शेयरबजार सीमित व्यक्तिको पाेल्टामा पर्नबाट राेक्न बोर्डलाई अर्थमन्त्रीको निर्देशन
नेपालबहस संवाददाता
जेठ २५, २०८० बिहिबार १४:२:५९
२५ जेष्ठ काठमाडौं । अर्थमन्त्री डा. प्रकाशशरण महतले शेयरबजार सीमित व्यक्तिको फाइदामा केन्द्रित हुनबाट जाेगाउन धितोपत्र बोर्डलाई निर्देशन दिएका छन् ।
बिहीबार नेपाल धितोपत्र बोर्डको ३१औ वार्षिकोत्सव कार्यक्रममा बोल्दै मन्त्री डा. महतले शेयर बजार घटाउने र बढाउने काममा चलखेल चलेको खबर सुनिएको औल्याउँदै सुक्ष्म रुपमा अनुगमन गर्न निर्देशन दिए ।
सीमित व्यक्तिले शेयर बजारमा विभिन्न वाहानामा लगानीकर्ताको नाम बोचेर चलखेल गर्ने काम भएको भन्दै त्यसलाई रोक्न निर्देशन दिए । उनले शेयर बजारमा ५६ लाख लगानीकर्ता रहेको र यसमा सीमित व्यक्तिले मात्रै लाभ लिने गरेको बताए । पछिल्लो समयमा शेयर बजारमा जलविद्युत कम्पनी बढी आइरहेको र त्यसपछि उद्योगी व्यवसायी रहेको बताए ।
साना लगानीकर्तालाई आयकरमा जोड्न खोजेको भन्ने कुरा हल्ला माध भएको र हल्लामा विश्वास नगर्न आग्रह गरे । मुख्यगरी समाजिक संजालमार्फत साना लगानीकर्ताहरुलाई हतोत्साहित तुल्याउने उद्देश्यले सीमित लगानीकर्ताहरुले आयकरबारे गलत प्रचार गरी बजारमा चलखेल गरिरहेकाप्रति सजग रहन आग्रह गरे ।
सरकारबाट शेयर बजारलाई कमजोर गर्ने र यसप्रतिको विश्वासलाई कमजोर बनाउने कुनैपनि काम नहुन स्पष्ट पारे ।
उनले बैंकमा राख्ने ब्याजभन्दा धेरै फाइदा हुने विश्वासले शेयर बजारमा लगानी गर्नेहरूकाे संख्या बढिरहेकाे बताउँदै आफ्नो पेट कटाएर भोलि केही होला कि भनी आउनेहरूकाे संरक्षण गर्ने जिम्मेवारी धितोपत्र बोर्डको रहेकाे बताए । यसप्रति बाेर्ड सचेत रहन उनले निर्देश दिए ।
शेयर बजारमा बैंक तथा वित्तीय संस्था र जलविद्युत कम्पनीहरु धेरै मात्रामा सूचीकृत भएको र लगानीकर्ताको लगानी सुरक्षा सुनिश्चितता गर्न राष्ट्र बैंकले सशक्त र सहजीकरण भूमिका निर्वाह गर्न निर्देशन दिए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपराष्ट्रिय बीमा कम्पनीले माग्यो कार्यकारी प्रमुख
माघ २४, २०८० बुधबार
आईजीआई प्रुडेन्सियल इन्स्योरेन्स र सिद्धि स्मृति प्रतिष्ठानबिच नगद रहित सेवा सम्झौता
मंसिर १५, २०८० शुक्रबार
आइतबार नै नेकपा एस विभाजन गराउने रणनीति थियो, संख्या नपुग्दा रोकियो
नेपालबहस संवाददाता
बैशाख २४, २०८१ सोमबार
दुई महिना कै बीचमा इलाम र सिराहाका प्रहरी प्रमुख फेरिए
नेपालबहस संवाददाता
बैशाख २४, २०८१ सोमबार
ओली भष्मासुर हुन, सिध्याउनुपर्छ भन्थे, उनैलाई सिध्याए
केदार भट्टराई (काका)
बैशाख २४, २०८१ सोमबार
३ अर्बको ऋणपत्र निष्कासन गर्दै नबिल बैंक, बिक्री प्रबन्धकमा नेपाल एसबीआई मर्चेण्ट बैंकिङ
बैशाख २६, २०८१ बुधबार
एकसाता अघि कलंकीबाट हराएकी स्नेह पशुपतिमा भेटिइन्
बैशाख २६, २०८१ बुधबार
महाकाली नदीको टापुमा १४ वटा ट्र्याक्टरसहित थुनिए २७ जना भन्दा बढी मजदुर
बैशाख २६, २०८१ बुधबार
त्रिभुवन विमानस्थलमा पार्किङमा राखिएका विमानहरु
बैशाख २६, २०८१ बुधबार
यात्रु भएर गृहसचिव विमानस्थल छिर्दा ...
बैशाख २६, २०८१ बुधबार
गृृहमन्त्री रविको बचाउ प्रकरणले महान्यायाधिक्ता विवादमा
बैशाख २६, २०८१ बुधबार
१० महिनामा चितवन राष्ट्रिय निकुञ्जबाट ६ वटा बाघ मृतवस्थामा भेटिए
बैशाख २६, २०८१ बुधबार
अछाम र बाजुरामा विद्युत सेवा बन्द
बैशाख २६, २०८१ बुधबार