धितोपत्र बोर्डमा अध्यक्ष नहुँदा तीन महिनादेखि आईपीओ र एफपीओको काम बन्द
नेपालबहस संवाददाता
चैत १४, २०८० बुधबार १३:२२:३४
१४ चैत, काठमाडौं । धितोपत्र बजारमा नयाँ आईपीओ र एफपीओ निष्कासन अनुमतिको काम तीन महिनादेखि ठप्प छ । धितोपत्र बोर्डको अध्यक्ष नहुँदा प्राथमिक निष्कासन, थप प्राथमिक निष्कासन, ऋणपत्र, हकप्रदलगायत धितोपत्रको अनुमति प्रक्रिया रोकिएको छ । अनुमतिका लागि चार दर्जन संस्थाले आवेदन दिएका छन् ।
अध्यक्ष चयन नभएका कारण नीतिगत निर्णय र अन्य काम रोकिएका छन् । धितोपत्र निष्कासन अनुमति नपाउँदा कम्पनीहरूले पूर्व निर्धारित समयमा शेयर निष्कासन गर्न पाएका छैनन् । शेयर निष्कासन अनुमति रोकिएपछि हालसम्म बोर्डमा शेयर निस्कासनका लागि आवेदन दिएका कम्पनीको कारोबार नै प्रभावित भएको छ । शेयर निष्कासन अनुमति नपाउँदा विभिन्न व्यवसाय तथा आयोजनामा आवश्यक पुँजी जुटाउन समस्या भएको छ ।
बोर्डको अध्यक्षका लागि मान्यता प्राप्त विश्वविद्यालयबाट कम्तीमा स्नातकोत्तर उपाधि हासिल गरी धितोपत्र बजार व्यवस्थापन, पुँजीबजार विकास, आर्थिक, वित्तीय, वाणिज्य, व्यवस्थापन वा कानुन क्षेत्रमा कम्तीमा सात वर्ष काम गरेका लब्ध प्रतिष्ठित व्यक्ति हुनुपर्नेछ । छनोट समितिले अध्यक्ष छनोटका लागि मूल्यांकन आधार पनि तयार गरेको छ । यस अनुसार व्यावसायिक कार्य योजनामा ४० अंक, शैक्षिक योग्यतामा ४० अंक, व्यावसायिक कार्ययोजना प्रस्तुतीकरणमा १८ अंक र अन्तर्वार्तामा ३० अंक छुट्याइएको छ ।
पुस २० मा अध्यक्ष रमेशकुमार हमालको कार्यकाल सकिएको थियो । उनी जाँदा जाँदै नयाँ स्टक एक्सचेन्जको लाइसेन्स प्रकरणको विवादमा विवादित भएर निस्किएका थिए । त्यसयता बोर्ड कसलाई अध्यक्ष बनाउने भन्ने प्रक्रिया सकिएको छैन । धितोपत्र बोर्डको अध्यक्ष बन्न १९ जनाले आवेदन दिएका छन् । तर, छनोट प्रक्रियापछि सरकारले नयाँ अध्यक्ष नियुक्त गरेको छैन ।
धितोपत्र ऐनको व्यवस्थाअनुसार सरकारले अध्यक्ष नियुक्तिका लागि राष्ट्रिय योजना आयोगका उपाध्यक्ष मीनबहादुर श्रेष्ठको संयोजकत्वमा सिफारिस समिति गठन गरेको थियो । समितिले अध्यक्षका लागि आवेदन संकलन पनि गरिसकेको छ । आवेदन दिने अन्तिम म्याद फागुन ३० सम्म थियो । यसमा १९ जनाले आवेदन दिएको समितिले जनाएको छ । म्याद सकिएको लामो समय भइसक्दा पनि सर्टलिष्ट बनेको छैन ।
सर्टलिष्टमा नाम छान्नु भन्दा पहिले नै राजनीति सुरु भएको छ । बोर्ड अध्यक्षका लागि सूर्यप्रसाद अधिकारी, रामदेव यादव, सीताराम थपलिया, विमलकुमार तिवारी, रामकृष्ण खतिवडा, खगेन्द्र कटुवाल, मुक्ति अर्याल चिरञ्जीवी चापागाईं, कृष्णराज पोखरेल, सन्तोषनारायण श्रेष्ठ, नवराज अधिकारी, गोपालप्रसाद भट्टले निवेदन दिएका छन् ।
यस्तै निरज गिरी, केशवप्रसाद श्रेष्ठ, कृष्णप्रसाद अधिकारी, रघुराज काफ्ले, मुक्तिनाथ श्रेष्ठ, प्रवीन पन्दाक, र कृष्णबहादुर कार्कीको आवेदन परेको छ । प्राप्त आवेदनमध्ये सिफारिस समितिले पहिलो चरणमा ५ जना छान्ने र दोस्रो चरणमा ३ जना छानेर नियुक्तिका लागि सरकारलाई सिफारिस गर्नुपर्छ । त्यसपछि मात्र मन्त्रिपरिषदले तीनमध्ये एक जनालाई अध्यक्षमा नियुक्त गर्छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपधितोपत्र बोर्डको अध्यक्षका लागि अर्थले खुलायो आवेदन
फागुन १६, २०८० बुधबार
नेप्सेले भन्यो, ‘मार्जिन कारोबारका लागि ११२ कम्पनी योग्य’
फागुन १४, २०८० सोमबार
गृहमन्त्रीको आलोचना गर्ने युवकमाथि प्रहरीको चरम यातना
नेपालबहस संवाददाता
बैशाख १३, २०८१ बिहिबार
तीनदिने अनुसन्धनात्मक लेखन कार्यशाला तथा तालिम सुरु
नेपालबहस संवाददाता
बैशाख १४, २०८१ शुक्रबार
तीनदिने अनुसन्धनात्मक लेखन कार्यशाला तथा तालिम सुरु
बैशाख १४, २०८१ शुक्रबार
आफूलाई चोख्याउने गरी गृहमन्त्री रविको ठाडो प्रस्तावमा प्रधानमन्त्री र मुख्यसचिव किन भए चुप ?
बैशाख १४, २०८१ शुक्रबार
अमेरिकी रिपोर्टः नेपालमा सबै प्रकारका यौन तस्करीमा छुट, घुस बिना चल्दैनन् नेपालका अदालत
बैशाख १४, २०८१ शुक्रबार
पहिलो टी २० मा नेपालसँग वेष्ट इण्डिज ४ विकेटले पराजित
बैशाख १५, २०८१ शनिबार
लगानी सम्मेलन देखाएर सरकारले अध्यादेशमार्फत कानुन संशोधन गर्न मिल्दैनः कांग्रेस
बैशाख १५, २०८१ शनिबार
वेस्ट इन्डिज ए ले नेपाललाई दियो २०५ रनको लक्ष्य
बैशाख १५, २०८१ शनिबार
व्यवसायी घराना ज्योति समूहमाथि चौधरीको आक्रमण, मोटोकर्पका सबै कारोबारमा सिजीको हस्तक्षेप
बैशाख १५, २०८१ शनिबार
इलाममा अहिलेसम्म ४९ हजार मत खस्यो
बैशाख १५, २०८१ शनिबार
सरकारका कारण संसदीय भूमिका कमजोर भयोः सभामुख
बैशाख १५, २०८१ शनिबार