ब्रोकरको लाइसेन्स प्रक्रिया अगाडि बढाउनूः समिति
नेपालबहस संवाददाता
असार ५, २०८० मंगलबार ११:७:२१
५ असार, काठमाडौं । प्रतिनिधिसभा अन्तर्गतको अर्थ समितिले ब्रोकर लाइसेन्स प्रक्रिया खुला गर्ने निर्णय गरेको छ । मंगलबार बसेको समितिको बैठकबाट अघिल्लो निर्णय सच्याउँदै ब्रोकर लाइसेन्स खुला गर्ने निर्णय गरिएको हो ।
गएको जेठ २९ गते बसेको समितिको बैठकबाट ब्रोकर लाइसेन्स वितरण प्रक्रिया रोक्न नेपाल धितोपत्र बोर्डलाई पत्र पठाइएको थियो । आज उक्त निर्णय सच्याएर ब्रोकर लाइसेन्स खुला गर्ने निर्णय गरिएको समितिले जनाएको छ ।
मंगलबारको बैठकमा नेपाली कांग्रेसका सांसद ज्ञानेन्द्रबहादुर कार्कीले सर्वोच्च अदालतको निर्णय विपरित समिति जान नसक्ने भन्दै सर्वोच्चले खुल्ला गरेको विषयमा अर्थ समिति बाधक नमिल्ने बताएका थिए ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद स्वर्णिम वाग्लेले ब्रोकर लाइसेन्समा आशंका उब्जिएको बताए । वाग्लेले नयाँ स्टक एक्सचेन्जमा खुलमखुला चलखेल भएको थाहा भए पनि ब्रोकर लाइसेन्समा भने आशंका उब्जिएको बताए ।
“नयाँ स्टक एक्सचेन्जमा खुलमखुला चलखेल भएको हामी सबैलाई थाहा छ । हामीलाई पनि यो जानकारी आउँछ । बोर्डका अध्यक्षज्यूको कुरा सुन्दा ब्रोकर लाइसेन्समा भने आशंका उब्जियो, बाहिर मापदण्ड पूरा नगरेकालाई पनि लाइसेन्स दिएको भन्ने सुनिएको छ, उनले बताए ।
मंगलबार धितो पत्र बोर्डका पदाधिकारीहरूसँग छलफलपछि अर्थ समितिले लाइसेन्स प्रक्रिया अगाडि बढाउन भनेको हो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपधितोपत्र बोर्डमा अध्यक्ष नहुँदा तीन महिनादेखि आईपीओ र एफपीओको काम बन्द
चैत १४, २०८० बुधबार
धितोपत्र बोर्डको अध्यक्षका लागि अर्थले खुलायो आवेदन
फागुन १६, २०८० बुधबार
नेप्सेले भन्यो, ‘मार्जिन कारोबारका लागि ११२ कम्पनी योग्य’
फागुन १४, २०८० सोमबार
दरबार हत्याकाण्ड: जमिम शाहले भने, ‘आज ठूलै घटना भएको छ, पत्रिका प्रेसमा नपठाउनु’
जेठ १९, २०८१ शनिबार
तपाईको आजको राशीफल कस्तो छ ?
जेठ १९, २०८१ शनिबार
किसानलाई आत्मनिरर्भर बनाउन निःशुल्क धानको बीउ वितरण
जेठ १९, २०८१ शनिबार
विधिको शासन सञ्चालनका लागि तीन अङ्गबीच समन्वय जरुरीः सभामुख घिमिरे
जेठ १९, २०८१ शनिबार
‘बेहुली फ्रम मेघौली’ को पोस्टर सार्वजनिक, ट्रयाकटर चलाउदै स्वस्तिमा
जेठ १९, २०८१ शनिबार
अत्यधिक गर्मीले बर्दियाका विद्यालय थप तीन दिन बन्द
जेठ १९, २०८१ शनिबार
चुरे संरक्षण पदयात्रा टोलीद्वारा काठमाडौंमा र्याली
जेठ १९, २०८१ शनिबार
हमासको अन्त्य नभएसम्म गाजा युद्ध अन्त्य नहुने नेतान्याहुको दावी
जेठ १९, २०८१ शनिबार
अब छोराछोरीको कमाइको १० प्रतिशत बाबुआमालाई दिनुपर्छ: मन्त्री चौधरी
जेठ १९, २०८१ शनिबार