको रूपमा जिम्मेवारी सम्हालि सकेका छन् ।
मार्सल आर्ट क्षेत्रमा उल्लेख्य योगदान पु¥याएका कारण उनी दर्जनौं राष्ट्रिय एवं अन्तर्राष्ट्रिय पुरस्कारहरूबाट सम्मानित भइसकेका छन् । शर्माले अमेरीका, बेलायत, जर्मनी, ब्राजिल, भारत लगायतका मुलुकबाट अन्तर्राष्ट्रिय पुरस्कारहरु हात पारिसकेका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपकिर्गीस्तानमा रहेका नेपालीलाई घरबाहिर ननिस्कन आग्रह
जेठ ६, २०८१ आइतबार
राजदूत खत्रीसँग शिविर सञ्चालन नगरेको नेजाको गुनासो
बैशाख २४, २०८१ सोमबार
नेजालाई युएन मिसनसँग मिलेर अगाडि बढ्न राजदुत थापाको आग्रह
बैशाख २४, २०८१ सोमबार
अवनतिको बाटो फेर्न लागेको राजनीति र सुरक्षा चासो
सुबोधकुमार अधिकारी
जेठ ४, २०८१ शुक्रबार
विद्यार्थी मृत फेला परेपछि आक्रोशित भिडद्वारा स्कुलमा आगलागी
नेपालबहस संवाददाता
जेठ ४, २०८१ शुक्रबार
तपाईको आजको राशीफल कस्तो छ ?
जेठ ६, २०८१ आइतबार
हावाहुरीले उदयपुरमा करोडौँको क्षति
जेठ ६, २०८१ आइतबार
ट्राफिक प्रहरी जवानको हत्या आरोपमा ६ जना पक्राउ
जेठ ६, २०८१ आइतबार
७५ प्रतिशत नागरिक उच्च गुणस्तरको खानेपानीको पहुँच बाहिर
जेठ ६, २०८१ आइतबार
बर्दियामा मृतावस्थामा पाटेबाघ फेला पर्यो
जेठ ६, २०८१ आइतबार
बर्दियामा मृतावस्थामा पाटेबाघ फेला प¥यो
जेठ ६, २०८१ आइतबार
कञ्चनपुरको न्यायिक समितिमा इजलास र जनशक्ति अभाव
जेठ ६, २०८१ आइतबार
बिआरआई कार्यान्वयन योजना अन्तिम चरणमा
जेठ ६, २०८१ आइतबार
संसदीय छानबिन समिति गठन नभएसम्म संसद् बैठकमा अवरोध जारी रहन्छ : कांग्रेस
जेठ ६, २०८१ आइतबार